Websoft University

सिंहदरवार घेराउ भोलि र पर्सी पनि

काठमाडौँ, जेष्ठ ३ गते  आदिवासी जनजाति तथा मधेसी दलहरुको संयुक्त मोर्चा संघीय गठबन्धनले सिंहदरवार घेराउको कार्यक्रमलाई सोमबार पनि निरन्तरता दिने निर्णय गरेका छन् ।



संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी तीनकुनेमा आइतबार साँझ बसेको बैठकले सिंहदरबार घेराऊ कार्यक्रमलाई जारी राख्ने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले जानकारी दिए । आइतबारदेखि सुरु भएको सिंहदरबार घेराउ कार्यक्रम सोमबार र मंगलबार यथावत रहने भएको छ ।

त्यसपछि सिंहदरबार घेराउ कार्यक्रमलाई निरन्तर राख्ने वा स्वरुप परिवर्तन गर्नेबारे सोमबार बस्ने गठबन्धनको बैठकले निर्णय गर्ने यादवले बताए । सिंहदरबार घेराउको पहिलो दिन शान्तिपूर्ण र जनताको व्यापक सहभागितामा सफल भएको गठबन्धनले समीक्षा गरेको छ ।


  • कान्तिपुर समाचार बाट 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.