Websoft University
Latest Post


युवराज ठकुरी/सिंहदेवी,मोरङ पुस १० गते । रातो तारा डट कम,केराबारी गाउँपालिका-२,सिंहदेवी मोरङमा केही दिन देखि  चितुवाको आतंक बढेको छ।

चितुवाको आक्रमणबाट साविक सिंहदेवी-३मोरङका त्रीप्रसाद लिम्बूको ५वटा बाख्रा,सिंहदेवी-२चिसापानीका डम्बरबहादुर लावतीको ४वटा,सिंहदेवी-१का नैनसिंह राईको ४वटा,तथीलप्रसाद राईको ३वटा र सिंहदेवी-९का नरकुमारर ठकुरीको ४ गरि २०वटा बाख्राको मृत्यु भएको स्थानीय शिक्षक भीमबहादुर ठकुरीले बताए।

स्थानीय युवा बिजय खाण ठकुरीका अनुसार चितुवाले तीन देखि यता राती बाख्रालाई आक्रमण  गर्ने गरेको भए पनि अन्य मानवीय क्षति भने गरेको छैन।

चितुवाको आतंक बढेपछि सिंहदेवीबासी आतङ्कित बनेका छन।


काठमाडौ पुस १० गते । रातो तारा डट कम,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका नायब सुब्बा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई रु ३२ हजार घुससहित हिजो पक्राउ गरेको छ ।

आयोगका अनुसार साउदी अरेबियन सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस माग्दै गरेका बेला उनीहरुलाई आयोगको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका नायब सुब्बा पोडैल र खरिदार पोख्रेलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

(फाएलडफोटो)

काठमाडौँ,  पुस  १० गते । रातो तारा डट कम,
अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा १९औँ पोखरा सडक महोत्सव आयोजना गरिने भएको छ ।

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन ९रेबान० पोखराले यही पुस १३ गतेदेखि १७ गतेसम्म महोत्सव आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

स्वदेशी खानाका परिकारका साथमा सांस्कृतिक रहनसहनको प्रदर्शन तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न रेबान पोखराका अध्यक्ष चौबहादुर गुरुङको संयोजकत्वमा २२ सदस्यीय महोत्सव व्यवस्थापन मूल समिति तथा महोत्सव तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।

महोत्सव पोखराको मुख्य पर्यटकीयस्थल शहीद चोकदेखि खहरे डिहिकोपाटनसम्मको करिब साढे तीन किमी क्षेत्रमा आयोजना गरिने संयोजक गुरुङले बताउनुभयो । पोखराका रेस्टुरेन्ट व्यवसायीले सडकमै विभिन्न खानाका परिकार पस्कने हुँदा महोत्सवबाट समग्र पोखराको आर्थिक क्रियाकलापलाई टेवा पुग्ने उहाँको विश्वास छ ।

पत्रकार सम्मेलनमा बोर्ड पोखराका प्रमुख सूर्य थपलिया, रेबानका अध्यक्ष प्रमोदकुमार जैसवाललगायतले आन्तरिक तथा विदेशी पर्यटक आकर्षणका लागि महोत्सव उपयोगी हुने बताउनुभयो । महोत्सवको मुख्य आकर्षणका रुपमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, नेपालका सात प्रदेशका लोपोन्मुख सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिनेछ । त्यसैगरी भारत, चीन, जापान र दक्षिण कोरियाका सांस्कृतिक प्रदर्शनी समेत प्रदर्शन गरिनेछ ।

महोत्सवका क्रममा विभिन्न मनोरञ्जनात्मक खेलकुद, हस्तकला, वृत्तचित्र प्रदर्शनी, विभिन्न जिल्लाका उत्पादित कृषि जन्य पदार्थको प्रदर्शनी गरिनेछ । कार्यक्रमस्थलमा नेपाल मेडिसिटी अस्पतालका चिकित्सकबाट स्वास्थ्यसम्बन्धी जानकारी तथा मधुरोग जाँच निःशुल्क गरिनेछ । ख्यातिप्राप्त राष्ट्रिय कलाकारको लाइभ कन्सर्ट र लोक दोहोरी प्रस्तुति रहने बताइएको छ । महोत्सवको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड रहेको छ भने मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि रहेको छ । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.