Websoft University

भारतबाट धमाधम तेल आइरहेको छ , १३ लाख लिटर पेट्रोल, ५३ लाख लिटर डिजल





काठमाडौं , वैशाख २९ गते । नाकाबन्दी खुलेको लामो समयसम्म नेपालमा पेट्रोलियम पदार्थको अभाव रहेपनि अहिले हट्दै गएको आयल निगमले दावी गरेको छ।


हिजोआज तेल लिन पुगेका सबै ट्यांकरलार्इ इन्डियन आयल कर्पोरेशन (आइओसी) ले तेल दिएर पठाएको छ। नेपाल आयल निगमले अद्यावधिक गरेको तथ्यांकमा सोमबार पेट्रोलियम पदार्थ लिन पुगेका ४ सय ३२ ट्यांकरमध्ये ४ सय २२ लार्इ तेल लिएर नेपाल फर्किएको छ।

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले भारतसँगको सम्बन्धमा चिसोपना आएको आशंका बढेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित र सरकारले नेपाली राजदूत फिर्ता बोलाएपछि भारतसँगको सम्बन्धलाई आशंकाले हेर्न थालिएको छ। तर यसको असर पेट्रोलियम पदार्थ आयातमा नदेखिएको आयल निगमको तथ्याङ्कले प्रष्ट पारेको छ।

सोमबार मात्रै आइओसीले नेपाललार्इ साढे १३ लाख लिटर पेट्रोल र ५३ लाख ११ हजार लिटर डिजल दिएको छ। सोमबार १ लाख ९ हजार लिटर मट्टितेल र ३ लाख ५२ हजार लिटर हवार्इ इन्धन दिएको छ। आइओसीले सोमबार ८३ बुलेट खाना पकाउने ग्यास दिएको छ। यो झन्डै १ लाख सिलिन्डर हो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.