Websoft University
Latest Post

विराटनगर भाद्र १२ गते | रातो तारा डट कम, आरोहण गुरुकुल विराटनगरमा दोस्रो पटक ‘खरानीको डोरी’ नामक नाटक मञ्चन हुने भएको छ ।

 विराट आदर्श साहित्य मञ्चको आयोजनामा भदौ १२ गते आइतबारबाट नाटक मञ्चन हुने भएको हो । प्रसिद्ध लोक लयमा आधारित उक्त नाटक आइतबार ४ः३० बजेबाट मञ्चन हुने मञ्चका अध्यक्ष कटवाल दीपकले जानकारी दिए ।

 विराट आदर्श आहित्य मञ्चकै आयोजनामा उक्त नाटक गत पुसमा पनि गुरुकुलमा मञ्चन भएको थियो । पुनः ‘खरानीको डोरी’ को माग आएकाले प्रस्तुत गर्न लागिएको उनले बताए ।

 उनले भने, ‘त्यतिखेर पनि धेरैले नाटक रुचाउनु भएको थियो । फेरी पनि विभिन्न संघसस्था र ब्यक्तिहरूले यहि नाटकको प्रस्ताब गर्नुभयो । त्यसैले यहि नाटक लिएर आएका हौँ ।’

अन्याय, अत्याचार र सामन्तवादको अन्त्य हुनुपर्छ भन्ने कुरालाई नाटकमा चित्रण गरिएको उनले बताए ।

 नाटकको नाट्य रूपान्तरण कटवाल दीपकले गरेका हुन् भने यसको निर्देशन प्रवेश तिम्सिनाले गरेका छन् ।

 नाटकमा दीपेश पोखरेल, सुवेक्षा विष्ट, तिर्थराज विश्वकर्मा, निष्चल कठायत, शान्तीराम राई, दीपेन्द्र राई, विकेश बस्नेत, अच्युत गिरी, रामचन्द्र मेहता, अस्विना दाहाल र विराज पौडेलको अभिनय रहेको छ ।

 नाटक भदौ २० गतेसम्म मञ्चन हुनेछ । विदाको दिन बाहेक हरेक दिन १०ः३० र १ः३० मा नाटक मञ्चन हुनेछ । विदाको दिन भने ५ बजे नाटक मञ्चन हुने छ ।

 यसअघि मञ्चले ‘मुनामदन’, ‘छिँडीभरिको आकाश’ लगायतका नाटक सफतापूर्वक मञ्चन गरिसकेको छ ।

बिराटनर भाद्र १२  गते | रातो तारा डट कम, प्रदेश  १ राजधानी बिराटनगरमा थारु कला केन्द्रले अभिमुखीकरण तालिम संचालन सम्पन्न गरेको छ।  थारु कला केन्द्रको आयोजना हुने नोबेल मिस्टर एण्ड मिस थारु आइकन तेस्रो संस्करणका लागि अडिसन दिएका ७० जना मध्ये छनौट भएका महिला पुरुष गरी ५० जनालाई अभिमुखीकरणमा समाबेश गरिएको अध्यक्ष बिएन चौधरीले प्रेस सम्मेलनबाट जानकारी दिए ।  

थारु कला, संस्कृति, भेषभुषा, भाषा, खानपान तथा रितिरिवाजलाई झल्काउँन र संरक्षण गर्न तथा थारु प्रतिभालाई उजागर गर्न मिस्टर एण्ड मिस थारु आइकन कार्यक्रम आयोजना गरेको हो।  

अवसर र चुनौतिको खोजि गरी थारु समुदायको सौन्दर्यता र प्रतिभालाई मात्र झल्काउने होइन  थारुको कला संस्कृति, परम्परा, भेषभुषा र भाषालाई बचाई राख्न र संरक्षण गर्न र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने र अवसर प्रदान गर्ने थलो  समेत रहेको केन्द्र संस्थापक अध्यक्ष तथा सल्लाहकार देब कृष्ण बिश्वास उल्लेख गरे।  

त्यसै गरी थारु कला केन्द्रले  ३५ दिन बन्द प्रशिक्षण तालिममा सहभागी गराएर ग्राण्ड फिनाले गर्ने बिराटनगरमा गराउने भएको छ।  बिभिन्न विधामा अवार्ड पाउने, प्रथम, दोस्रो र तेस्रोलाई नगद पुरस्कार तथा सम्मान पाउने थलोको रुपमा स्थापित गरेका छन्  । पुरस्कार नै पाउनु ठुलो कुरा होइन, आफ्नो नेतृत्व र व्यक्तित्व बिकास र सकारात्मक ज्ञान बटुलने सुरक्षित प्ल्याट फर्म समेत थारु कला केन्द्र अवसर प्रदान गरेको प्रमुख सल्लाहाकार सुची चौधरीले बताईन।  

तेस्रो संस्करणमा भने बिजेताहरुले नगद सहित दुबई भ्रमण गर्नपाउनेछन् । साथै अध्यनका निःशुल्क छात्रवृति, निःशुल्क बेसिक एण्ड मेकअप कोर्ष, म्युजिक भिडियोमा अवसर पाउने चौधरीले बताए ।

विराटनगर भाद्र ११ गते | रातो तारा डट कम,आरोहण गुरुकुल विराटनगरमा दोस्रो पटक ‘खरानीको डोरी’ नामक नाटक मञ्चन हुने भएको छ ।

 विराट आदर्श साहित्य मञ्चको आयोजनामा भदौ १२ गते आइतबारबाट नाटक मञ्चन हुने भएको हो । प्रसिद्ध लोक लयमा आधारित उक्त नाटक आइतबार ४ः३० बजेबाट मञ्चन हुने मञ्चका अध्यक्ष कटवाल दीपकले जानकारी दिए ।

 विराट आदर्श आहित्य मञ्चकै आयोजनामा उक्त नाटक गत पुसमा पनि गुरुकुलमा मञ्चन भएको थियो । पुनः ‘खरानीको डोरी’ को माग आएकाले प्रस्तुत गर्न लागिएको उनले बताए ।

 उनले भने, ‘त्यतिखेर पनि धेरैले नाटक रुचाउनु भएको थियो । फेरी पनि विभिन्न संघसस्था र ब्यक्तिहरूले यहि नाटकको प्रस्ताब गर्नुभयो । त्यसैले यहि नाटक लिएर आएका हौँ ।’

अन्याय, अत्याचार र सामन्तवादको अन्त्य हुनुपर्छ भन्ने कुरालाई नाटकमा चित्रण गरिएको उनले बताए ।

 नाटकको नाट्य रूपान्तरण कटवाल दीपकले गरेका हुन् भने यसको निर्देशन प्रवेश तिम्सिनाले गरेका छन् ।

 नाटकमा दीपेश पोखरेल, सुवेक्षा विष्ट, तिर्थराज विश्वकर्मा, निष्चल कठायत, शान्तीराम राई, दीपेन्द्र राई, विकेश बस्नेत, अच्युत गिरी, रामचन्द्र मेहता, अस्विना दाहाल र विराज पौडेलको अभिनय रहेको छ ।

 नाटक भदौ २० गतेसम्म मञ्चन हुनेछ । विदाको दिन बाहेक हरेक दिन १०ः३० र १ः३० मा नाटक मञ्चन हुनेछ । विदाको दिन भने ५ बजे नाटक मञ्चन हुने छ ।

 यसअघि मञ्चले ‘मुनामदन’, ‘छिँडीभरिको आकाश’ लगायतका नाटक सफतापूर्वक मञ्चन गरिसकेको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.