Websoft University

एमाओवादीसँग एकता दक्षिणपन्थी नवसंशोधनवाद’

काठमाडौँ, जेष्ठ ७ गते माओवादीबाट टुक्रिएका तीन पार्टीले एमाओवादी र दस पार्टीबीच भएको एकतालाई दक्षिणपन्थी नवसंशोधनवादीको संज्ञा दिएका छन्। 



मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र हेमन्तप्रकाश ओली नेतृत्वको कम्युनिष्ट न्युक्लियस नेपालले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो संज्ञा दिएको हो। उक्त गठबन्धन राष्ट्रिय स्वाधीनता, जनताको जनतन्त्र तथा जनजीविकाका आधाभूत समस्याको समस्याका समाधानका निम्ति गरिने आन्दोलन र देश जनताको मुक्तिको निम्ति घातक रहेको विज्ञप्तिमा जनाइएको छ।

‘यो दक्षिणपन्थी नवसंशोधनवादी गठबन्धन हो र हामीले यसका विरुद्ध कडा विचारात्मक संघर्ष चलाउँदै अघि बढ्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।

तीन पार्टीले सच्चा कम्युनिष्टबीच एकीकरणको खाँचो रहेको पनि जनाएका छन्। वैद्य समूहबाट छुट्टिएर रामबहादुर थापासहित माओवादी विचारधारा बोक्ने दस पार्टीबीच एकता भएपछि तीन पार्टीले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.