Websoft University
Latest Post



फियल फोटो,
काठमाण्डौ चैत १४ गते । रातो तारा डट कम,लालीगुराँस नगरपालिका केन्द्र बसन्तपुरबाट ३ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर क्वारेनटाईनमा राखिएको छ । भारतको पश्चिम वंगालबाट कांकडभिट्टा नाका हुदै तेह्रथुमको बसन्तपुर आईपुगेका उनीहरु मध्ये एक जनालाई रुघा खोकीसहित उच्च ज्वरो देखा परेपछि नियन्त्रणमा लिएर क्वारेनटाईनमा राखीएको लालीगुराँस नगरपालिका स्वास्थ्य शाखाले जनाएकोछ । 



काठमाण्डौ चैत १४ गते । रातो तारा डट कम,अब खान पकाउने एलपी ग्यासको सिलिण्डर आधा मात्र वितरण गरिने भएको छ । नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भरेर बजारमा पठाउन ग्यास उद्योगलाई निर्देशन दिएको छ । मागअनुसार ग्यास पु¥याउन नसकिने अवस्था आएपछि आधा सिलिण्डर मात्रै ग्यास बेच्ने निर्णयमा निगम पुगेको हो । आयल निगमले गयराति नै सिलिन्डरमा आधा परिमाण मात्रै ग्यास भर्न निर्देशन दिएको एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले सीआइएनसँग बताउनुभयो । सुरुमा ग्यास आपूर्ति भएको तर उपभोत्ताले धेरै सञ्चय गरेको तर्क गर्दै आएको सरकारले लकडाउन सुरु भइसकेपछि भने आधा सिलिण्डर गर्ने नीति लिएको छ । हाल एक सिलिन्डरमा १४ दशमलव दुइ किलोग्राम ग्यास हुन्छ । तर अब सिलिन्डरमा सात दशमलव एक किलो ग्राम मात्रै ग्यास हुनेछ ।



काठमाण्डौ चैत १४ गते । रातो तारा डट कम,कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले आग्रह गरेकोछ । कोरोना सङ्क्रमित विरामीसँग पहिलो पटक स्वास्थ्यकर्मीले नै भेट गर्नुपर्ने भएकाले उनीहरूलाई आवश्यक सुरक्षात्मक उपकरण दिनुपर्ने एमनेस्टीले भनेको हो । अफगानिस्तान, बंगलादेश, भारत, नेपाल र पाकिस्तानका स्वास्थ्यकर्मीले आफूहरुका लागि सुरक्षा प्रदान गर्ने उपकरणको अभाव भएको भन्दै चिन्ता व्यक्त गरिरहेको एमनेस्टीले विज्ञप्तीमा उल्लेख गरेको छ । एमनेस्टीले दैनिक रुपमा कमाएर खाने वर्गका लागि प्याकेज ल्याउन सुझाव दिएको छ । सडकमा बिभिन्न सामग्रीका विक्रेता, सरसफाइ कामदार, चालक, निर्माणकर्मी, सफा गर्ने, चिया रोप्ने कामदार, भरियालगायत लकडाउनका कारण समस्यामा परेको उसको भनाइ छ । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.