Websoft University
Latest Post


बिराटनगर असार १३ गते । रातो तारा डट कम-स्थानीय तह दोस्रो चरणअन्तर्गतको निर्वाचनमा मतदान गर्न सर्वसाधारण जनता आतुर छन् । सर्वसाधारण जनता मात्रै होइन, शीर्ष नेताहरु पनि भोलि विभिन्न मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दैछन् । केही शीर्ष नेताले भने पहिलो चरणमै मतदान गरिसकेका छन् कसैले भोलि मतदान गर्दै छन।

प्रधानमन्त्री शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिका–१, डडेल्धुराको असिग्राम उमावि मतदान केन्द्रबाट मतदान गर्दैछन् । देउवा केही दिनदेखि उतै व्यस्त छन् ।

सभामुख ओनसरी घर्तीले लिवाङ–७ रोल्पाबाट भोट हाल्दैछिन् । बालोदय माध्यमिक विद्यालयबाट घर्तीले मतदान गर्ने केन्द्र हो । उपराष्ट्रपति नन्दबहादुर पुन खोलीगाउँपालिका–२ रोल्पाबाट मतदान गर्दैछन् ।

एमाले वरिष्ठ नेता झलनाथ खनालले इलामबाट भोट हाल्दैछन्। खनालको मतदान केन्द्र सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमाविमा रहेको छ भने उपप्रधानमन्त्री बिजय गच्छदारले सुनसरी बाट मतदान गर्दैछन।

कृष्ण सिटौलाले झापाको भद्रपुर–१० स्थित कबलगुडी प्राविबाट मत हाल्दैछन् भने एमाले उपाध्यक्ष वामदेव गौतमले बर्दियाको बाँसुगढी–८ को त्रिभुवन उमाविबाट मत हाल्दैछन् ।

एमाले नेता सुवास नेम्बाङले इलाम र उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले रोल्पाको लिवाङ नगरपालिका–१ बाट मताधिकार प्रयोग गर्दैछन् । नयाँ पत्रिकाबाट



बिराटनगर असार १३ गते । रातो तारा डट कम-इन्टरनेट जाएन्ट गुगलले विश्वका सबैभन्दा सुरक्षित स्मार्टफोन तथा डिभाइसहरुको सूची तयार पारेको छ । जसमा १ सय वटा स्मार्टफोन लगायतका डिभाइस रहेका छन् । गुगलका अनुसार सूचीमा सामेल एन्ड्रोइड स्मार्टफोनहरु अन्य फोनको तुलनामा सुरक्षित छन् ।

एन्ड्रोइड निर्माता गुगलका अनुसार, जुन स्मार्टफोनलाई गुगलले सुरक्षित स्मार्टफोनको सूचीमा राखेको छ । ती स्मार्टफोन कम्पनीसँग गुगल निरन्तर कुराकानीमा रहने गरेको छ । साथै स्मार्टफोन कम्पनीसँग मिलेर गुगलले लगातार नयाँ सेक्योरिटी अपडेट दिइरहेको छ । तर यो गुगलको आफनो साइडको कमर्सियल बिज्ञापन हो फोन उपभोक्ताले भनेका छन।

गुगलका अनुसार ऊ यी सबै स्मार्टफोनमा ९० दिनभित्रमा नयाँ सेक्योरिटी अपडेट गराइरहेको छ । साथै सेक्योरिटीसँग सम्बन्धित समस्या समाधानमा पनि गुगलले काम गरिरहेको
छ ।

त्यस्ता सेक्योरिटी अपडेटका कारण ती स्मार्टफोनमा खतरनाक साइब हमला हुन पाएको छैन ।
गुगलले दुनियाका सुरक्षित भनेका स्मार्टफोनहरुमा गुगल, सामसुङ, जिओनी, एलजी, मोटोरोला, सोनी, विबो, ओप्पो, तथा ब्लाकबेरीलगायत छन् ।

यी कम्पनीका कतिपय मोडेलका स्मार्टफोनहरु पूर्णतः सुरक्षित रहेको गुगलको भनाइ छ । अनलाइन बाट



काठमाडौं, असार १३ गते । रातो तारा डट कम,हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल सरकारले लक्की ड्रबाट घोषणा गरेको १५ सय भाग्यशाली ट्याक्सी नम्बर विजेताका लागि विशेष अफर ल्याएको छ ।

हुण्डाई इओन गाडीको खरीदमा एक जना ग्राहकलाई शतप्रतिशत रकम फिर्ता योजना घोषणा गरेको हो । ट्यक्सी किन्ने भूकम्पपीडित मध्येबाट एक जना भाग्यशाली ठहरिनेछन्।

सर्वाधिक लोकप्रिय सवारी भएको यो ट्याक्सीको रुपमा हुण्डाईको को ह्याचब्याक सेगमेन्ट अन्तरगत पर्दछ । शतप्रतिशत रकम फिर्ताको साथसाथै इओन ट्याक्सी को खरिदमा आकर्षक नगद छुट, १ वर्ष सम्म निःशुल्क सर्भिसिङ, १ वर्ष वारेन्टी, वित्तिय तथा विमा सुविधाका साथसाथै सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरिदिनेछ ।

बलियो तथा सुरक्षित सवारीस साधन, उच्च माइलेज, आरामदायी सिट तथा भित्री बनावट, पावर स्टेरिङ, १३ इन्च ठूलो चक्का, थोरै मर्मत खर्च, उच्च ग्राउण्ड क्लियरियन्स, धेरै भण्डारण क्षमता लगायतले यसलाई यात्रीहरुमाझ अझ लोकप्रिय बनाएको छ ।

भूकम्पपीडितहरुको सहयोगमा नेपाल सरकारले चालेको कदममा हुन्डाईले यो योजना मार्फत योगदान दिने प्रयास गरेको र यसलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने कम्पनीले जनाएको छ । अनलाइन बाट

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.