Websoft University
Latest Post


काठमाडौं,चैत १२ गते । रातो तारा डट कम,
पछिल्लो समयमा माओवादीको दसबर्से ‘जनयुद्ध’ को उद्गमस्थल भनेर चिनिने थबाङसँग लामो इतिहास छ । थबाङ सधैं राज्यको ‘कडा’ प्रतिपक्षमा बसिरह्यो । सत्तासँग सधैं ‘टक्कर’ लिने थबाङले माओवादी जनयुद्धमा ‘हेडक्वार्टर’ को इतिहास बनायो । २०११ सालदेखि नै थबाङ ‘कम्युनिस्ट’ को गढ मानिन्थ्यो ।

सशस्त्र युद्ध बिसाएर माओवादी शन्तिप्रक्रियामा आइसकेपछि थबाङ फेरि रिसायो । असन्तुष्ट थबाङलाई फकाउन २०६४ सालको संविधानसभाका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफैं त्यही क्षेत्रबाट चुनाव लडे । उनले त्यो बेला चुनाव जिते । तर २०७० सालको संविधानसभाको निर्वाचन थबाङले बहिष्कार गर्यो । त्यो बेला माओवादी फुटिसकेको थियो ।

सारा थबाङवासी मोहन वैद्यले अगुवाइ गरेको पार्टीमा थिए ।
वैद्यबाट विप्लव फेरि बाहिर निस्किए । सारा थबाङवासी विप्लवका समर्थक भए । एक महिनाअघि विप्लव नेतृत्वको माओवादीको पार्टी महाधिवेशनको बन्दसत्र थबाङमै भएको थियो । त्यसका लागि सारा थबाङीहरू मिलेर गाउँमा एउटा ठूलो सभाहल बनाए ।

महाधिवेशनले ‘चुनाव’ बहिष्कार नीति पारित गरेको छ । तर यसपालि भने थबाङवासी चुनाव चाहन्छन् । अघिल्लोपटक चुनाव बहिष्कार गर्दा थबाङवासी आफूहरू ‘ठगिएको’ महसुस गर्छन् । विप्लव समर्थक माओवादी अगुवा रेशम शाह (घर्ती) भन्छन्, ‘अब हामीलाई पनि यहाँको विकासका लागि नेता चाहिन्छ । पार्टीको नीति र बहिष्कार गर्ने नै हो तर हामीले आफूअनुकूल चुनाव उपयोग गर्छौं ।

’यसका लागि थबाङवासीले पार्टीसँग पनि अनुमति मागेका छन् । थबाङवासी वैशाख ३१ का लागि तय गरिएको स्थानीय तहको चुनावलाई आफूअनुकूल उपयोग गर्ने पक्षमा छन् । त्यहीअनुसार उनीहरूले ‘उम्मेदवार’ पनि खोजिरहेका छन् । ‘हामी सधैं राज्यको विपक्षी भएर बस्यौं ।

अघिल्लो चुनावमा भोट पनि हालेनौं तर अहिले सारा विकासे कामका लागि नेताहरूकै दैलोमा कुद्नुपर्दा आफैंलाई अप्ठ्यारो लाग्छ’, शाह भन्छन्, ‘त्यै भएर अब यसपालिको चुनाव हामीले उपयोग गर्नुपर्छ कि भन्ने लागेको छ ।’
खासमा पुष्पकमल दाहालले ‘बाटो बिराएको’ भन्दै रिसाएका थबाङवासी अझै ‘क्रान्ति’ चाहिएको ठान्छन् । 

२०२९ सालमा कम्युनिस्ट पार्टीको औपचारिक सदस्यता लिएका खड्गबहादुर बुढा भन्छन्, ‘जनता र कार्यकर्ताको जुन लक्ष्य र बलिदान थियो त्यो पूरा भएन । हामी अझै क्रान्ति जारी छ भन्छौं तर दाहालले बाटो बिराए ।’ यही कारण सारा थबाङवासी अहिले विप्लवको नेतृत्वमा छन् ।

सामूहिकतामा विश्वास राख्ने थबाङवासी सधैं गाउँका अगुवा नेताकै भरमा हुन्छन् । गाउँका अगुवा नेताको अनुमतिबिना सितिमिति उनीहरू आफ्नो कुरा खोल्दैनन् । उनीहरूले जुन पार्टीलाई समर्थन गर्न सल्लाह दियो त्यही मान्छन् ।
सरकार, सत्ता र पार्टीको नीतिलाई समेत आफूअनुकूल उपयोग गर्दै आएका थबाङवासी यो स्थानीय तहको निर्वाचनलाई पनि त्यसैगरी उपयोग गर्ने सोचाइमा छन्।

चुनाव बहिष्कार गर्ने पार्टीको नीति हो । पार्टीले त चुनाव बहिष्कार गर्छ नै तर अहिले चाहिएको त गाउँकै नेता हो । त्यसैले हामीले हाम्रो विकास रोक्नु हुन्न’, बुढा भन्छन्, ‘स्थानीय चुनावमा हाम्रो, थबाङीको पकड हुनुपर्छ र यो निर्वाचनलाई हाम्रो पक्षमा पार्नुपर्छ भन्ने लागेको छ ।’

२०३६ सालमा भएको जनमतसंग्रहमा पनि थबाङवासीले बहुदलका पक्षमा मत खसालेका थिए । ‘हामी के गर्दा हाम्रो गाउँ र जनतालाई राम्रो हुन्छ त्यहीअनुसार बहिष्कार र उपयोग गर्छौं’, उनी भन्छन्, ‘पार्टीको नीति एउटा भए पनि हामीले चुनावलाई आफ्नो अनुकूल उपयोग गर्ने हो ।’
अन्नपूर्ण पोस्ट् दैनिकबाट



बिराटनगर,चैत ११ गते । रातो तारा डट कम,
चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल चाङ वानक्वानले नेपालीले चाहेजस्तो विकास र आवश्यकताका लागि सधैँ नजिकबाट सहयोग गर्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रक्षामन्त्री बालकृष्ण खाणसँगको छुट्टाछुट्टै भेटमा चाङले नेपालमा शान्ति,प्रगति र विकास भएको चीनले देख्न चाहेको पनि स्पष्ट पारेका छन् ।

तर पनि नेपाली नेतालाई के रोग लागेकोछ,भारतको गुलामी
नगरी नहुने ? नेताको भारत तिरको लम्पसारले जनता आजित भएकाछन। यो भारत तिरको लम्पसार नेताहरूले छाडनु परो
बोर्डर सिल गरेर तारबार लगाउन थाल्नु परो नागरिक्ता छानबिन हुनु परो भन्छन जनता।

काठमाडौं, चैत ११ गते । रातो तारा डट कम,
चीन भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान बोआओ फोरमको उदघाटन सत्रलाई सम्बोधन 
गर्दैछन् । प्रधानमन्त्री दाहालले अफगानिस्तान र म्यानमारका नेताहरुले भन्दा अगाडि आफ्नो सम्बोधन राख्नेछन् ।

बोआओ फोरम (बीएफए) का महासचिव झोउ वेनझोङका अनुसार चीनको हाइनान प्रान्तस्थित बोआओमा यो सम्मेलन मार्च २३ देखि २६ सम्म आयोजना हुनेछ र उद्घाटन समारोह मार्च २५ मा हुनेछ, जहाँ चिनियाँ उपप्रधानमन्त्री र नेपालका प्रधानमन्त्री लगायतले सम्वोधन गर्नेछन् । 

आखिर के हो बोआओ फोरम ? यसका एजेण्डाहरु के हुन् ? यो सम्मेलनमा के-के विषयमा छलफल हुँदैछन् ? यसबारे यहाँ सामान्य जानकारी दिने प्रयास गरिएको छ।

एशियामा विश्वव्यापीकरणको प्रभावबारे बहस
बाआओ फोरमको वार्षिक सम्मेलन २०१७ का लागि ‘विश्वव्यापीकरण र स्वतन्त्र व्यापारः एशियाली दृष्टिकोण’ भन्ने मूल एजेन्डा तय गरिएको छ ।

विगत केही वर्षयता बढ्दो आलोचना र विरोधका साथसाथै ‘डि-ग्लोबलाइजेसन’ को उदयले गर्दा विश्वव्यापीकरणले विश्वअर्थतन्त्रमा धक्का खानु परिरहेको छ । यसै सन्दर्भमा विश्वव्यापीकरणको भविष्य तर्जुमा गर्न २०१६ को अन्त्यमा बीएफएले अष्ट्रेलियाको मेलबर्नमा एउटा सम्मेलन सम्पन्न गरेको थियो ।

उक्त सम्मेलनमा विश्वव्यापीकणको प्रक्रियाले आफूहरुलाई सीमान्तकृत अवस्थामा पाएका वा हितमा ठेस पुगेका जनसंख्या समूहहरुको लाभका निम्ति यसलाई अझ बढी समावेशी तुल्याउनुपर्ने तथा विश्वव्यापिकरणका आधारभूत सिद्धान्तहरुलाई स्वीकार र सम्मान गर्नुपर्नेमा सबै सहभागीहरु सहमत भएका थिए ।

मूल एजेन्डामा आधारित रहेर बोआओ वार्षिक सम्मेलन २०१७ लाई ४ वटा शीर्षकमा विभाजन गरिएको छ- विश्वव्यापीकरण, आर्थिक वृद्धि, आर्थिक सुधार तथा नयाँ अर्थतन्त्र । यसमा जम्मा ४२ वटा औपचारिक सत्रहरु तथा १२ वटा निजी सत्रहरु समावेश गरिएका छन् ।

समावेशी विश्वव्यापीकरण
यो सम्मेलनमा ‘वान बेल्ट वान रोड’ पहल पुनः एकपटक प्रमुख विषयवस्तुका रुपमा रहनेछ । यस अन्तरगत विभिन्न देशका नेताहरु तथा वरिष्ठ सरकारी अधिकारीहरुका साथसाथै चीन र बेल्टले छुने राष्ट्रहरुका मन्त्री तथा सीइओहरुबीच दुईवटा अन्तरक्रियाहरु क्रमशः आयोजना हुनेछन् ।

वार्षिक सम्मेलनमा सम्वोधन हुने अन्य विषयवस्तुमा एशियाली क्षेत्रीय साझेदारी, दोहा राउन्ड, विश्वव्यापी पुनर्निमाण तथा चीनले वकालत गरेको ‘एशिया प्रशान्त स्वतन्त्र व्यापार क्षेत्र’ समेत रहेका छन् ।

बीएफए वार्षिक सम्मेलनले फरक-फरक कोणबाट आर्थिक वृद्धिको मार्गचित्र, विचार तथा उत्प्रेरकहरु पत्ता लगाउनेछ । यससँग सम्वन्धित विषयहरुमाः विश्वव्यापी आर्थिक स्वास्थ्य, मौदि्रक नीतिको सीमा, आर्थिक उत्प्रेरकका रुपमा वित्तीय नीति, सीमा वारपार लगानी, साना तथा मझौला कम्पनीहरु र निजी क्षेत्रको लगानीको पुनरुत्थानलगायत रहेका छन् ।

आर्थिक सुधार
वाषिर्क सम्मेलन २०१७ को छलफलको अर्को प्रमुख विषयका रुपमा आर्थिक सुधार पनि रहेको छ । यससँग सम्वन्धित विषयवस्तुहरुमाः आपूर्ति पक्षको सुधार, श्रम बजार, स्वास्थ्यसेवा, भूमि, वित्ती तथा कर प्रणाली, हरित क्रान्ति, व्यावसायिक परिवर्तन, शैक्षिक सुधार, चौंथो औद्योगिक क्रान्तिलगायत रहेका छन् ।

उद्यमशीलता, आविश्कार तथा नयाँ अर्थतन्त्र
यससँग सम्वन्धित विषयवस्तुहरुः औद्योगिक रुपरेखा, शहरको पहिचान, आविष्कार केन्द्रका रुपमा सिलिकन भ्याली, भर्चुअल रियालिटी, डिजिटल मुद्रा, लाइभ स्ट्रिमिङ लगायत छन् ।

वाषिर्क सम्मेलन २०१७ मा ६ वा ७ राज्यका सरकार प्रमुख (आयोजक राष्ट्रसहित) का साथै ८० भन्दा बढी अन्तरराष्ट्रिय संगठनका नेता तथा आर्थिक मामलाका मन्त्रीहरुलाई आमन्त्रित गरिएको छ र यसले व्यवसायिक नेता तथा सरकार प्रमुख र मन्त्रीहरुबीच वृहत अन्तरक्रियाको अवसर उपलब्ध गराउनेछ ।

को-को छन् बिजनेस र मिडिया पार्टनर ?
रणनीतिक साझेदारका रुपमा SABIC र सांघाइ जनरल मोटर्स, हिरक साझेदारका रुपमा क्वइचो मोउटाइ कम्पनी लिमिटेड, सामसुङ र चाइना फर्चुन ल्यान्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, प्लाटिनम साझेदारका रुपमा क्यूक्यू डट कम, एचएनए ग्रुप, टाटा ग्रुप, एसके ग्रुप र रिभरसाइड ग्रुप, स्वर्ण साझेदार डेलोट्टी चाइना, गोल्डेन ब्रिक क्यापिटल म्यानेजमेन्ट लिमिटेड, चाइना क्रियट वेल्थ कनेक्सन इन्टरनेट फाइनान्स कम्पनी लिमिटेड र इनर मंगोयिा मेन्गेन्जु डायरी कम्पनी लिमिटेड लगायत रहेका छन् ।

त्यसैगरी करिब २३ वटा सञ्चार माध्यमले २०१७ को वाषिर्क सम्मेलनको मिडिया पार्टनरका रुपमा हस्ताक्षर गरेका छन् । तिनीहरुमाः बेइजिङ इन्टरनेसनल एडभरटाइजिङ एन्ड कम्युनिकेसन ग्रुप कम्पनी लिमिटेड, ब्लुमबर्ग टेलिभिजन, बिबिसी, चाइना बिजनेस न्युज, सिसीटिभी, चाइना डेली, सिएनबिसी, चाइना न्युज सर्भिस, ग्लोबल टाइम्स, पिपुल्स डेली, सिन्ह्वा न्युज एजेन्सी, वाल स्टि्रट जर्नल एशिया लगायत छन् ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहालले बहसमा सहभागिता जनाउनेछन् ।

के हो बोआओ फोरम ?
बोआओ फोरम फर एशिया (बीएफए) एउटा गैरनाफामूलक संगठन हो । एशिया र अन्य महादेशका सरकारी, व्यवसायिक एवम् प्राज्ञिक नेताहरुका लागि यो क्षेत्र र समग्र विश्वका जल्दाबल्दा मुद्दाहरुमाथि छलफल गर्न यो फोरमले मञ्च प्रदान गर्छ ।

यसको प्रधान कार्यालय चीनको हाइनान प्रान्तस्थित बोआओमा रहेको छ भने यसको सचिवालय बेइजिङमा छ ।
बोआओ शहरको नामबाटै यस फोरमको नामाकरण गरिएको हो, जुन सन् २००२ देखि यो फोरमको स्थायी वाषिर्क सम्मेलनस्थलका रुपमा रहेको छ ।

यस फोरमले क्षेत्रीय आर्थिक साझेदारी प्रवर्द्धन गर्नुका साथै एशियाली राष्ट्रहरुलाई उनीहरुको विकास लक्ष्यसँग नजिक्याउने ध्येय बोकेको छ । स्वीट्जरल्याण्डको डाभोसमा वाषिर्करुपमा आयोजना हुने वल्र्ड इकोनोमिक फोरममा बोआओ फोरमको रुपरेखा कोरिएको थियो ।

 सन् १९९८ मा फिलिपिन्सका पूर्वराष्ट्रपति फिडेल भि रामोस, अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री बोब हाक र जापानका पूर्वप्रधानमन्त्री मोरिहिरो होसोकावाले फोरमको गठन गरेका थिए ।

बोआओ फोरम फर एशियाको औपचारिक उद्घाटन भने २००१ को फेबु्रअरीमा भयो । एशिया र अष्ट्रेलियाका २६ राष्ट्रहरु यसका संस्थापकका रुपमा रहेका थिए । संगठनको पहिलो बैठक १२-१३ अपि्रल, २००२ मा भएको थियो ।
बोआओ फोरममा हुने छलफलहरु मूलतः आर्थिक साझेदारी, समन्वय, समाज तथा वातावरणमा केन्दि्रत हुने गर्छन् ।

विगतमा यस फोरमले चीनको विश्व व्यापार संगठनमा प्रवेशदेखि लिएर ९० को दशकका क्रममा दक्षिणपूर्वी एशियाको आर्थिक संकटका विषयमा छलफल गरेको 
थियो ।

यसको वार्षिक बैठकका अतिरिक्त बीएफएले एशियाली मुद्दाहरुसँग सम्वन्धित अन्य फोरम तथा बैठकहरुको प्रायोजनसमेत गर्छ । रातो ताराले नेपाली न्युज बाट
लिएको हो।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.