Websoft University

कोपा अमेरिकामा खराब प्रदर्शनपछि ब्राजिलका प्रशिक्षक डुङ्गा बर्खास्त

ब्राजिलियन फुटबल संघले प्रशिक्षक डुङ्गालाई बर्खास्त गरेको छ। अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारिया खराब प्रदर्शन गर्दै समुह चरणबाटै बाहरिएपछि संघले डुङ्गा लगायत उनको कोचिङ स्टाफलाई बर्खास्त गरेको हो।
 सन् २०१४ मा ब्राजिलले घरेलु मैदानमा भएको विश्वकपमा खराब प्रदर्शन गरेपछि तत्कालिन प्रशिक्षक लुइस फिलिपे स्कोलारीको स्थानमा डुङ्गा नयाँ प्रशिक्षककमा नियुक्त भएका थिए।
 तर सन् १९९४ को विश्वकप विजेता टोलीका सदस्य डुङगाले ब्राजिललाई कुनै उपलब्धी दिलाउन सकेनन्। सन् २०१८ को विश्वकप छनोटमा समेत ब्राजिलको प्रदर्शन उत्साह जनक हुन सकेको छैन।
 डुङ्गा सँगै टीम कोअर्डिनेटर गिल्मार रिनाल्डीलाई पनि संघले बर्खास्त गरेको छ। संघले डुङ्गाको काम प्रतीको लगाव, समर्पण र व्यावसायीकताको लागि धन्यवाद समते व्यक्त गरेको छ।
 डुङ्गाको प्रशिक्षण रहेको ब्राजिल अमेरिकामा जारी कोपा अमेरिकाको समुह चरणबाटै बाहिरिएको थियो। त्यस क्रममा ब्राजिलले हाइटी विरुद्धको खेलमा मात्र जित हात पार्दा पेरुसँग पराजित भएको थियो भने इक्वेडरसँग बराबरी खेलेको थियो। 
डुङ्गाको बर्खास्तीपछि कोरिन्थियन्सका प्रशिक्षकलाई टिटेलाई ब्राजिलको सम्भावित नयाँ प्रशिक्षकको रुपमा हेरिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.