Websoft University
Latest Post


बिराटनगर २०८२ जेष्ठ २१ गते | बुधबार मोरङ उद्योग व्यापार संघले आ।व। २०८२र०८३ को बजेटमा परिवर्तित कर तथा राजस्वसँग सम्बन्धित विषयकमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । 

संघका अध्यक्ष अनुपम राठीको अध्यक्षतामा आयोजित कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, विराटनगरका प्रमुख कर अधिकृत श्री भुपालराज शाक्य, अधिकृत श्री गजधार खतिवडा, अधिकृत विशाल काफ्ले त्यसैगरी यस संघका राजस्व सल्लाहकार चार्टर्ड एकाउन्टेन्ट श्री अश्विनी बंशल, चार्टर्ड एकाउन्टेन्टहरु श्री तिर्थ यादव, श्री काशी कुमार साह, श्री मनोज अधिकारी, श्री युवराज उप्रेती, संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, युवा र महिला उद्यम समिति संयोजक तथा सदस्यहरु लगायत विभिन्न संघरसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरु, विभिन्न उद्योग व्यवसायीका संचालक एवम् प्रतिनिधिहरु, संचारकर्मीहरु उपस्थिति रहेको सो कार्यक्रममा आ।व। २०८२र०८३ को बजेटमा रहेका कर सम्बन्धी जिज्ञासाहरुलाई आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत, अधिकृत एवम् चार्टर्ड एकान्उटेनबाट विभिन्न उद्योगी व्यवसायीहरुबाट उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्नुभएको थियो ।



विराटनगर जेठ  १८ गते । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यहि जेठ २२ र २३ हुने १४ वर्ष मुनिको राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि कोशी प्रदेशबाट ६ जना खेलाडी छनौट भएका छन् । 

विराटनगर–५ स्थित एभरेष्ट स्कुलका विद्यार्थीहरु कृपा पोखरेल र सक्षम बस्नेत सहित श्रीश्री रबिशंकर स्कुलकी स्वस्तिका चौधरी छनौट हुनुभएको हो । सुनसरीको इटहरी रंगशालामा भएको छनौट प्रतियोगिताबाट सुनसरीका धरानका गौतम तामाङ र श्रेया सुवेदी तथा इटहरी सुनसरी का कविर आचार्य समेत छनौट हुनुभएको छ । 

अखिल नेपाल टेबलटेनिस संघका केन्द्रीय उपाध्यक्ष अनुज बानियाँका अनुसार राष्ट्रिय प्रतियोगिताको ब्याईज सिंगल्स तर्फ सक्षम, गौतम र कविरले कोशी प्रदेशको प्रतिनिधित्व गर्दै खेल्नुहुनेछ भने गर्ल्स सिंगल्स तर्फ कृपा, स्वस्तिका र श्रेयाले खेल्नुहुने छ । काठमाडौंमा हुने प्रतियोगितामा सहभागि हुने खेलाडी छनौटका लागि परिषदले जिल्लामा जेठ १२ र प्रदेश स्तरीय छनौट जेठ १७ गते गर्न यस अघि नै पत्राचार गरेको थियो ।

 राष्ट्रिय प्रतियोगितामा दुई खेलाडी छनौट भएपछि एभरेष्ट स्कुलले खुसी ब्यक्त गरेको छ । विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले भन्नुभयो,‘विद्यार्थीको सर्वाङ्गिण विकासको लागि लगानीको प्रतिफलका रुपमा हामीले लिएका छौं । हरेक क्षेत्रमा हाम्रा विद्यार्थी अब्बल हुनुपर्छ भनेर नै हामीले सोहि अनुसारको वातावरण तयार गरेका छौं ।’  


कामाण्डेो जेठ  १८ गते | ( केके मानन्धर ) भक्तपुरको मध्यपुर थिमिस्थित पाचो धिमे खलःले तीन महिने धिमे बाजा प्रशिक्षण समापन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कला, संस्कृति तथा परम्परागत बाजा जगेर्ना र संरक्षण गर्ने उद्देश्यले धिमे बाजा प्रशिक्षण दिइएको आयोजकले दाबी गरेको छ ।

कार्यक्रममा संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका सांसद माननीय दुर्लभ थापाले धर्म, संस्कृति र कलालाई संरक्षण गर्ने अभियानमा जुटेका युवाहरुलाई आभार व्यक्त गर्दै आवश्यक ठाउँमा सहयोग गर्ने प्रतिबद्धता जनाए । मौलिकता जगेर्ना गर्दै यसतर्फ युवाहरूको आकर्षण अभिवृद्धि हुनु सुखद रहेको माननीय थापाको भनाई थियो । बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालय ललितपुर भैंसेपाटीको लागत साझेदारीमा खलःले सम्पन्न गरेको धिमे बाजा प्रशिक्षणमा ५३ जना युुवायुुवतीहरु प्रशिक्षित भएको कार्यक्रम संयोजक सुशन प्रजापतिले जनाउनुभयो ।

त्यस्तै, मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले नगर क्षेत्रको कला, संस्कृति, बाजागाजा संरक्षणको लागि नगरपालिकाले आवश्यक सहकार्य गर्ने बताए । धिमे बाजा, बांसुरी, नौ बाजा, म्वायलि लगायत लोपोन्मुक बाजा संरक्षण गर्नुपर्नेमा जोड दिंदै धिमे बाजा प्रशिक्षण कार्यक्रम आयोजकलाई धन्यवाद दिए ।

त्यस्तै, बागमती प्रदेश सरकारकी सांसद माननीय धनेश्वरी प्रजापतिले बाजागाजाको जगेर्ना गर्ने अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । नेवार संस्कृतिले नेपाललाई विश्वभर चिनाएको सन्दर्भ कोट्याउँदै उहाँले सांस्कृतिक समृद्धिको लागि राष्ट्रभक्तहरु एकीकृत हुनुपर्नेमा जोड दिनुुभयो ।

कार्यक्रममा मध्यपुरका जीवित सांस्कृतिक धरोहर श्री श्रीगोपाल प्रजापति लगायत ६ जना थिमि भैलःका गुरुहरु र पाँच जना बाजा गुरुहरुलाई सम्मान गरिएको थियो । औपचारिक बाजा प्रशिक्षण कार्यक्रममा ४ वर्षे बालकदेखि अधैवैंशे पुरुष र महिलाहरु पनि सहभागी हुनुभएको थियो ।

हुनपनि केही दसक अगाडिसम्म महिलालाई धिमे बाजाबाट औपचारिक रुपमा दिक्षित गर्न नहुने मान्यता थियो । महिनावारी भएकी महिलाको उपस्थितिले नाट्यश्वर आह्वान गरिने पूजाविधिमा बाधाविघ्न पैदा हुने बताइन्थ्यो । तर बदलिंदो परिस्थितिसँगै किसली पूजा गरी परम्परागत शैलीले दिइने प्रशिक्षणमा महिला सहभागिता बढ्दै गएको देखिन्छ ।

धिमे नृत्य तथा बाजा प्रस्तुति समेत गरिएको कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, भैलः नाचका गुरुहरु, संस्कृतिप्रेमी तथा स्थानियबासीहरुको उल्लेख्य सहभागिता थियो ।  

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.