Websoft University

"नक्कली डाक्टर" लाई इजलासमा झिकाउन सर्बोच्चको आदेश

काठमाडौँ, असार ७ गते / नक्कली आरोपमा पक्राउ परेका चिकित्सकलाई इजलासमा झिकाउन सर्वाेच्च अदालतले आदेश गरेको छ ।
आफूहरुलाई गैरकानूनी रुपमा थुनिएको भन्दै चिकित्सकले दायर गरेको निवेदनमाथिको सुनुवाइमा न्यायाधीश जगदीश शर्मा पौडेलको इजलाशले सोमबार सरकारलाई लिखित जवाफसहित तीन दिनभित्र इजलाशमा डाक्टरहरुलाई हाजिर गराउन भनेको हो ।
राष्ट्रिय मानव अधिकार आयोगले पनि नक्कली प्रमाणपत्रका भरमा चिकित्सा पेशा गरिरहेको अभियोग लागेकालाई प्रमाणित नभई अपराधीको व्यवहार नगर्न सरकारलाई भनेको छ ।
‘आयोगको अनुगमन टोलीले उक्त्त घटना सम्बन्धमा वीरगञ्जमा चिकित्सकहरु पक्राउ परेको स्थल, प्रहरी, सेवाग्राही, चिकित्सक तथा काठमाडौंमा प्रहरी हिरासतमा राखिएका चिकित्सकलाई समेत भेटघाट गरी घटनाको सम्बन्धमा जानकारी लिएको छ’ आयोगले भनेको छ, ‘जस्तोसुकै अभियोगको अनुसन्धानका क्रममा पनि मानवीय मर्यादाप्रति संवेदनशील हुनु पर्ने र दोषी प्रमाणित नभई कसैलाई पनि अपराधीका रूपमा व्यवहार गर्न नहुने तर्फ सजग हुँदै व्यक्तिहरुको गोपनीयताको हक र मर्यादाप्रति सञ्चार माध्यम पनि चनाखो हुन आवश्यक छ ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.