Websoft University

सहमतीय शासनमा जोड: थापा



विराटनगरःउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सहमतीय शासनको साटो विधिको शासनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।   

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले सहमतीय शासनको आवरणमा देशमा ब्रम्हलुट गर्ने प्रवृत्ति मौलाएकाले विधिको शासनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले कुनै विशिष्ट परिस्थितिमा सहमति कायम गरेर शासन सञ्चालन गर्नु उपयुक्त हुने भए पनि पछिल्लो समय सहमतिको नाममा सर्वसत्तावादी व्यवस्था कायम गर्ने प्रवृत्ति हाबी भएको उल्लेख गर्नुभयो 

उपप्रधानमन्त्री थापाले ९ वर्षयता मुलुकमा सहमतिको आवरणमा सर्वसत्तावादी व्यवस्था कायम गरेर ब्रम्हलुट गर्ने प्रवृत्ति मौलाएको दाबी गर्नुभयो । थापाले तत्काल देशमा सत्ता परिवर्तनको आवश्यकता नरहेको जिकिर गर्नुभयो । उहाँले देशमा २ दशकदेखि राजनीतिक अस्थिरता कायम रहेको बताउँदै बहुदलीय व्यवस्थापछि २३ वटा सरकार र २०६२÷६३ को परिवर्तनपछि ८ वटा सरकार गठन भइसकेकाले फेरि पनि सरकार परिवर्तनको फोहोरी खेलमा लागे जारी संविधानमाथि जनताको विश्वास घट्ने विचार व्यक्त गर्नुभयो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.