Websoft University
Latest Post


बिराटनगर असोज १९ गते | मत्स्य देशका राजा विराट महाभारतकालदेखी नै विराट राजवंशी समुदायले मौलिक साँस्कृत रुपमा हुकाहुकी रिति मनाउँदै आईरहेका छन् । यो हुकाहुकी शुभ दीपावली (सुकरात) को पहिलो ऐतिहासिक दिन हो । जसमा विराट राजवंशी समुदायले घर आँगनमा माटोको दियोवाली घरको कुलदेवी देवतासँगसँगै लक्ष्मी पूजा गर्दै सँगै घर बाहिर र खेतीबारीमा गएर (हुकाहुकी) भन्दै विराट राजवंशी समुदायले मनाउने पुरखौली चलन रहीआएको छ ।

सुकरातमा लक्ष्मी माँता भगवान पुजाको साझको बेलामा हुकाहुकी खेल्ने पौरानिक चलन छ । हुकाहुकी सन्ठी र भाँसी (लामो घाँस) ले बनेको क्रस आकारको बस्तु हो । विराट राजवंशी समुदायले घरमा कुलदेवताको (गोसाई सिरा) मा सन्ठीको हुकाहुकी राखी पूजाआजा गर्ने गर्दछ । पूजापाठ गरिसकेपछि दियोबाट सन्ठीको हुकाहुकीमा आगो लगाई आगँन हुँदै खेतबारीमा “हुकाहुकी” भन्दै उत्साहित साथ हामी मनाउँदै आएका   छौ । यो हुकाहुकी रितिमा सबै उमेर समूहका सहभागिता हुने गर्छन् । जसले गर्दा विराट राजवंशी समुदायमा भाईचारा, आदर भाव र भावनात्मक सम्वन्ध प्रदान गर्न यो हुकाहुकीको महत्व रहदै आएको छ।

विराट राजवंशी पूर्वी तराईको मूल आदिवासी समुदाय कृषि पेसामा आश्रित रहेको पाईन्छ । विराट राजवंशी समुदायमा प्राय जसो पशुपालन र खेतीपाती गर्ने पौराणिक पेसा नै कृषि हो । हिउँदै बाली र अन्नबालीमा कीरा फट्याङग्रालाई क्षति पुर्याउने भएकोले कीरा फट्याङग्रालाई धपाउने हेतुले गाँउटोलमा भेलाभई साँझपख खेतबारीमा गई हुकाहुकी मनाउने प्रचलन चलिआएको छ । हुकाहुकी आगोका मुस्लो हो । जसले अदृश्य शैतानी शतिलाई ध्वस्त बनाउने कार्य हुकाहुकी रितिमा भएको विराट राजवंशी समुदायको मान्यता छ । गाँउ र बस्तीमा भएको कीरा फट्याङग्रा कम गर्न र सबैको स्वास्थ्य लाभको कामना गर्दै धुमधाम, भव्य र उत्साहितका साथ मनाउने गर्दछ ।

अन्त्यमा विराट राजवंशी समुदायको हुकाहुकी प्रथा लोप हुदै गईरहेको   छ । यसलाई संरक्षण एव्म सम्वर्द्धन गर्न राज्यको कुनै पनि निकायको पहल देखिदैन । राज्य नै मौन छ । जसले गर्दा विराट राजवंशी समुदायको साँस्कृतिक रितिरिवाज आकर्षण घट्दै गएको छ । तसर्थ विराट राजवंशी यूवा समितिले मौलिक साँस्कृतिक हुकाहुकीलाई प्रवर्द्धन गर्न यहि आउने कार्तिक ३ गते प्रथम हुकाहुकी कार्यक्रम भव्य श्रव्यका साथ मनाउने हुदाँ यस पत्रकार सम्मेलनबाट जानकारी गराउदछौ ।



विराटनगर  |  नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)को आयोजनामा हुने अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सो प्रतियोगिता यही अगस्त २७ तारिखमा अष्ट्रियामा हुँदैछ ।

आयोजक एनईएससीले विज्ञप्तिमार्फत प्रतियोगितामा सहभागी हुने टिम, स्थान, अतिथिलगायतको टुंगो लागिसकेको जनाएको छ । संघका अध्यक्ष दिलकुमार घमालले युरोपमा बसोबास गर्ने नेपालीहरुबीच आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा स्वीजरल्याण्ड, फिनल्याण्ड, जर्मनी, नेपाल युरोपियन स्पोर्टस क्लब ए र बी सहित ५ वटा टिमले सहभागिता जनाउने निश्चित भएको जानकारी दिएका छन् । खेलकुमा मात्रै नभएर नेपाली समुदायलाई एकता, मित्रता र सहकार्यका लागि प्रतियोगिता महत्वपूर्ण हुने अध्यक्ष घमालको भनाइ छ । प्रतियोगितामा नेपाली दूतावास, विश्वमै ख्यातिप्राप्त तेक्वान्दो खेलाडी विनय कार्कीलगायतको उपस्थितिरहनेछ ।

‘नेपाल युरोपियन स्पोर्टस क्लबले आफ्नो खेल भावना, समर्पण र परिश्रमको माध्यमबाट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेछ भन्नेमा म पूर्ण विश्वास राख्दछु,’ घमालले भने, ‘खेलले हामीलाई शारीरिक मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि सुदृढ बनाउँछ । हामीले हार वा जीतलाई केवल नतिजाको रूपमा हेर्नुपर्छ, तर यसले हामीलाई नयाँ अवसर, सिकाई र अझ राम्रो बन्ने प्रेरणा दिन्छ ।’ युरोपमा नेपाली कला, संस्कृति र पहिचान स्थापित गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष घमालको भनाइ छ । उनले नेपालको राष्ट्रिय खेलका रुपमा रहेको भलिबलको प्रचारप्रसार र प्रवद्र्धनमा समेत प्रतियोगिताले योगदान पुग्ने बताए ।

‘युरोपमा हामी नेपाली समुदायले हाम्रो पहिचानलाई सम्मानका साथ संरक्षण गर्दै, नयाँ संस्कार र अवसरहरूसँग घुलमिल गर्दै आएका छौं । युरोपेली एकीकरणको यो प्रतियोगिता हामी सबैलाई थप निकट ल्याउने अवसर हो र जसले हामीलाई आपसी समझदारी, सद्भाव र भाइचाराको भावना सुदृढ गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

सन् २०२० मा स्थापित एनईएससीले यसअघि पनि दुईपटक भलिबल प्रतियोगिता आयोजना गरिसकेको छ । यसबाहेक युरोपका विभिन्न देशमा आयोजना हुने प्रतियोगितामा एनईएससीले सहभागिता जनाउँदै आएको छ ।


विराटनगर | विराटनगर महानगरपालिकाले १७ वटा बालविकास केन्द्रलाई विभिन्न सामुदायिक विद्यालयमा समायोजन गरेको छ ।

महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा शुक्रबार बसेको शिक्षा समितिको बैठकले बालविकास केन्द्रका दरबन्दी महानगरमा पुलमा राखी बालविकास सहजकर्ताहरूलाई विभिन्न सामुदायिक विद्यालयमा काजमा खटाएको छ । समुदायमा रहेर सञ्चालित बालविकास केन्द्रहरूमा विद्यार्थी संख्या ज्यादै न्यून हुनुका साथै विद्यार्थीको उपस्थितिसमेत नियमित नभएका कारण समितिको बैठकले बालविकास केन्द्रलाई अन्य विद्यालयहरूमा समायोजन गर्ने निर्णय गरेको हो । 

उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास मितिका संयोजक काजीबहादुर बस्नेत,वडाध्यक्ष कुमार पोखरेल, उद्धव भुजेलसहित शिक्षा समितिका सदस्यहरूको उपस्थितिमा भएको पूर्ण बैठकले विराटनगर–१ स्थित सिर्जना बालविकास केन्द्रलाई पोखरिया मावि, विराटनगर–४ स्थित सिर्जना बालविकास केन्द्र इक्राहीलाई जनता मावि इक्राही, विराटनगर–११ स्थित गोदारवरी बालविकास केन्द्रलाई अरुणोदय आधारभूत विद्यालय, विराटनगर–१९ स्थित दलित वस्ती बालविकास केन्द्रलाई शिवजी आधारभूत विद्यालय, १९ नम्बर वडाकै मनोकामना बाल विकास केन्द्रलाई जागृति आधारभूत विद्यालय र नवज्योति बाल विकास केन्द्रलाई सार्वजनिक माविमा समायोजन गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

त्यस्तै विराटनगर–१२ स्थित बखरी बाल विकास केन्द्रलाई मिल्स मावि, प्रगतिशील बाल विकास केन्द्रलाई महामाया भगवती आधारभूत विद्यालय, ११ नम्बर वडाको झी गुठी बाल विकास केन्द्रलाई आदर्श मावि, पञ्चमुखी बाल विकास केन्द्रलाई जनता बाल कल्याण आधारभूत विद्यालय, पहिलो पाइला बाल विकास केन्द्रलाई आधारभूत विद्यालय कोचाखाल सृष्टि बाल विकास केन्द्रलाई सत्यनारायण आधारभूत विद्यालय र सुम्निमा बाल विकास केन्द्रलाई अरुणोदय आधारभूत विद्यालयमा समायोजन गरिएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि १९ नम्बर वडाको दार बाबा बाल विकास केन्द्रलाई श्री सुशिक्षा निकुञ्ज आधारभूत विद्यालय, ६ नम्बर वडाको नेपाल बालबालिका उत्थान बालविकास केन्द्रलाई शंकरपुर आधारभूत विद्यालय, ४ नम्बर वडाको सप्तकोशी बाल विकास केन्द्रलाई श्री मावि कञ्चनबारी र ६ नम्बर वडाको महिला तथा बाल विकास उत्थान केन्द्रलाई शहीद आधारभूत विद्यालयमा समायोजन गरिएको ढुंगेलले बताउनुभयो । महानगरले बनाएको अनुगमन टोली बालविकास केन्द्रहरूको निरीक्षण गरेको थियो । 

अनुगमन टोलीको प्रतिवेदनका आधारमा महानगरले बालविकास केन्द्रहरूलाई सामुदायिक विद्यालयमा समायोजन गरेको हो । यसबाट विद्यार्थीको पठनपाठनको गुणस्तरमा वृद्धि, खेल सामग्री प्राप्त गर्नुका साथै दिवा खाजा उपलब्ध गराउन पनि सहज हुने मेयर नागेश कोइरालाले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा देखिँदै आएको दरबन्दी अभावलाई पनि समायोजनले केही हदसम्म पूर्ति गर्नेछ । त्यस्तै बैठकले १९ नम्बर वडामा सञ्चालित चेतना बालविकास केन्द्र र सूर्य बालविकास केन्द्रलाई समुदायमै रहन दिने निर्णय गरेको छ ।

महानगरले शिक्षासेवी रमानाथ भट्टराईको संयोजकत्वमा टोली गठन गरेर सामुदायिक विद्यालयहरूको छड्के अनुगमनलाई पनि तीव्रता दिएको छ । त्यस्तै सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि महानगरले सबै प्रधानाध्यापकहरूसित कार्यसम्पादन करार सम्झौतासमेतगरिसकेको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.