Websoft University
Latest Post


बिराटनगर माघ १२ गते |   प्रहरी सेवाको सहज पहुँचमा नभएका, अल्पसंख्यक तथा जोखिममा रहेका वर्गलाई प्रहरीले दिने सेवालाई थप सुदृढ एवं प्रभावकारी बनाउने उदेश्य अनुरुप जिल्ला प्रहरी कार्यालय मोरङको हिजो आयोजना र इलाका प्रहरी कार्यालय रंगेली तथा मंगलबारे टोल विकास समितिको सहकार्यमा रंगेली नगरपालिका वडा नं। २ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा तालुक कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी ज्यूको प्रमुख आतिथ्यमा, मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, स्थानिय जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विद्यालयका शिक्षक र विद्यार्थी, संघ संस्थाका प्रतिनिधी, पत्रकार, भद्रभलादमी, वुद्दिजीवि, समाजसेवी र स्थानियवासीहरु गरी अं। २०० जनाको उपस्थितमा गोरधनदास कमलावती परोपकारी प्रतिष्‍ठान विराटनगरका अध्यक्ष एवं वरिष्ठ अद्योगपति, समाजसेवी जगदिश अग्रवाल ज्यूको सहयोगमा अल्पसंख्यक सामुदायका ७० घरधुरीलाई न्यानो कपडा ९कम्बल० वितरण गरी कार्यक्रम सम्पन्न भएको छ ।


बिराटनगर  हिसान खेल - पुरुष फुटबलमा सेन्टजोसेफ, रेड स्टार र  माघ ११ गते । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा सेन्टजोसेफ, रेड स्टार र ग्यालेक्सि, क्रिकेटमा ग्रिनल्याड र सेन्टजोसेफ तथा कवडीमा विराट क्याम्पस, मोडर्न एरा,ग्रिनल्याण्ड र शिक्षादिप कलेज विजयीभएका छन् ।


शुक्रबार भएको फुटबलको पहिलो खेलमा सेन्ट जोसेफ कलेजले मोडर्न एरालाई पेनाल्टीसुट आउटमा ३–२ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिम २–२ गोलको बराबरी खेले पछि खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको हो । खेलको प्लेयर अफ द म्याच सेन्ट जोसेफका अमर साह घोषित भए ।

दोस्रो खेलमा रेडस्टार कलेजले मेरिल्याण्ड कलेजलाई पेनाल्टीसुट आउटमा ५–४ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिम १–१ गोलको बराबरी खेले पछि खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको हो । खेलको प्लेयर अफ द म्याच रेडस्टारका विजय गुरुङ घोषित भए ।

तेस्रो खेलमा ग्यालेक्सि पब्लिक स्कुलले शिक्षादिप कलेजलाई पेनाल्टीसुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिम १–१ गोलको बराबरी खेले पछि खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको हो । खेलको प्लेयर अफ द म्याच ग्यालेक्सिका अपिल राई घोषित भए ।

विहिबारनै वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा दुई बर्षपछि हिसान खेलमा फर्किएको ग्रिनल्याण्ड कलेजले प्रतियोगिताको दावेदार अर्किड कलेजलाई १५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित १३ ओभरको खेलमा सवै विकेट गुमाई ७१ रन बनाएको थियो । ग्रिनल्याण्डका अमित चौधरीले सर्वाधिक ११ रन बनाए । अर्किडका नागेश्वर यादवले ३ विकेट लिए ।

जवाफमा ७२ रनको चुनौती पाएको अर्किडले निर्धारित पुरै ओभर खेल्दै ९ विकेट गुमाई ५६ रनमा सिमित भयो । अर्किडका रन्धिर कामतले १६ रनको योगदान दिए । ग्रिनल्याडका फैजल अन्सारी ४ विकेट लिए । उनी खेलको प्लेयर अफ म्याच भए ।

दोस्रो खेलमा सेन्ट जोसेफ कलेजले ग्यालेक्सि पब्लिक स्कुललाई वाक ओभरमा पराजित गरेको छ । खेल शुरु हुने समयमा ग्यालेक्सिका खेलाडीहरुको डकुमेन्ट ल्याउन नसकेको कारणले सेन्ट जोसेफ कलेज विजयी भएको एम्पायरले घोषणा गरे ।

विहिबार भएको कवडीको पहिलो खेलमा विराट क्याम्पसले नेशनल एकाडेमीलाई ५१–४ को स्कोरले पराजित गरेको छ ।

दोस्रो खेलमा मोडर्न एरा स्कुलले विकेभिएम स्कुललाई ६४–२३ को स्कोरले पराजित गरेको छ ।

तेस्रो खेलमा ग्रिनल्याण्ड कलेजले अरनिको कलेजलाई ३७–२९ को स्कोरले पराजित गरेको छ ।

चौथो खेलमा शिक्षदिप कलेजले शिक्षा सन्देश कलेजलाई वाक ओभरमा पराजित गरेको छ । समयमा शिक्षा सन्देश मैदान प्रवेश नगरेपछि खेल शिक्षादिप वाक ओभरमा विजयी भएको हो ।


झापा, माघ ११ गते ।सुरेन्द्र भण्डारी- बिर्तामोडमा पहिलो पटक माघ १७ गतेबाट २१ गतेसम्म आयोजना गरिएको  पाँच दिवसीय धार्मिक अनुष्ठान सफल बनाउन बिभिन्न ४८ वटा संघ संस्थाले सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले धार्मिक अनुष्ठानलाई सफल बनाउन आ– आफ्नो ठाउँबाट सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरेका हुन्। 


बिर्तामोड ५ अग्रसेन भवन नजिक बालाजी टोलमा गायत्री माताको मन्दिर उद्घाटन र माताको प्राण प्रतिष्ठा गर्न धार्मिक अनुष्ठान आयोजना गरिएको हो । जसका लागि गायत्री मन्दिर सेवा समितिले अनुष्ठान सफल बनाउन यहाँका विभिन्न ४८ वटा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिसंग परामर्श सहित सम्वाद गरेको छ। 

अनुष्ठानको उद्घाटन, मन्दिरको शिलन्यास र माताको प्राण प्रतिष्ठाका लागि सभामुख देवराज घिमिरे, कोशी प्रदेशका सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको समेत उपस्थिति रहने भएकाले सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालय झापा र सुरक्षा निकायका प्रमुखसंग समेत छलफल गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी , सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई सहितको उपस्थितिमा मन्दिर परिसरमा सुरक्षा संवेदनसिलताका विषयमा छलफल भएको हो ।
 
प्रदेश सरकार, स्थानीय तह बिर्तामोड नगरपालिका र स्थानीय दानवीर दाताको सहयोगमा दुई करोड ५० लाख रुपैयाँ लगानी गर्दै नगरमा नै पहिलो र झापामा चौथो गायत्री माताको मन्दिर निर्माण भएसंगै उद्घटनका लागि गायत्री मन्दिर सेवा समितिले धार्मिक अनुष्ठानको आयोजना गरेको हो । 

२०८० साल जेठ १७ गतेबाट  निर्माण प्रारम्भ भएको माताको मन्दिर १० घुर जमिनमा निर्माण गरिएको छ । पाँच धुर जमिन दाताले प्रदान गरेको र पाँचधुर जमिन समितिले खरिद गर्दै मन्दिर निर्माणको काम सम्पन्न गरिएको कार्यक्रम संयोजक रौनक वंशलले जानकारी दिए ।
 
गायत्री माताको मन्दिर निर्माण सम्पन्न भएसंगै माघ १७ गते प्रतिनिधि सभा नेपालका सभामुख  देवराज घिमिरले पाँच दिवसीय अनुष्ठानको उद्घाटन गर्ने र माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य विशेष प्रवचन हुने र माघ २१ गते माताको प्राण प्रतिष्ठा मुख्यमन्त्री कार्कीले गर्ने कार्यक्रम रहेको वंशलले जानकारी दिए । 

माघ २१ गतेसम्म पाँच दिन सञ्चालन हुने अनुष्ठानमा दैनिक भजन कीर्तन तथा महाप्रसाद बितरण गरिने कार्यक्रम तय भएको र  दैनिक भजन कीर्तनका लागि नेपाल तथा  भारतका चर्चित भजन गायक तथा कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहने बताइएको छ । भजन कीर्तनका लागि कृष्ण भण्डारी,आयुष शर्मा,साहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुने वंशलले जानकारी दिए । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.