Websoft University
Latest Post


बिराटनगर,चैत १३ गते । रातो तारा डट कम, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले आज बिराटनगरको जिल्ला समनय समिति र जिल्ला प्रशासन कार्यालय अगितिर कोण सभा गर्दै बिराटनगरलाई महानगरपालिका घोषणा गरिनु पर्ने आफनो माग सहितको ज्ञापन पत्र बुइााएकोछ ।

फोरम लोक तान्त्रिकका जिल्ला अध्यक्ष भक्तिनाथ माइाीको नेत्रित्वमा जिल्ला प्रशासन मोरग अगाडी पुगेका फोरम कार्याकर्ताहरुले नगर अध्यक्ष पंकज बर्माको अध्यक्षतामा कोण सभा गरेका थिए ।

सो कार्याक्रममा बिराटनगरलाई महानगरपालिका घोषणा गरेर मात्र स्थानिय तह को निर्वाचन हुनु पर्ने जस्ता मागहरु राख्दै,मोरग जिल्ला समनय समिति र जिल्ला प्रशासनमा कार्यालय मार्फत सम्माननीय प्रधानमन्त्री ज्यू समक्ष माग सहितको ज्ञापन पत्र पुगाईदिन अनुरोध गर्दै पत्र बुइााएकाछन ।



बिराटनगर, चैत १३ गते । रातो तारा डट कम,
नेपाल विद्युत प्राधिकरणको आम्दानी पछिल्लो ६ महिनामा ६ खर्ब २ करोड ७२ लाख रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०७३/०७४ को पछिल्लो ६ महिनामै विद्युत प्राधिकरणको आम्दानी यसरी बढेको हो ।

प्राधिकरणको आम्दानी ६ अर्ब बढेकोलाई मुख्य समाचार बनाएको कारोबार दैनिकले गाउँमा पहिलोपटक सिधै बजेटलाई पनि लेखेको छ । उत्तरी सीमा स्तरोन्नतिमा सधै अन्योललाई पनि कारोबारले उल्लेख गरेको छ ।

विप्रेषणको वृद्धिदर घट्योलाई अन्नपूर्णले मुख्य समाचार बनाएको छ । साउदीमा अवैधानिक कामदारका सन्दर्भमा अन्नपूर्णले ‘सरकारले आममाफी दिने’ लेखेको छ । गाउँमै चिया प्रशोधनलाई पनि अन्नपूर्णले लेखेको छ ।

सरकारको निर्णय अर्थमन्त्रालयले नमानेकोलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । ‘सेज नियमावली छिटो बनाउ’लाई नागरिकले लेखेको छ । असिनाले करोडौंको बाली सखापलाई पनि नागरिकले उल्लेख गरेको छ ।

जलविद्युतमा बिपिसीको साढे १८ अर्ब लगानीलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले ‘यस्तो छ कृषि उत्पादनको लक्ष्य’लाई पनि लेखेको छ ।

‘आपूर्तिमा अझै अन्यौल’लाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । दुई नयाँ आयोजना निर्माणको घोषणालाई पनि अभियानले लेखेको छ ।नेपाल न्युज
बाट लिएको हो।


काठमाडौं,चैत १३ गते । रातो तारा डट कम,
नेपालले एक वर्षपछि हुने संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद् (यूडीएचआर) को सदस्यताका लागि अन्तर्राष्ट्रिय लबिङ सुरु गरेको छ । सन् २०१८ मा हुने परिषद्को निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको नेपालले विदेशस्थित नेपाली दूतावासहरुमार्फत सहगोगका लागि लबिङ थालेको हो ।

परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुधिर भट्टराईका अनुसार आगामी अक्टोबरमा हुने परिषद्को निर्वाचनका लागि समर्थन जुटाउन विदेशस्थित सबै नियोगहरुलाई पहल थाल्न निर्देशन दिइएको छ । यसक्रममा शुक्रवार दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईले तान्जानिया पुगेर नेपालको उम्मेदवारीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

उनले तान्जानियाका विदेशमन्त्री अगुस्टाई महिगासँग भएको शिष्टाचार भेटको क्रममा नेपालको उममेदवारीलाई सहयोग गर्न आग्रह गरेको प्रिटोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । 

दूतावासका अनुसार राष्ट्रपति जोन पोम्बे मगुफुलीसमक्ष प्रमाणपत्र बुझाउन पुगेका राजदूत राईले विदेशमन्त्रीसँगको भेटमा सो आग्रह गर्नु गरेका हुन् । नेपालले करिब एक महिनाअघि मात्र परिषद् सदस्यका लागि उम्मेदवारी 
घोषणा गरको थियो। गोरखापत्र दैनिक बाट

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.