Websoft University

ओखलढुंगामा दूध अभाव

ओखलढुंगा ,  जेष्ठ २ गते  ।  किसानले मागअनुसारको दूध उपलब्ध गराउन नसकेपछि ओखलढुंगा सदरमुकाममा दूधको अभाव भएको छ । 



सदरमुकाम बजारमा दैनिक ३ सय लिटर भन्दा बढी दूधको माग भएपनि मुश्किलले ५४ देखि ५५ लिटर मात्रै संकलन हुन थालेपछि दूधको अभाव भएको हो । 
दूधको अभावका कारण यहाँका उपभोक्ता १ लिटर दूधका लागि गाँउका किसान सँग प्रत्यक्ष समन्वय गर्न बाध्य छन् । ४ महिनाअघि कृषि विकास मन्त्रालयअन्तर्गत् व्यवसायिक कृषि तथा व्यापार आयोजनाको सहयोगमा ७ लाख रुपैयाँमा सञ्चालित शुभलक्ष्मी दूध प्रशोधन तथा चिस्यान केन्द्र दूध अभावकै कारण बन्द हुने अवस्थामा पुगेको छ । 

‘यसवर्षको लामो खडेरीका कारण किसानले पर्याप्त दूध उपलब्ध गराउन नसक्दा दूधको अभाव भएको चिस्यान केन्द्रका व्यवस्थापक अशोककुमार राईले बताउनुभयो । सदरमुकाम नजिकै रहेका बेतिनी र सल्लेरी गाविसका किसानहरुबाट संकलन गरिँदै आएको दूध न्युन मात्रामा संकलन हुन थालेपछि माग धान्न नसकिएको चिस्यान केन्द्रले जनाएको छ ।

 किसानलाई व्यवसायिक गाई भैंसी पाल्न प्रोत्साहित गर्ने, किसानसम्म पुगेर दूध संकलन गर्ने, संकलित दूधलाई व्यवस्थापन तथा वितरण गर्ने र दूग्धजन्य परिकार उत्पादन गर्ने उद्धेश्यले खोलिएको दूध केन्द्र थोरै परिणाममा दूध संकलन हुन थालेपछि तताउने र चिस्याउने काम नगरी सीधै उपभोक्तालाई वितरण गरीएदै आएको छ ।

सदरमुकामकै रमाइलोडाँडा, जिविसटोल, भैरवटोल, मिलनचोक लगायतका ठाउँमा एजेन्टमार्फत् दूध वितरण गर्दै आएको केन्द्रले अहिले सो सेवा पनि बन्द गरिसकेको छ । सदरमुकाम आसपासका गाविसमा गाईँ भैँसी पाल्ने किसान घटेसँगै यसवर्षको खडेरीका कारण पर्याप्त दूध संकलन हुन नसकेको हो । 

जिल्लाका पश्चिमी क्षेत्र कटुञ्जे, हर्कपुर, प्राप्चा, च्यानाम लगायतका क्षेत्रमा गाईँ भैँसी पाल्ने किसानको संख्या उल्लेख्य भएपनि हिउँद समयमा सो क्षेत्रको दूध गाउँमै खपत हुने भएका कारण किसानले दूध बेच्न मानेका छैनन् । फोटो पनी छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.