Websoft University

राष्ट्रिय निकुञ्जभित्र रहेको चुरेको फेदीमा पानीका मुहान पुरियो



चितवन , जेष्ठ ४ गते । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको चुरेको फेदीमा रहेका पानीका मुहान पुरिएपछि यसबाट ताल तलैया, पोखरी र खोल्सा प्रभावित भएका छन् ।

विगत १० वर्षअघिनिकुञ्जभित्रको पदमपुर बस्ती स्थानान्तरणसँगै चुरेको फेदीका मुहान सरसफाइ हुन नसक्दा पानीका मुहान पात पतिङ्गर, पाँगो माटो, पहिरो आदिले बुजिएकोनिकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो ।पदमपुरमा बस्ती रहँदा स्थानीयले पानीका मुहान बर्सेनि सरसफाइ गर्ने र सोही पानीबाटसिञ्चित गरेर पदमपुरको भूमिलाई उर्बर बनाउँदै आएका थिए ।

मुहानबाट निस्किएको पानीले वन्यजन्तु र घाँसे मैदान पनि सिञ्चित हुँदै आएको कँडेललेबताउनुभयो ।पदमपुरवासीले सो क्षेत्र छाडेसँगै चुरेका मुहान सरसफाइ नहुँदा तालतलैया र खोल्सामा पानीको मात्रा घटेको उहाँले बताउनुभयो । यसका कारण क्रमशःवन्यजन्तु र घाँसे मैदान प्रभावित हुने देखिएको छ । निकुञ्जभित्र ३८ वटा स्थायी पानी स्रोत भएका ताल रहेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो ।

हरेक वर्ष चुरेका फेदीको मुहान सरसफाइ गर्नसके पानीको स्थायी स्रोत निरन्तर हुने र यसले निकुञ्जभित्रका तालतलैया र खोल्सामानिरन्तर पानी बग्ने प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । यसबाट वन्यजन्तु, घाँसे मैदान र रुख बिरुवा लाभान्वित हुने उहाँलेबताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.