Websoft University
Latest Post


काठमाण्डौ पुस १३ गते । रातो तारा डट कम, तुलसीपुर दाङका लीला बहादुर टमाटाले तामाको भाडा बनाएर मासिक चार लाख आम्दानी गरिरहनुभएको छ । टमाटाको पुख्र्यौली आरनले नयाँ रुप पाएको छ । 

टमाटाको आरनमा कृषि औजार, तामाका विभिन्न भाँडाकुँडा बनाईन्छ । नेपालगञ्जबाट काँचो तामा ल्याएर तामाका गाग्री, ताउलो, दमाह, माना पाथी, भोकर, अम्खोरा, दियो, लगायत सामग्री टमाटाले बनाउने गरिएको टमाटाले बताउनुभयो । प्रतिकिलो १ हजार ३० रुपैयाँका दरले तामा खरिद गर्ने टमाटा  सामान बनाएर प्रतिकलो १ हजार २ सय ५० रुपैयाँको दरले बेच्नेगर्नुहुन्छ ।  

टमाटाको आरनमा बनेका भाँडाकुँडा स्थानीय बजार खलंगा, बिजुवार बाग्दुला, भिंग्रीका साथै छिमेकी जिल्ला दाङ र रोल्पासम्म विक्रि हुने गरेको छ । तामाका भाँडा बनाउने आरनलाई आधुनिक र व्यवसायिक बनाउन सके सयौंको सङ्ख्यामा रोजगारीको अवसर सृजना हुन सक्ने देखिएको छ  । त्यसका लागि स्थानीय सरकारले विशेष योजना बनाउनुपर्ने टमाटाको भनाई छ । 



काठमाण्डौ पुस १३ गते । रातो तारा डट कम,बक्यौता रकम माग गर्दै उखु किसानहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । उनीहरुले आज  माइतीघर मण्डलामा धर्ना दिएका छन् । उखु किसानका अगुवा हरेश्याम रायले बक्यौता रकम नपाउँदा सम्म काठमाण्डौंबाट नफर्किने बताउनुभयो । सरकारले ५ सय ३६ रुपैयाँ प्रतिक्वीन्टल उँखुको मूल्य तोकिदिए पनि चिनी मिलहरुले बिभिन्न शीर्षकमा काटेर ४ सय ३५ रुपैयाँ प्रतिकिलोको मात्रै चिट दिने गरेका छन् । उखु किसानहरुले २०७० देखिकै रकम चिनी मिलहरुले नदिएको बताउँछन् । उखु किसानका अगुवा रायका अनुसार हालसम्म ५० करोड बक्यौता रकम छ । महालक्ष्मी सुगर मिल्समा मात्रै साढे २१ करोड बक्यौता रहेको उहाँको भनाइ छ । 



काठमाण्डौ पुस १३ गते । रातो तारा डट कम,नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दानको घोषणा गर्नुभएको छ । हिजो  तिलगंगा आँखा अस्पतालमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जली–सभामा उहाँले आँखा दान गर्ने प्रतिबद्धता जनाउनुभएको हो । 

कार्यक्रममा ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादवले ट्रमा सेन्टरमा ब्रेनडेथ भएका धेरै बिरामी आउने गरेको बताउँदै विभिन्न अंग दान दिएका अरु व्यक्तिले नयाँ जीवन पाउन सक्ने भएकाले दान गर्नुपर्ने आग्रह गर्नुभएको छ । सात वटै प्रदेशमा डोनेसन सेन्टर बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा नेपाल आँखा बैँकको अक्षय कोषस्थापना गरिएको थियो । जसमा विभिन्न व्यक्तिले सहयोग गरेका थिए । 

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले अहिले धेरै मानिसमा देखिएको आँखा दानप्रतिको सकारात्मक सोचको कारणले आँखाको नानी प्रत्यारोपण गरी पुनःदृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर हुँदै गएको बताउनुभयो । 

त्यस्तै नेपाल आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वायनाले नेपालमा आँखा दान गर्न र गराउनका लागि जनमानसलाई सु–सूचित गर्ने उद्देश्यले नेपाल आँखा दान समाज स्थापना भएको बताउँदै सबैलाई आँखा दान गर्न आग्रह गर्नुभयो । मृत्युपश्चात् आँखा दान गरिदिने हो भने दुईभन्दा बढी दृष्टिविहीनले पुनः देख्न पाउँ
छन् । 

नेपाल आँखा बैंकमा अहिलेसम्म ७५ हजारभन्दा बढी दाताले मरणोपरान्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् भने झण्डै १५ हजार जनाले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेका छन् ।


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.