Websoft University

पत्ती अभावमा चिया कारखाना ठप्प

इलाम,  जेष्ठ ४ गते । लामो समयसम्म खडेरी परेका कारण इलामका चिया बगानमा हरियोपत्ती नपलाउँदा चिया कारखाना ठप्प भएका छन् । 



अघिल्ला वर्षभन्दा योपटक लामो समय चियाको मुना नपलाएको हो । सामान्य अवस्थामा दुई सातासम्म यस्तो अवस्था आउँथ्यो”, साँखेजुङस्थित दाहाल बन्धु टी स्टेटका मोतीराम दाहालले भन्नुभयो – “योपटक एक महिनादेखि कारखाना चलेका छैनन् । पत्ती राम्रोसँग कारखानामा आउन अझै एक दुई हप्ता लाग्छ ।”

केही दिनयता सुरु भएको वर्षाले जेठको दोस्रो सातासम्म कारखाना चलाउन सकिने उहाँले बताउनुभयो । कारखाना बन्द हुनुअघि हरेक कारखानामा दैनिक पा“च हजार किलोसम्म हरियो चियापत्ती प्रशोधनका लागि आउने गरेको थियो ।


पत्ती अभावको असर धेरै चिया कारखानालाई परेको छ । जिल्लाका दुई दर्जन ठूला चिया कारखानामध्ये अधिकांश बन्द हु“दा कृषक र कारखाना सञ्चालक दुवैलाई नोक्सानीमा छन् । विगतमा यो मौसममा दैनिक एक लाख किलोभन्दा धेरै हरियो चियापत्ती उत्पादन हुने गरेको थियो । उत्पादन बढ्ने बेलामा लामो समयसम्म मुना नपलाएकाले कृषकलाई थप मार परेको तीनजुरे चिया कारखानाका बम निरौलाले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.