Websoft University
Latest Post


सुनसरी दुहबी, भाद्र १६ गते । रातो तारा डट कम,सुनसरी दुहबी-१२ बुगडरी मुस्लिम टोल बस्ने २७ बर्षीया गुलेसा खातुनको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो सवा १२ बजे आफ्नै घरमा लुगा सुकाई रहेको अवस्थामा अचानक मिटरको तार सर्ट भई करेन्ट लागेर बेहोस भएकी खातुनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गाईघाट १६ भदौ । रातो तारा डट कम,सप्तकोशीमा वेपत्ता युवक को अझै शव भेटिएको छैन । उदयपुरको वेलका नगरपालीका ९ का २१ वर्षिय श्रीओम कुमार राई सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साझ ५ वजे वेपत्ता भएका थिए । उदयपुर र सुनसरी जिल्ला को सिमा स्थीत सप्तकोशीको पुर्वि  भङगालो मा अर्का एक जना साथी संगै गएका राई पौडी खेल्दै गर्दा वेपत्ता भएको वेलका  नगरपालीका कर्मचारी गोपाल निरौलाले बताए । राई को खोजीमा नगरपालीका को समन्वयमा स्थानीय वासीन्दा लाई परिचालन गरी खोजी कार्य भैरहेको उनले बताए । 

बिराटनगर । रातो तारा डट कम, ट्याक्टरमा लोड गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले हिजो साँझ विराटनगरबाट ठूलो परिमाणको गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बलको रानी विराटनगरस्थित बोर्ड आउट पोस्टले १ सय ४६ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो।

को २ त ६०५७ नम्बरको ट्याक्टरमा लैजाँदै गरेको गाँजासहित सुनसरीको गढी गाउँपालिका–३ का ३४ वर्षीय चालक सुरेशकुमार मेहतलाई पनि सशस्त्रले नियन्त्रणमा लिएको छ। धरान, इटहरी र दुहवी हुँदै विराटनगर भित्र्याइएको गाँजा नियन्त्रणमा लिन परिचालित भएको प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको हो ।

विराटनगर–१७ आईसीपी जाने सडकबाट ट्याक्टर, चालक र ठूलो परिणामको गाँजा बरामद भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिनुभयो । प्लाष्टिकमा प्याक गर्दै ट्याक्टरको पछाडिको ट्रलीमा ‘फल्स बटन’ बनाएर लुकाएको अवस्थामा गाँजा बरामद भएको हो ।

सशस्त्र प्रहरीले यति धेरै परिणाममा गाँजा बरामद गरेको प्रदेशकै पहिलो घटना भएको जनाएको छ। पक्राउ परेका चालक मेहताले भने आफूले विराटनगरको शनिमन्दिरबाट ट्याक्टर ‘रिसिभ’ गरेको बताएका छन्। उनले गाँजा कसको र कहाँ लैजानु पर्ने भन्ने नखुलाएको सशस्त्रले जनाएको छ।

ट्याक्टरलाई विराटनगर–१८ भेडियारी पुर्‍याएबापत १० हजार दिने सर्त रहेको चालकको भनाइ छ । धनकुटामा अवैध रुपमा उत्पादन हुँदै आएको गाँजा निषेधाज्ञाको समयमा चलाखपूर्ण हिसाबले भारत कटाउन खोजिएको सशस्त्रको भनाइ छ।

सशस्त्रले ट्याक्टरसहित चालकलाई सोमबार राति आवश्यक कारबाही अघि बढाउन इलाका प्रहरी प्रहरी कार्यालय रानीको जिम्मा लगाएको छ। रानीका प्रहरी निरीक्षक दीपक थापाले चालकविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइने जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धानबाट गाँजा लोड गरेको ट्याक्टर विराटनगरसम्म अर्कैले ल्याएकोदेखिएकोप्रहरीलेजनाएकोछ ।

नेपालमा प्रतिकिलोग्राम १० हजार रुपैयाँमा गाँजाको किनबेच हुने प्रहरीको भनाइ छ। त्यसैलाई भारत पुर्‍याउँदा प्रतिकिलो २० हजारभन्दा बढी पर्ने भएकाले नेपालमा उत्पादित गाँजा अवैध रुपमा सुरक्षाकर्मीलाई छल्दै सीमा कटाउने गरिएकोछ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.