Websoft University
Latest Post


शिव भट्टराई,मोरङ असोज ८  गते, शनिबार | रातो तारा डट कम,सुरक्षा सामाजिक उद्यमी महिला सहकारी संस्थाको अध्यक्षमा गोमा कट्वाल देउजा सर्वसम्मत चयन भएकी छिन्। मोरङको सुन्दरहरैंचा ६ स्थित गछियामा रहेको सुरक्षा सामाजिक उद्यमी महिला सहकारी संस्थाको १२ औं साधारण सभाको अध्यक्ष सहित ११ जना सञ्चालक समिति सर्वसम्मत चयन भएका छन्। साधरण सभामा अध्यक्ष गोमा कट्वाल देउजा, उपाध्यक्ष कमला घिमिरे, सचिव तुलसा घिमिरे , कोषाध्यक्ष विद्या चापागाईं सहित ७ जना सदस्य कार्यसमितिमा र इन्द्रमाया खत्रीको संयोजकत्वमा २ सदस्य लेखा समिति सर्वसम्मत चयन भएका छन्।


संस्थाकी अध्यक्ष दुर्गा भट्टराईको सभापतित्वमा भएको साधारण सभामा 

सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सुन्दरहरैंचा नगरपालिकामा रहेका ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तामा रु एक हजार थपेर ५ हजार बनाइएको बताउँदै संस्थाको साधारण सभाबाट चयन भएका नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन्।   


कार्यक्रममा अतिथि जिल्ला कृषि सहकारी संघ मोरङका उपाअध्यक्ष सोभितमान पौडेल लगायत सहकारी संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, सेयर सदस्यहरू साथै सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। संस्थाले हाल सम्म २४५९ जना सेयर सदस्य बनाउन सफल भएको छ। साधारण सभाको अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्ट शेयर सदस्यहरुलाई कृषि सामाग्री सहित दोसल्ला ओडाएर  सम्मान गरेको थियो भने उक्त कार्यक्रम संस्थाकी सचिव भगवती पराजुलीले सञ्चालन गरेकी थिइन्।


 

बिराटनगर असोज ८ गते | रातो तारा डट कम,भारतीय केन्द्रिय गृहमन्त्री अमित साहलाई मोरङ ब्यापार संघका बरिष्ठ उपाध्यक्ष अनुपम राठीको नेतृत्वमा गएको टोलीले मीरगञ्ज पुल संचालन लगायतका समस्या समाधानका लागि आग्रह गरेको छ ।

विहारको विभिन्न जिल्लामा आयोजना भएको जन भावना सभालाई सम्बोधन गर्न आएका साहलाई किसनगंजको माँ गुजरी मेडिकल कलेजमा भेट गर्दै अनुपम राठी सहित कार्यकारिणी सदस्यद्वय गोपाल अग्रवाल र विनित सिंघानियाले ज्ञापन पत्र बुझाएका छन । कडा सुरक्षा र सिमित भेटघाट मात्र गरेका साहले पत्र बुझ्दै कार्यान्वयन हुने आश्वसन दिएका थिए । 

ज्ञापन पत्रमा २०२२ जनवरी ६ देखी बन्दभएको मिरगञ्ज पुलको विकल्पमा बनेको मोटरेबल पुल संचालनमा ल्याउन आग्रह गरिएको छ । पुल संचालन नहुदा नेपाल भारत आवत जावत गर्ने ३०० सवारी तथा कार्गाेलाई समस्या परेको उल्लेख छ । पुल संचालन नहुदा ११४ किलोमिटर सुनसरीको भण्टाबारीबाट घुमेर आइसीपी आउनु पर्ने बाध्यता रहेको र त्यसले दैनिक एउटा गाडीको भाडा २० हजार थप लागिरहेको र ६ दिन विलम्ब समेत हुने गरेको कारण नेपालका उद्योगहरु समस्या परेको भन्दै त्यसको समाधानका लागि आग्रह गरिएको छ ।  

त्यसैगरि भारत हुँदै फर्किने नेपालीका लागि भारतीय भिसा बाध्यता खारेज गर्न पनि अनुरोध गरिएको छ । भारतको भूभाग हुँदै नेपाल फर्कने नेपाली नागरिकले विदेशी यात्रुहरुलाई जस्तैभारतीय भिसा दिनु पर्नेछ । तर, नेपाल र भारतले प्रत्येक देशमा स्वतन्त्र आवतजावत गर्ने भएकाले नेपाली नागरिक भारत हुँदै फर्किने क्रममा भारतीय भिसाको बाध्यता खारेज गर्न अनुरोध गरिएको छ । 

त्यसैगरि नेपाली नागरिकहरूको लागि सहज चिकित्सा सेवा उपलब्ध गराउन पनि आग्रह गरिएको छ । चिकित्सा उपचारका लागि आउने नेपालीलाई अस्पतालको शुल्क र सुविधाको सन्दर्भमा भारतीय नागरिक सरह व्यवहार गर्नुपर्ने र हाल नेपालीहरूले १५ देखि २० प्रतिशत बढी शुल्क तिर्नु परिरहेकाले त्यो हटाउन समते माग गरिएको छ । 

भारतीय रेलवेमा नेपालीहरूका लागि सुविधाहरू माग गरिएको छ । जस्तै भारतीय नागरिकको बराबरीमा नेपालीहरूलाई सुविधा दिन र नेपाली ज्येष्ठ नागरिक र विद्यार्थीहरूलाई सहुलियत दरमा सिट सुविधा उपलब्ध गराउन अनुरोध गरिएको छ । 

भारतबाट नेपालजस्ता मुलुकमा समेत चामल र गहुँ निकासीमा प्रतिबन्ध लगाइँदा नेपाली जनता र उद्योगधन्दामा ठूलो असर परेको छ । नेपाल आफ्नो दैनिक आवश्यकता चामल र गहुँ को लागि भारतमा मात्र निर्भर भएकोले, हामी तपाईंलाई भारतबाट धान र गहुँ निर्यात गर्न अनुमति दिन अनुरोध गरिएको छ ।

 


शिव भट्टराई, मोरङ असोज ८ गते शनिबार | रातो तारा डट कम, मोरंगको सुन्दरहरैचा नगरपालिका वार्ड नं ४ मा रहेको भोलेश्वर टोल बिकास संस्थाले आउँदै गरेको विजय दशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै शनिबार वृहद सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। सुन्दरहरैचा वार्ड नं ४ विभिन्न एरियामा सरसफाई गर्दै बाटोको फोहोर सरसफाई गरि व्यवस्थापन गरिएको छ। 

सरसफाई कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाई, वार्ड नं ४ का वडा अध्यक्ष कैलाश बस्नेत विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरू, सामाजिक व्यक्तित्व साथै स्थानीयबासीहरुको सहभागिता रहेको थियो। सुन्दरहरैंचा वार्ड नं ५ का वडाध्यक्ष कैलाश बस्नेतले यस सरसफाई कार्यक्रमलाई निरन्तरता दिने बताउँदै वार्ड नं ४ एरियामा लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेङ्गु, मलेरियाको रोकथामको लागि औषधि छिट्ने बताएका छन्।त्यसैगरी टोल विकास संस्थाका प्रतिनिधि मोहन ढकालले सरसफाई कार्यक्रममा सहभागी जनाएर सहयोग पुर्याएकोमा सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.