Websoft University

प्रधानमन्त्रीकै गृहनगरको सडक अधुरो


दमकःझापाको दमकबाट इलामको चिसापानी हुँदै पाँचथरको रवि जोड्ने दमक चिसापनी रवि सडक खण्ड ९फाल्गुनन्द मार्गले अझैपुर्णता पाउन नसक्दा रतुवाखोलाभित्रको यात्रा अन्त्य हुन सकेको छैन ।

आजभन्दा झण्डै तिन दशक अघिबाट निर्माण शुरुभएको सो सडकले पुर्णता पाउन नसक्दा अनेकौ जोखिमका विचपनि यातायात संचालन गर्नुपर्ने बाध्यता यथावतनै छ ।

इलाम जिल्लाको पश्चिम–दक्षिणी गाविसहरुका साथै ताप्लेजुङ, पाँचथरका हजारौ सर्वसाधारणहरुलाई झापाको दमकसंग सहज पँहुच पुरयाउने उदेश्यले २०४८ सालबाटनै यो सडकको अवधारणा अघिबढाइएको थियो ।

तर झण्डै तिनदशक वितीसक्दा पनि यो सडकको माहाभारत चुरेखण्डको रतुवा खोलाभित्रको करिब १५ किलोमिटर सडको ट्रयासम्मपनि खुल्न सकेको छैन ।

विगतका वर्षहरुमा सरकारले न्युन बजेट विनियोजन गरिदिदा सडकको भविष्यनै अन्यौलमा पर्दै आएको थियो । तर यसै आर्थिवर्षमा सो सडकको स्तर उन्नतीका बहुवर्षिय योजना अन्र्तगत साढे ३२ करोड रुपैया विनियोजन भएको थियो ।

सो बजेट विनियोजन भएसंगै भरपर्दो र दिगो सडक निर्माणहुने स्थानिय निकै आशाबादी पनि देखिएको थिए । यो सडक खण्डको बेलडाँगी जिरो पइन्टदेखी बाँझो चिसापानी सम्मको करिब ३० किलोमिटर सडकको स्तर उन्नतीका विभिन्नकामका लागि ठेक्का आवाहन गरिदा ५३ प्रतिशत कममा ठेक्कापरेपछि आशा निराशामा बदलिन पुग्यो । २५ बसन्तहरु पारेगरिसक्दा पनि यो सडकको निर्माण कार्यले कछुवाको गति लिएपछि अहिले पनि यसको भविष्य अन्यौल जस्तै देखिएको छ ।

अहिले यो सडकको माहाभारत चुरे खण्डमा पर्ने एक दर्जन बढि खोला तथा खोल्साहरुमा पुल तथा कल्र्भट निर्माण भैरहेको डिभिजन सडक कार्यालय दमकका इन्जिनीयर शंम्भु आचार्यले जानकारी दिए ।

हाल यो सडक खण्डको इलामको घर्तीदोभान विचमा पर्ने चुरे क्षेत्रका दुधे खोला, रत्नेभिर, बाघमारा खोल्सी, लाटा, लाटी लगायतका खोल्साहरुमा बक्क कल्र्भट तथा ग्याबिन वालको काम भैरहेको आचार्यले जानकारी दिए । यसैगरि यो सडको घर्ती दोभानका दुई स्थानमा पुल निर्माणकालागि ठेक्का प्रकृया अघिबढिसकेको कार्यालयले जनाएको छ ।

यसैगरि इलामको बाँझो घर्तिदोभान माथिको लारुम्बा डाडाबजार सम्मको सडक चौडा तथा केहि स्थानमा ग्याविन वाल लगाउने काम भएको सडक निर्माण समिति अध्यक्ष रेवतराज पुरी गगनले बताए ।

झापाको दमकबाट मेचि अंचलका पाहाडी जिल्लाहरुलाई अति छोटो दुरीमा जोडनका लागि निर्माण शुरुभएको यो सडकको निर्माण कार्यले आशालाग्दो गति नलिएपछि अहिले त्यो आशामाथि तुषारापात हुदै गएको छ । -कोशी खबरबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.