Websoft University
Latest Post



काठमाडौं, असार  १४ गते । रातो तारा डट कम-दोस्रो चरणको निर्वाचन हुने तीन प्रदेशमा भोलि मतदान हुँदैछ। प्रदेश नम्बर १, ५ र ७ का ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदान गर्नेछन् ।

निर्वाचन आयोगले अस्ति देखि मतदाता परिचय पत्र वितरण गरिरहेको छ । तर, मतदाता नामावलीमा नाम भएको तर, मतदाता परिचय नभेटिए आफनो नागरिक्ता वा परिचय पत्रले पनि मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले मतदाता परिचयपत्रका अतिरिक्त अन्य सरकारी कागजातलाई पनि मान्यता दिने निर्णय गरेको छ । ‘मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न यो निर्णय लिएको हो’ आयोगले भनेको छ ।

आयोगका अनुसार फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रका अतिरिक्त नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउनेछन् ।

यस्तै राहदानी, सवारीचालक अनुमतिपत्र ९लाइलेन्स०, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्र देखाएर पनि मतदान गर्न पाइनेछ ।

साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा सानोतिनो भूलचुक मान्ने र नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

काठमाडौं,असार १४ गते । रातो तारा डट कम,तीन वटा प्रदेशमा आज हुने दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले हिजो जनाएको छ । साथै सुरक्षाको उचित प्रवन्ध मिलाइएको भन्दै आयोगले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आहृवान गरेको छ ।

 हिजो मंगलबार पत्रकार सम्मेलन गर्दै आयोगले विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था मिलाइएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्र रूपमा विवेकपूर्ण निर्णय गरेर मत दिन आहृवान गरे । उनले भने, सुरक्षा निकायले शान्ति सुरक्षाको अवस्थालाई भरपर्दो बनाएको हुँदा कोही कसैबाट जनताको मताधिकारलाई कुण्ठित गराउने प्रयास भएमा सुरक्षाकर्मीले त्यस्ता प्रयासलाई विफल पार्ने कुरामा आयोग विश्वस्त छ ।’

प्रमुख आयुक्त यादवले मतदाता परिचय पत्र लिएर मात्र मतदान गर्न जान समेत आग्रह गरेका छन् । यदि मतदाता परिचय पत्र हराए वा लिन नपाएको भए आयोगले तोकेको बैकल्पिक व्यवस्था अनुसारका कागजपत्र लैजान आग्रह गरे ।

निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम भएकाहरुको हकमा नेपाली नागरिकता, लाइसेन्स, पासपोर्ट, जग्गाधनी पूर्जा वा २०७० को चुनावको मतदाता परिचय पत्र भए मतदान गर्न दिने व्यवस्था मिलाएको छ ।

६२ हजार उम्मेदवार चुनावी मैदानमा
यो चुनावले प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा ६४ लाख ३२ हजार ७६५ मतदाता छन् । निर्वाचनबाट बिराटनगर महानगरपालिकाका साथै ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा गरी १५ हजार ३५ प्रतिनिधि चयन हुनेछन् ।

आयोगका अनुसार ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उनीहरु मध्ये ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचनका लागि ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।


भक्तपुर, असार १३ गते । रातो तारा डट कम,मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली मनोहरास्थित सिद्धार्थ पेट्रोल पम्पमा मंगलबार साँझ आगलागी भएको छ ।

ध्रुव महर्जनद्वारा सञ्चालित सिद्धार्थ पेट्रोल पम्पमा भएको आगलागीमा चारजना घाइते भएका छन् । पम्पसँगै पसल गरी बस्ने सीता तामाङ जलेर घाइते भएका छन् भने उनका श्रीमान राम तामाङ, मजदुर निराजन उप्रेती र ट्याङ्करका सहचालक पवन श्रेष्ठ भाग्ने क्रममा घाइते भएका छन् ।

घाइतेमध्ये तीनजना उपचारपछि घर फर्केका छन् भने सीता तामाङको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको महानगरीय प्रहरी बिट थिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

पम्पमा रहेको अग्नि नियन्त्रक यन्त्र र भक्तपुर बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको छ । क्षतिको विवरण भने आउन बाँकी छ । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.