Websoft University
Latest Post


श्याम राई, उदयपुर   गाईघाट, १५ असोज | रातो तारा डट कम,त्रियुगा नगरपालिका–१२ त्रिवेणी टोलमा पसलगरि बस्ने राजन राईलाई हामी सिआईडी प्रहरी हु भन्दै धम्काएर नगद २० हजार एक थान मोवाईल र मुक्तिनाथ बैंकको चेकमा ५० हजार लेख्न लगाएर लुटपात गरि मोटरसाईकलमा फरार उदयपुरको रौतामाई गाउँपालिका–७ बस्ने २३ वर्षिय दिलिप भन्ने दिपेश मगर र त्रियुगा नगरपालिका–१२ का ३३ वर्षिय संतोष चौधरी शनीबार पक्राऊ परेको प्रहरीले जनाएको छ ।

शुक्रबार राती भएको उक्त घटनापछि विशेष टोली बनाएर उनीहरुलाई रौतामाई गाउँपालिका–७ मुर्कुचीबाट पक्राऊ गरिएको एसपी ज्ञानेन्द्र फूयालले बताए ।

प्रहरीले उनीहरुको साथबाट स ३ प.९१५५ नम्बरको मोटरसाईकल, केही नगद र चेक बरामद गरेको छ । उनीहरु विरुद्ध अदालतबाट अपराधिक लाभ लिन नहुने मुद्दामा जरुरी पक्राऊ पूर्जिको अनुमती लिई थप अनुसन्धान भैरहेको एस.पी. फूयालले बताए ।

 

 


 

 

 


दमक ,असोज १५ गते | रातो तारा डट कम,मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमाले पार्टीलाई जिताउन राष्ट्रिय युवा संघ नेपालले आज दमकमा निर्वाचन प्रचार प्रसार समिति घोषण गरेको छ ।

युवा संघ नेपाल संघीय तथा प्रदेश क्षेत्रीय समन्वय कमिटी क्षेत्र न.५ झापाले आयोजना गरेको  वडादशैं, तिहार, छठ,नेपाल सम्वत्को शुभकामना आदान प्रदान र समिति घोषण कार्यक्रममा ५१९ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति क्षेत्र न.५ घोषण गरिएको हो । 

डेन्जोङ शेर्पाको संयोजकत्वमा संघीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ । निर्वाचन समितिको सचिवमा दिप सुन्दर श्रेष्ठ सदस्यहरु खेम सापकोटा, रिना राई , प्रविण पुलामी ,अनुषा न्यौपाने , भाानु सुब्बा ,जोसना राजवंशी बाबु लाल गिरी , बुल सुब्बा र एकता पोखरेल लगायत चयन भएका छन् । यसै गरी सोही कार्यक्रममा दिपक खड्काको संयोजकत्वमा ४७५ सदस्यीय  निर्वाचन प्रचार प्रसार समिति क्षेत्र नं५ ख झापा गठन गरेको छ । 

निर्वाचन  प्रचार समिति सदस्यहरुमा विवेक भटराई , डिके बेघा, सुरज श्रेष्ठ ,मनिषा ओडारी,मिलन धिमाल ,अमित धिमाल , खुशी श्रेष्ठ , पुष्पा घिमिरे , किरण नेपाली ,विशाल राई र मोहम्मद हैदर अलि लगायत रहेको संयोजक खड्काले जानकारी दिनु भयो । युवा संघको पूर्व जिल्ला झापा अध्यक्ष शम्भु भण्डारीको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन अनुगमन समिति चयन गरेको छ । 

अनुगमन समितिको सहसंयोजकहरु सुरज साँवा लिम्वू र जमुना निरौला रहेका छन् । सदस्यहरुमा तारा गुरागाई , दिनेश सुवेदी , नविन वराल , राम पौडेल र भीम चौलागाई लगायत रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि युवा संघको स्यायी कमिटी सदस्य तथा १ न. प्रदेश संयोजक अनिता कन्दङवाले आउदो निर्वाचनमा पाको उमेर  भए पनि  उसमा भएको युवा जोस जागर र अध्ययनशीलता छ छैन भन्ने कुरालाई बुझेर केपी शर्मा ओलीलाई  मतदान गर्न आवश्यक रहेको बताउनु भयो । 

एमालेले भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको पार्टी अध्यक्ष ओली सहितका सुर्यध्वजा वाहक उम्मेद्धवारलाई जिताउन युवाहरु जागरुक भएर अभियानका साथ गाउँ गाउँमा पुग्ने स्यायी कमिटी सदस्य कन्दङवाले युवाहरुलाई निर्देशन दिनु भयो । अभियानको अन्त र थकाई मंसिर ४ गते पछि मात्र गर्न पनि उहाँले सबै युवालाई अनुरोध गर्नु भयो । एमाले केन्द्रीय सदस्य रोमनाथ ओली ,जिल्ला अध्यक्ष दिपक कार्की ,क्षेत्रीय सदस्य विपिन ओझा लगायतले मुलुकको नेतृत्व गर्ने भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिएका केपीओली लगायतलाई जिताउन सबै क्षेत्रतहवाट अहम भूमिका खेल्नु पर्नेमा जोड् दिनु भएको थियो ।


विराटनगर असोज १४ गते । विराटनगर–९ कलेज रोडमा रहेको विराट मोडेल कलेज नयाँ व्यवस्थापनबाट सञ्चालन भएको छ ।

 विराटनगरमा विभिन्न शैक्षिक संस्थाहरुमा आवद्ध रहेका ९ जनाले विराट मोडेल कलेज लिएका हुन् । नयाँ व्यवस्थानले केही समय अगाडी कलेज लिएर आज पुराने संसथामा रहेकाले कलेजको कागतदात हस्तान्तर गरेको कलेज व्यवस्थापन समितिका अध्यक्ष भवानी शंकर भट्टराईले जानकारी गराए । उनका अनुसार कलेजले विविएस र विएड मात्र पढाइ भएकोमा अव अरु विषय पनि सञ्चालनमा ल्याउँने बताए ।

 नयाँ व्यस्थाप आएसँगै कलेजको क्याम्पस प्रमुखमा सागर श्रेष्ठलाई जिम्मेवारी सुम्पिएको कलेजले जनाएको छ । कलेजमा अध्यक्ष भट्टराईसहित सागर श्रेष्ठ,जे अधिकारी , टिएम मण्डल, प्रदिप दास, सँतोष भगत, रोशन राजवंशी, रमेश पाण्डे र राकेश पोखरेलले लगानी गरेको कलेजले जनाएको छ ।

 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.