Websoft University

गर्भावस्थामा तुलसीको पातको प्रयोगले नारीलाई फाइदै फाइदा !

tulasi
तुलसी त्यस्तो जडीबुटी हो, जुन सजिलै जतातातै पाइन्छ । तुलसीमा एक-दुई मात्रै होइन कयौं औषधिका गुणहरु छन् । यसको सेवन सबै उमेरका मानिसका लागि फाइदाजनकहुन्छ । भिटामिन, र खनिज तत्वले भरिपूर्ण तुलसीको प्रयोग गर्भावस्थामा पनि त्यत्तिकै लाभदायक छ । तुलसीको तापको नियमित सेवनले ढल्किँदै गरेको उमेरको लक्षणहरु तत्काल देखिन दिँदैन । यसमा एन्टी फंगल गुणहरु पनि हुन्छ । खतरनाक खालका रोगहरुसँग लड्न पनि यसले सहयोगगर्छ । महिलाहरुको गर्भावस्थाको समयमा यो एक ‘सुपरफुड’ नै सावित भएको छ ।
गर्भावस्थामा तुलसीको प्रयोग किन ?
रक्तअल्पता रोक्न: गर्भमा बच्चा भएका बेला एमिनिया अर्थात रक्तअल्पता हुने खतरा बढेर जान्छ । गर्भावस्थामा जुन महिलामा रगतको कमी हुने समस्या हुन्छ, तिनलाई अअन्य अनेक प्रकारका संक्रमणको पनि डर हुन्छ । यस्तो बेलामा गर्भवती महिलाले केही तुलसीको पत्ता दैनिक खानु लाभदायक हुन्छ । यसले शरीरमा रातो रक्त केशिकाको वृद्धि गर्छ । यसले शरीरमा रगतलाई सन्तुलित बनाउन सहयोग पुर्‍याउँछ ।
थकान हटाउन: गर्भमा शिशु हुर्किरहँदा शरीरमा थकान महसुस हुनु समान्य हो । गर्भवती महिलालाई यस्तो थकान हटाउनका लागि तुलसी उपयोगी हुन्छ । यसले गर्भवती को शरीरमा उर्जा भर्ने काम गर्छ, जसले विहानको समयमा लाग्ने रिंगाटाबाट पनि टाढा राख्छ ।
पोषण सुधार्न: गर्भावास्थामा पर्याप्त पोषकतत्व आवश्यक पर्छ । तुलसीमापाइने भिटामिनले यसको पूर्तिमा सहयोगगर्छ । खनिज तत्वले पनि शरीरमा पोषकीय स्याहार गर्छ ।
गर्भको विकास गराउन: गर्भमा हुर्किरहेको बच्चालाई पनि तुलसीको प्रयोगले फाइदा हुन्छ । गर्भमा शिसुको शारीरिक विकासमा तुलसीमा हुने सयौं पोषकीण गुणले लाभपुर्‍याउँछ । बच्चालाई स्वस्थ राख्न गर्भवती महिलाले उचत मात्रामा तुलसी सेवन गर्नु उत्तम हुन्छ ।
रोगबाट बच्न: गर्भावस्थामा तुलसीको प्रयोगले सयौं प्रकारका बिरामी र संक्रमणलाई टाढा राख्न मद्धत गर्छ । तुलसीमा एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुणहरु पनि हुन्छन । यसले गर्भवती महिला र गर्भको शिशुलाई रोगको शिकार हुनबाट जोगाउँछ । धेरै गुणहरु भएको तलसीको प्रयोग गर्भवती महिलाले अत्याधिक मात्रामा भने गर्नुहुँदैन । यसको अनियन्त्रित अन्य स्वास्थ्य समस्याहरु उब्जन सक्छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.