Websoft University

प्रचण्ड हेग पुग्लान् ?

कमल कोइराला 
९ नोभेम्बर २००१ मा न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टरका विशाल एकजोर धरहरा ध्वस्त पारिँदा तीन हजार अमेरिकी एकै चिहान भएका थिए । त्यसपछि अमेरिकन राष्ट्रपति जर्ज बुसले भनेका थिए, ‘हामी आतंकवादी र तिनका आ श्रयदातालाई छोड्ने छैनौँ ।' ओसामा विन लादेनभन्दा कम अपराधी अफगानिस्तानको शासक मोल्ला ओमर पनि मानिएन ।
 हामी नेपालीको मनमा आजसम्म पनि एउटा ठूलो प्रश्न अनुत्तरित छ । भारतका विभिन्न सरकारहरूले आफूलाई चीनको माओत्सेतुङका क्रान्तिकारी भक्त भन्दै नेपालमा दस वर्ष आतंकपूर्ण हत्या–हिंसा मच्चाउने माओवादीहरूका शीर्षस्थ प्रचण्डलगायत नेताहरूलई किन आश्रय दिए ? नेपालमा दस वर्ष भीषण आतंक चलाउने नेताहरूलाई किन, कुन नियत र कुन लक्षका साथ त्यहाँ राखेर नेपालका जनतामा पूरै एक दसक बर्बादीपूर्ण जीवन लाद्न सघाइयो ? 
हामीसमक्ष यस कुराको पहिलो स्पष्ट कागजी प्रमाण २०५८ साल कात्तिक १९ गते (४ नेभेम्बर २००१) नयाँदिल्लीबाट प्रकाशित हुने द टाइम्स अफ इन्डियामा पत्रकार एसएनएम अद्वीको लेख प्रकाशित भयो । यो लेख अब दीपक थापाद्वारा सम्पादित र मार्टिन चौतारी काठमाडौँद्वारा प्रकाशित पुस्तक ‘अन्डरस्ट्यान्डिङ द माओइस्ट मुममेन्ट इन नेपाल' पेज ३८५ देखि ३८७ मा पनि प्रकाशित छ । एसएनएम अद्वीले प्रचण्डलाई भेट्दा उनलाई सोह्रजना एके ४७ राइफल लिएका सुरक्षाकर्मीका साथ सुरक्षित राखिएको थियो र उनको प्रचण्डसँग कुराकानी पनि भएको थियो ।
अरू पनि धेरै प्रमाण भारतीय अखबारमा समय–समयमा प्रकाशित छन् । जसले सुरु–सुरुमा केही थोरै नेपालीले माओवादीका पछाडि भारत सरकार र यसका गुप्तचर एजेन्सीहरूको भूमिका भनेको आरोपलाई स्पष्ट रूपले प्रमाणित गर्छन् ।
यो सानो लेखमा धेरै उदाहरण र प्रमाण लेखेर साध्य छैन, त्यसैले केही प्रतिनिधित्वपूर्ण उदाहरण मात्र उल्लेख गरौँ ।
प्रचण्ड र बाबुराम नेपालीहरूसँग भारतमा भूमिगत रहेको एक्टिङ गर्दथे । तर भारत सरकारको प्रधानमन्त्री कार्यालय, नेसनल सेक्युरिटी एडभाइजरको कार्यालय, विदेशमा कोभर्ट अपरेसन गर्ने ‘रअ' भारतको इन्टेलिजेन्स ब्युरो (आईबी) का अफिसरहरूको घनिष्ट जानकारी र सल्लाह परामर्शमा थिए भन्ने स्वयं भारतमा रहँदा उनीहरूको मित्र र हाल मधेसवादी नेताहरूका घनिष्ट मित्र नेपालविद् भनी दिल्लीमा भनिने, एकपटक भारत सरकारको कूटनीतिक सेवा पनि गरिसकेका प्रा.डा. एसडी मुनीको बयान अन्तर्राष्ट्रिय रूपले प्रकाशित सेवास्टिएन भोन एइनसिल्ड, डेभिड मेलोन र सुमन प्रधान सम्पादित ‘नेपाल इन ट्रान्जिसन' नामक लेख संग्रहमा प्रकाशित उनको लेख ‘माओवादीहरूलाई पहाडबाट तल झार्ने काम' (ब्रिङगिङ द माओइस्ट डाउन फ्रम द हिल्स) मा छ । पत्यार नलागे यो पुस्तक काठमाडौँमा उपलब्ध छ, हेरे हुन्छ ।
 के कारण थियो ? नेपालका सबै सरकार र सबै प्रधानमन्त्रीले भारतमा रहेका माओवादी नेताहरूलाई पक्राउ गरिदेऊ भन्दा किन कहिल्यै नमानेको ? नयाँदिल्लीस्थित अमेरिकन ब्रिटिस र पश्चिमा देशहरूका राजदूतहरूले गुप्त रूपले नेपालका माओवादीलाई दस वर्षसम्म भारतमा आ श्रय नदेऊ भन्दा पनि किन दिइराखेको ? के कारण थियो २०५८ (सन् २००२) सालमा माओवादीविरुद्ध लड्न नेपाली सेनालाई हतियार र प्रशिक्षण दिन लाग्दा भारतका रक्षामन्त्री जर्ज फर्नान्डेजले अमेरिकन विदेशमन्त्री कोलिन पावेलसँग रोक्न ठूलो जोडबल गरेको ? यी प्रश्नहरूको जवाफ नेपालीले दिँदा भन्लान् यो झूटो हो र भारतविरोधी प्रचार मात्र हो ।
 त्यसैले भारतका पुराना प्रतिष्ठित वरिष्ठ पत्रकार, अहिले केही दिनअघि राष्ट्रपति प्रणव मुखर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीको सिफारिसमा राज्य सभामा मनोनीत गरिएका ‘द पायोनियर' नामक अंग्रेजी दैनिकका सम्पादक स्वपनदास गुप्ताले आजभन्दा ११ वर्षअघि लेखेका शब्दहरू उनलाई उधृत गर्दै प्रयोग गर्दैछु कि नेपालको माओवादी जनयुद्ध भारत सरकारको नेपालविरुद्ध गुप्त युद्ध (कोभर्ट वार) थियो ।
 स्वपनदास गुप्ताले सन् २००५ को मे २९ मा द पायोनियरमा लेखेका छन्, ‘... ... ...' राजाप्रति घृणाको कारण, भारतीय संस्थापनको एक खण्डले (नेपालका) माओवादीसँग गठबन्धन (टु एलाइ विथ द माओइस्ट) गरे । इन्डियन इन्टेलिजेन्स एजेन्सीहरू र साउथ ब्लकको एक खण्ड साथसाथ मिलेर काम गर्दैछन् । यो कुरा निकै गम्भीर छ, जो स्वीकार गर्ने परवाह सरकारले गर्न सक्दैन ।' 
प्रचण्ड हेग पुर्‌याइए उनलाई भारतमा आ श्रय (हार्बर) दिने भारत सरकारको नराम्रो चर्चा अन्तर्राष्ट्रिय पत्रकारको कलमले ओकल्ने सम्भावना हुन्छ । त्यसैले भारतले प्रचण्डलाई हेग पुर्‌याउने होइन, हेग पुग्नबाट जोगाउन ठूलो गुप्त भूमिका नै खेल्नेछ ।
अन्त्यमा, भारत सरकारको प्रतिनिधिले जेनेभामा बोलेबाट एकपटक नेपालका माओवादी नेताहरू झस्के कि कहीँ हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालतमा त पुगिने होइनौँ ? तर माओवादी नेताहरूले बुझे हुन्छ, यो नेवारीमा माका फुइँ (बाँदरे धम्की) वा हिन्दीमा गिदड भभकी (स्यालको फोस्रो धम्की) मात्र हो ।
 किनभने प्रचण्ड हेग पुर्‌याइए उनलाई भारतमा आश्रय (हार्बर) दिने भारत सरकारको नराम्रो चर्चा अन्तर्राष्ट्रिय पत्रकारको कलमले ओकल्ने सम्भावना हुन्छ । त्यसैले भारतले प्रचण्डलाई हेग पुर्‌याउने होइन, हेग पुग्नबाट जोगाउन ठूलो गुप्त भूमिका नै खेल्नेछ । किन पोलपोट र उसका शागिर्दहरू किन २० लाख कम्बोडियालीको मृत्युको कारक हुँदा पनि हेग पुर्‌याइएन ? किनभने त्यस समय पोलपोट सरकारलाई अमेरिकन सीआईए र ब्रिटिस सरकारले गुप्त मद्दत गरेको थियो । पोलपोट त्यस समय सोभियत रूस र भियतनामको गठबन्धनको विरुद्ध थियो ।
 एकपटक मार्गरेट थ्याचर सार्वजनिक रूपले बोल्न पुगिन् कि कम्बोडियालाई सहायता दिन उचित छ ।
 आज पोलपोटको मृत्यु भइसकेको दसकौँ बितेपछि कम्बोडियाभित्रै एउटा ट्रिब्युनल बनेर उनीहरूमाथि युद्ध चलिराखेको छ । यी प्रतिवादीहरू कोही पनि ८० वर्षभन्दा कम उमेरका छैनन् र असक्त र जीर्ण शरीर लिइसकेका छन् ।
 
स्वयं नेपालका सरकारहरू पनि प्रचण्ड हेग नपुगून् भनी लागिपर्नेछन् किनभने तत्कालीन सेना प्रहरी र अरूले पनि व्यापक मात्रामा मानव अधिकार हनन गरेका छन् । त्यसैले सबै अहिले एउटा ढाकछोप आयोगभन्दा बढी केही बन्न नपाओस् भनी लागेकै छन् ।
-अन्नापूर्ण पोस्ट दैनिकबाट साभार 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.