Websoft University

गाबिसमै झुन्डिएर आत्महत्या

विराटनगर असार १ , मोरङ जिल्लाको भौडाहा गाबिसमा एकजना सेवाग्राहीले गाविस कार्यालयमै झुन्डिएर आत्महत्या गरेपछि त्यहाको तनावग्रस्त बनेको छ ।  भौडाहा ८ का ५० वर्षीय चेइता सरदारको शव गाविस परिसरमै झुन्डिएको अवस्थामा मंगलबार साँझ फेला परेको थियो । चर्पी निर्माण गर्न सिमेन्टको रिङ लिन गएका चेइतालाई गाविस कार्यालयले रित्तै फर्काई दिएपछि उनले आत्महत्या गरेको गाउँलेहरुले बताएका छन्  । यता गाविस सचिव इश्वर पोखरेलले भने गाउँलेहरुले  लगाएको आरोप गलत भएको बताए ।  उक्त घटना घटेपछि स्थानीयबासीले  गाविस कार्यालयमा आगजनी गरेर फर्निचर, कम्यूटर, कागजात जलाई दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.