Websoft University

काबुलबाट शव काठमाडौं ल्याइँदै

काठमाडौं, असार ८ । अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम आक्रमणमा मारिएका १२ नेपालीको शव लिन काबुल गएको नेपाल वायुसेवा निगमको चार्टर विमान काबुलबाट नेपालतर्फ आउँदै छ ।

परराष्ट्र मन्त्रालयकाअनुसार १२ मृतकको शव बोकेर काठमाडौं आउँदै गरेको उक्त विमान दिउँसो पौने ३ बजेभित्रमा काठमाडौंमा अवतरण गर्नेछ ।

विमानमा नेपाली सेनाका चार, नेपाल प्रहरीका तीन, गृह मन्त्रालयका एक, परराष्ट्र मन्त्रालयका एक र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका एकजना रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन इच्छुक अफगानिस्तानमा रहेका २४ जना अरु नेपाली कामदारलाई पनि सोही विमानबाट नेपाल ल्याइँदै गरेको जनाएको छ ।
यद्यपि, त्यसरी स्वदेश फर्कनेमा को–को छन् भन्ने खुलिसकेको छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.