Websoft University

करेन्ट लागेर व्यापारीको मृत्यु

सिरहा, २६ जेठ । सिरहाको दक्षिणवर्ती गाविस औरही–७ का अन्दाजी ४५ वर्षीय व्यापारी चन्देश्वर साह (कलाल)को करेन्ट लागेर आज बिहान मृत्यु भएको छ । घरको आँगनमा रहेको हाते पाइप (कल)मा विद्युतीय तार सर्ट भएर करेन्ट प्रवाह भएको थियो । तर उक्त कुरा थाहा नपाएर कलमा छोएपछि करेन्ट लागेर मृत्यु भएको स्थानीयवासी सुरेश यादवले जानकारी दिनुभयो । साहले औरही चौकमा हार्डवेयर पसल खोलेका थिए । मृतक साहको शव परीक्षणका लागि अहिले प्रहरीले सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल लगेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.