Websoft University

सहरमा बास खोज्दै दिवासा



काठमाडौं , वैशाख २९ गते । अभि सुवेदीले लेखेको नाटक ‘यो कुनै बास हो एक’को मञ्चन थिएटर मलमा

भइरहेको छ। यो एकल काव्यात्मक नाटकमा सुष्मा कोइरालाको अभिनय छ।



नाटककार बालकृष्ण समप्रति समर्पित गर्दै उनकै निवासको नामबाट नाटकको नाम राखिएको हो। समको निवासमा एक नारीले उनका नाटक र पात्रहरुलाई स्मरणमा गर्दै गरेको विश्लेषणमा कोइरालाको अभिनय बोझिलो लाग्दैन।

एक घण्टाभित्र एकैजना कलाकारले विभिन्न पात्र र मुद्रामा अभिनय दिनु नाटकको मूल आकर्षण हो। यसअघि सुष्माले सुवेदीद्वारा लिखित ‘बिम्वाका सपना’मा पनि एकल अभिनय गरेकी थिइन्। यसमा सुष्मा दिवासाको रुपमा देखिएकी छिन्।



वैशाख २० गतेदेखि मञ्चन थालिएको नाटक जेठ ४ गतेसम्म चल्नेछ। नाटक बुधबारबाहेक हरेक साँझ साढे ५ बजे मञ्चन हुँदै आएको थिएटर मलका नाट्यकर्मी तथा कला निर्देशक केदार श्रेष्ठले बताए। नाटकलाई घनश्याम श्रेष्ठले निर्देशन गरेका हुन् ।



- पहिलो पोस्टबाट 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.