Websoft University

चाडवाड लागे सँगै भोलेश्वर टोल विकास संस्था द्वारा वृहद सरसफाई कार्यक्रम

 


शिव भट्टराई, मोरङ असोज ८ गते शनिबार | रातो तारा डट कम, मोरंगको सुन्दरहरैचा नगरपालिका वार्ड नं ४ मा रहेको भोलेश्वर टोल बिकास संस्थाले आउँदै गरेको विजय दशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै शनिबार वृहद सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। सुन्दरहरैचा वार्ड नं ४ विभिन्न एरियामा सरसफाई गर्दै बाटोको फोहोर सरसफाई गरि व्यवस्थापन गरिएको छ। 

सरसफाई कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाई, वार्ड नं ४ का वडा अध्यक्ष कैलाश बस्नेत विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरू, सामाजिक व्यक्तित्व साथै स्थानीयबासीहरुको सहभागिता रहेको थियो। सुन्दरहरैंचा वार्ड नं ५ का वडाध्यक्ष कैलाश बस्नेतले यस सरसफाई कार्यक्रमलाई निरन्तरता दिने बताउँदै वार्ड नं ४ एरियामा लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेङ्गु, मलेरियाको रोकथामको लागि औषधि छिट्ने बताएका छन्।त्यसैगरी टोल विकास संस्थाका प्रतिनिधि मोहन ढकालले सरसफाई कार्यक्रममा सहभागी जनाएर सहयोग पुर्याएकोमा सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.