Websoft University

साबधान ! च्याउ खादै हुनुहुन्छ ?

काठमाडौं, जेठ २१ । देशका विभिन्न भागमा विषालु च्याउ खाँदा २० भन्दा बढीको मृत्यु भएको भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कुनैपनि जंगली च्याउ नखान सर्वसाधारणलाई अनुरोध गरेको छ ।

महाशाखाले शुक्रबार विज्ञप्ति जारी गरेर जंगल, भीर, कान्ला, खोल्सा र बारीमा आफैं उम्रने च्याउ धेरैजसो विषालु हुने र यसको सेवनबाट मृत्यु हुने सम्भावना बढी हुने भएकाले प्रयोग नर्गन आग्रह गरेको हो ।

महाशाखाले व्यवसायिकरुपमा कृषकले खेती गरी उत्पादन गरेका च्याउमात्र खान अपिल गरेको छ ।

पटक–पटक विषादियुक्त च्याउकाबारेमा जनचेतनामूलक कार्यक्रम सन्चालन तथा सन्देश प्रवाह गरिरहे पनि विषाक्त च्याउको सेवनबाट मृत्यु हुने र बिरामीको संख्यामा कमी आउन नसकेको महाशाखाले उल्लेख गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.