Websoft University
Latest Post


काठमाडौ, चैत १४ गते । रातो तारा डट कम,
आज विश्व रंगमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । समाजका विकृति विसंगतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।

पछिल्लो समय नेपालमा पछिल्लो रंगमञ्चप्रतिको आकर्षण बढ्दै गएको पाइएको छ । सन् १९६१ मा अन्तराष्ट्रिय रंगमञ्च इन्सिच्यूटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ तारिखमा विश्व रंगमञ्च दिवस मनाउन थालिएको 
हो ।

सन् १९६२ मा पहिलो विश्व रंगमञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटकार जेन ककटेउले लेखेका थिए ।



बिराटनगर,चैत १४ गते। रातो तारा डट कम,
सैनिक मुख्यालयले सेनाका लागि रासन आपूर्ति सम्झौता सर्तविपरीत बीचमै ठेक्का रद्द गरेपछि ठेकेदारहरू अदालत पुगेका छन् । 

सैनिक पृतनाहरूले ठेकेदार कम्पनीले सहमतिअनुसार रासन आपूर्ति गर्न नसकेको भन्दै एकतर्फी रूपमा ठेक्का तोडेपछि त्यसमा थुप्रै अनियमितता र कमिसनका खेलहरूले समेत भूमिका खेलेको देखिएको छ ।

पश्चिम पृतनाका सेनानी गुणराज अधिकारीले एनईएस प्रालिलाई पत्र लेखी १३ हजार किलो चामल, १ हजार २ सय ९२ किलो दाल, १ हजार ३ सय ४७ लिटर तेल, १ हजार ७ सय ६५ किलो चिनी, १ हजार ७ सय ६४ किलो नुन, ९१ किलो चियापत्ती र ८ सय ९२ किलो मौज्दात तरकारी फिर्ता लिन बोलाएपछि यो अनियमितता सार्वजनिक भएको हो।

ठेकेदार कम्पनीले सम्बन्धित पृतनाले ठेक्का सर्तअनुसार पेस्की उपलब्ध नगराएको, अघिल्ला महिनाहरूको आपूर्तिको भुक्तान नदिएको र सामान बुझिसकेपछि एकतर्फी रूपमा ठेक्का तोडेको आरोप लगाएको छ ।

पश्चिम पृतना विजयपुर ब्यारेकसँगै श्री नम्बर ३ बाहिनी अड्डा खैरेनीटार तनहुँ, श्री नम्बर ६ बाहिनी अड्डा बैरेनी ब्यारेक धादिङ, श्री नम्बर ९ बाहिनी अड्डा माझीटार सिन्धुली र श्री नम्बर २६ बाहिनी अड्डा भकुण्डेबेसी काभ्रेले सम्झौता गरेको एक महिनामै ठेकेदारले सम्झौताबमोजिम रासन दिन नसकेको भन्दै ठेक्का तोडेका छन् ।

पश्चिम पृतनाका एक उच्च सैनिक अधिकारीले भने, ‘हामीले आफूखुसी ठेक्का तोडाएको हैन । माथिको आदेशमा ठेकेदार कम्पनीसँग सम्झौता तोडिएको हो ।’ तर उनले माथिको पहिचान खुलाउन चाहेनन् । अन्नपूर्ण पोस्ट् दैनिकबाट



काठमाडौं, चैत १४ गते । रातो तारा डट कम,
मेलम्चीको पानी काठमाडौं आउने सुरुङ खन्न अब ४.२ किलोमिटर मात्र बाँकी छ । तर २०७४ असोज अन्तिमसम्म मेलम्चीको पानी काठमाडौं ल्याउन नसकिने आशंका बढेपछि मेलम्ची खानेपानी विकास समिति कामको गति बढाउन लागिपरेको छ । यसका लागि थप उपाय खोजिरहेका छ।

मेलम्चीदेखि सुन्दरीजलसम्मको कुल २६.५ किमि लामो सुरुङ खन्न ४.२ किमि बाँकी रहँदा तोकिएको समयमा सम्पन्न हुँदैन कि भन्ने आशंका बढेको छ ।

हाल दैनिक १५ देखि २० मिटरका दरले सुरुङ खनिएको छ । सोही गति अनुसार काम गर्दा तोकिएको समयमा पानी आउन नसक्ने अवस्था देखिएपछि समितिले थप उपायको खोजी गरेको हो । निर्माण कम्पनीले भने थप सर्तसहित तोकिएको समयमा काम सक्ने प्रतिवद्धता गरेको छ ।

समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले २०७४ असोज मसान्तभित्रै मेलम्चीको पानी ल्याउन निर्माण कम्पनीले प्रतिबद्धता गरेको बताउनु भयो । तर निर्माण कम्पनीका थप केही सर्त रहेको बताए । अनलाइन बाट

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.