Websoft University
Latest Post



काठमान्डाै जेष्ठ १८ गते । रातो तारा डट कम,
 मौलिक लोकदोहोरीको क्षेत्रमा  बियोगान्त लोकदोहोरीलाई बजारमा ल्याएर सर्वाधिक रोजाइमा रहेका गायक पुष्कल शर्माको अभिनयमा ‘पिडाको राजधानी’ सार्वजनिक भएको छ । मन्दीर म्युजिक कम्पनीको प्रस्तुतिमा गायक गणेश अधिकारी र विष्णु माझीले स्वरबद्ध गरेको गीतमा वियोगान्त पिडालाई समेटिएको छ ।
  
नलाउ झुठो पिरती ३ मा संग्रहित गरिएको गीतमा सुनिल केसीको शब्द तथा संगीत गणेश अधिकारीको रहेको छ ।मौलिक लोक लयमा आधारित रहेर तयार पारिएको हुनाले आम दर्शक तथा स्रोताले अधिक मात्रामा मन पराउने अपेक्षा गायक तथा मोडल पुष्कल शर्माले लिएका छन । 

अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । गीतको भिडियोमा पुस्कल शर्मा र अनु श्रेष्ठको अभिनयलाई देख्न सकिन्छ । भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन । 
हेर्नुहोस भिडियो 


बिराटनगर जेठ १८ गते । रातो तारा डट कम, बिराटनगर महानगरपालिका का तर्फबाट रानी कर चोैकीमा खटिएका
ख्याम तिम्सिनाले पत्रकार सम्मेलन गरेर आफुलाई कर असुलीमा अनियमितता गर्यो भन्ने आरोपको खण्ड गरेका छन।

अहिले जनप्रतिनिधि नभएको बेला भन्दा आज भोलि महानगरमा अनियमितता बढेको हो कि भन्ने नगरवासिले
महसुस गर्न थालेका छन।

कर चोैकीबाट काटिने रसिद ग्राहकलाई दिने रसिदमा बेग्लै अक र असुली गर्ने कपिमा बेग्लै अंक लेख्ने चलन पुरानो नै हो।

यहीँ कुरालाई उल्लेख गरेर स्थानीय पत्रकाले समचार बनाएको बारेमा खण्ड गर्दै आरोप  गलत भएको ख्याम तिम्सिनाले जानकारी गराएका छन।

महानगरको बाटो बाट भित्रीने करिब ३० नेपाली र भारतीय
लगानीका कम्पनीले हजारौं भारवान गाडीले मुद्दाको बहाना गरेर कर नगरलाई तिर्दैनन्।

भारतीय ट्रक रू १०, कारहरू दैनिक ७५ टेकटर १००,
६ चक्के गाडी  १२५, त्योभन्दा ठुुुुलो १५०, र १२ चक्का
माथिका सबैलाई २०० कर लिने गरेकोछ। तर ठेेेेकेदारले
मिलेमतोमा जस्तो २०० वालालाइ ५०० जस्तो किसिम बाट
दिने मात्र रसिदमा लेखेर दिने तर रेकर्डमा नलेख्ने गरेको पाइए पछि यो बिबाद बाहिर आएको हो।

जनप्रतिनिधि भए पनि नगरमा बाटो पानी नाला बती सार्वजनिक सम्पत्ति सरक्षणमा कमी स्वास्थ शिक्षा दैनिक उपभोग्य बस्तुमा मिसावट जस्ताा अनेकौं कुराले महानगर वासी पीडित अहिले भएका छन।


बिराटनगर जेठ १८ गते । रातो तारा डट कम, रंगेली उपमहानगरपालिका वडा नम्बर ४ का बाढीपीडितको
रकम भुपेन्द्र मण्डल वडा अध्यक्ष र गोबिन्द मण्डल  सदस्यले
मिलेर खाएको पीडितले पत्रकार सम्मेलन गरेर आरोप लगाएका छन।

 सोही वडाका बुलाइ मण्डल, अर्जुन साह सुनुवार भुपेन पारू देवी सुनिता ऋषिदेव समेतले आज पत्रकार सम्मेलन मार्फत उल्लेखित व्याक्तिलाइ पीडितहरूले कारवाहीको माग गरेका छन ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.