Websoft University
Latest Post


बिराटनगर जेठ १८ गते । रातो तारा डट कम, रंगेली उपमहानगरपालिका वडा नम्बर ४ का बाढीपीडितको
रकम भुपेन्द्र मण्डल वडा अध्यक्ष र गोबिन्द मण्डल  सदस्यले
मिलेर खाएको पीडितले पत्रकार सम्मेलन गरेर आरोप लगाएका छन।

 सोही वडाका बुलाइ मण्डल, अर्जुन साह सुनुवार भुपेन पारू देवी सुनिता ऋषिदेव समेतले आज पत्रकार सम्मेलन मार्फत उल्लेखित व्याक्तिलाइ पीडितहरूले कारवाहीको माग गरेका छन ।

काठमाडौ जेठ १८ गते । रातो तारा डट कम,
समाचार संकलनका क्रममा ५ जना पत्रकारलाई प्रहरीले
६ घण्टा नियन्त्रणमा लिनुका साथै उनीहरूले क्यामेरामा खिचिएको दृश्यसमेत मेटाएको घटनाप्रति नेपाल
पत्रकार महासंघको गम्भीर ध्यानाकषर्ण भएको छ।

जेठ १७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल परिसरमा दिउँसो ३ः०० बजेतिर समाचार संकलन गरिरहेका अनलाइन टिभी अन्नपूर्णका पत्रकारहरू राजु सुवेदी, सर्मिला सुवेदी, विमल खड्का, राजकुमार विष्ट र विनोद देवकाटालाई प्रहरीले ६ घण्टा नियन्त्रणमा लिएर मानसिक तनाव दिनुका साथै उनीहरूले क्यामेरामा खिचिएको दृश्यसमेत मेटाएका थिए ।

पत्रकारको समाचार संकलन गर्ने संविधानप्रदत्त अधिकारलाई बिर्सेर आमनागरिको सुरक्षामा तैनाथ प्रहरीबाट भएको यो ज्यादतीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन्
भएको महासंघको ठहर छ ।

महासंघ प्रहरीबाट भएको यो घटनाको कडा शब्दमा
भत्र्सना गर्दछ । र, घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्नुका साथै पत्रकारको सुरक्षामा गम्भीर भई पत्रकारलाई निर्वाध प्रेस स्वतन्त्रताको उपभोगको वातावरण
बनाउन सरकारसंग नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले प्रेस विज्ञप्ति जारी सरकार संग माग गर्दछुु भनिएछ । 

(फायलफोटो)

उर्लाबारी, मोरङ, जेठ १८ गते । रातो तारा डट कम,
 मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बिहान ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ च ५४१४ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा सोही ठाउँका ५० वर्षीय महेश चौधरीको मृत्यु भएको हो ।

पिकअपको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहान ६ः२५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ । ठक्कर दिने पिकअप र त्यसका चालकलाई प्रहरी चौकी, गछियाले नियन्त्रणमा लिएको छ ।


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.