Websoft University

काबुल आक्रमणमा ज्यान जाने नेपालीको परिचय खुल्यो (नामावलिसहित)

काठमाडौं, असार ७ गते  – अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती आक्रमणमा परि ज्यान जाने १४ जना नेपालीमध्ये १२ जनाको परिचय खुलेको छ ।
घटनामा १२ जना नेपालीको ज्यान गएको पुष्टि भएको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता सुधिर भट्टराईले जानकारी दिनुभयो । अफगानिस्तानकाे गृह मन्त्रालयले १४ जना नेपालीको ज्यान गएको बताएपनि २ जना बारे अझै अन्यौल रहेको छ ।
नेपाली सुरक्षागार्ड चढेको मिनी बसमा सोमबार बिहान आत्मघाती आक्रमणकारीले बिस्फोट गराएका हुन् । घटनामा घाइते भएका ७ जना नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ज्यान जानेको नामावली
अमृतबहादुर थापा -लमजुङ
सुपबहादुर गुरुङ -स्याङ्जा
अकुल तामाङ -सुनसरी
नवीनसिंह क्षेत्री -पर्वत
विदुरबहादुर सुवेदी क्षेत्री -काठमाडौं
चन्द्रबहादुर रानामगर -काठमाडौं
हरिबहादुर बडवाल क्षेत्री -काठमाडौं
डम्बरबहादुर तामाङ -नुवाकोट
मधुसुदन कोइराला -नुवाकोट
लिलबहादुर गुरुङ -नुवाकोट
कृष्णबहादुर ढुंगाना -चितवन
जितेन्द्र सिंह थापा -बुटवल
घाइते हुनेहरु
प्रेमबहादुर क्षेत्री -मोरङ
चेतप्रसाद शेरचन -म्याग्दी
कुमारबहादुर गुरुङ -गोरखा
मानबहादुर थापा -चितवन
कृष्णकुमार देउजा -चितवन
अमृत रोकाया क्षेत्री -सुर्खेत
च्याङ्बा तामाङ -नुवाकोट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.