Websoft University
January 2026


विराटनगर  माघ  १७ गते | मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार डा. शेखर कोइरालालाई जिताउन जेनजीहरु पनि सक्रिय भएका छन् । जेनजीहरुका असली नेता भएकाले डा. शेखर कोइरालालाई जिताउनुपर्नेमा उनीहरुको जोड छ । कांग्रेसभित्र जेनजीका विषयमा सबैभन्दा पहिला आवाज उठाउने नेता नै कोइराला भएको मोरङको सुन्दरहरैंचाका रुपेश बस्नेत बताउँछन् । हावाका पछि नलागी असली जेनजीको मर्म बुझ्ने नेतालाई चयन गरेर पठाउनुपर्नेमा उनी जोड दिन्छन् । ‘


विराटनगर माघ १७ गते । कोशी प्रादेशिक क्रिेकट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा भएको प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगिताको उपाधि मोरङले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा झापालाई  २७ रनले पराजित गर्दै मोरङले उपाधि जितेको हो ।

टस हारेर ब्याटिङ गरेको मोरङले निर्धारित ४३ ओभरको खेलमा ४२ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ७४ रनको योगफल तयार पारेको थियो । मोरङका कृतिक कामतले ३४ रन बनाउँ दा प्रतिक पोखरेलले २६ रन, शाकिव हकले २४ रन, कप्तान दिपेश कक्डेलले १९ रन, प्रेम कामतले अविजित १३ रन र आइस्टाइन  रिजालले १० रनको योगदान दिए । झापाका आयुस न्योपानेले ३ विकेट लिँदा  कप्तान सुजन थपलिया, सौजनप्रसाद घिमिरे र विपिन महतो २–२ विकेट लिए ।

 १ सय ७५ रनको लक्ष्य पाएको झापाले पुरै ओभर खेल्दै ९ विकेट गुमाई  १ सय ४७ रन मात्र बनाउँन सक्यो । झापाका आसिक राना मगरले ४३ रन जोड्दा फैजल रहमानले २२ रन, आयुस न्योपानेले ११ रन, दिपु भुलेल र भुपाल दंगालले १०–१० रन बनाए । मोरङका फिर्दोस अन्सरीले ३ विकेट लिँदा क्पतान दिपेश कँडेल र प्रेम कामतले २–२ विकेट लिए ।

 फाइनल खेलको प्लेय् अफ फाइनल मोरङ कप्तान दिपेश कँडेल घोषित भए । उत्कृष्ट ब्इाटर मोरङका कृर्तिक कामत घोषित भए भने उत्कृष्ट बलर मोरङकै प्रेम कामत भए । त्यस्तै प्लेयर अफ द सिरिज मोरङकै कप्तान दिपेश कँडेल भए ।

विजयी तथा अन्य खेलाडीलाई कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुली, कोशी प्रदेश क्रिकेट सँघका अध्यक्ष सर्वजितराज पाण्डे र मोरङ जिल्ला क्रिकेट सँघका अध्यक्ष महमद साद बाबुलगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।




विराटनगर  माघ १६ गते । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत शुक्रबार भएको हिसान भलिबलमा छात्रतर्फ  राष्ट्र निमार्ण कलेज र कान्तिपुर कलेज तथा छात्रातर्फ राष्ट्र निमार्ण र रेडस्टार कलेज विजयी भएका छन् ।

दिल्ली पब्लििक स्कुलको मैदानमा भएको छात्रतर्फ पहिलो खेलमा राष्ट्र निमार्ण कलेजले बुद्ध कलेजलाई २५–२० र २५–१९ को सोझो सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच राष्ट्र निमार्णका चन्द्र श्रेष्ठ घोषित भए ।

दोस्रो खेलमा कान्तिपुर कलेजले विकेभिएम कलेजलाई १८–२५, २५–२०  र २७–२५ को सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच कान्तिपुरका कृष थारु घोषित भए ।

छात्रातर्फ पहिलो खेलमा राष्ट्र निमार्ण कलेजले अरनिको कलेजलाई २५–१४ र २५–१४ को सोझो सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच राष्ट निमार्णकी मनिषा तामाङ घोषित भइन् ।

दोस्रो खेलमा रेडस्टार कलेजले शिक्षादिप कलेजलाई २५–२ र २५–६ को सोझो सेटले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच रेडस्टारकी आस्मा लिम्बु घोषित भइन् ।



विराटनगर माघ १६ गते । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत शुक्रबार भएको हिसान क्रिकेटको फाइलमा विजयी हुँदै कान्तिपुर कलेजले जितेको छ ।

जुट मिल मैदान भएकोे फाइनल खेलमा शिक्षादिप कलेजलाई ४ विकेटले पराजित गर्दै कान्तिपुर कलेजले उपाधि जितेको हो । टस जितेर ब्याटिङको गरेको शिक्षादिपले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४६ रनकोे विशाल योगफल तयार पारेको थियो । शिक्षादिपका टेकनारायण मण्डलले २५ बनाउँदा सत्यमकुमार सडामले २१ रन,शिवम झाले १९ रन र इरफान आलमले अविजित १५ रनको योगदान दिए । कान्तिपुरका सन्तोष गुप्ताले २ विकेट लिँदा सुधिर पामतले पनि २ विकेट तथा सिताराम कामत र अरविन्द मण्डलले १–१ विकेट लिए ।

१ सय ४७ रनका विशाल लक्ष्य पाएको कान्तिपुरले १६ दशमलव ४ बलमा ६ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । कान्तिपुरका मोनु दासले ६० रन बनाउँदा सिताराम कामतले अविजित ४७ रन बनाए । कामत खेलको प्लेयर अफ फाइनल घाषित समेत भए । शिक्षादिपका  रोहनकुमार राँयले २ विकेट लिँदासुदिप यादवले पनि २ विकेट लिए । 

हिसान फुटबल  छात्रातर्फ अर्किड र रेडस्टार छात्रतर्फ शिक्षा सन्देश र रेडस्टार फाइनलमा प्रवेश

विराटनगर  उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत शुक्रबार भएको हिसान फुटबल अन्तरगत छात्रातर्फ अर्किड र रेडस्टार तथा छात्रतर्फ शिक्षा सन्देश र रेटस्टार कलेज विजयी भई फाइनलमा प्रवेश गरेका छन् ।

शहिद मैदानमा भएको छात्रातर्फको पहिलो खेलमा अर्किड कलेजले जेभिर्यस कलेजलाई पेनाल्टी सुट आउटमा २–१ को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिम गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको हो  । प्लेयर अफ म्याच अर्किडकी सुस्मिता बस्नेत घोषित भइन्  ।

दोस्रो खेलमा रेडस्टार कलेजले कान्तिपुर कलेजलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । रेडस्टारको जितमा प्लेयर अफ म्याच सलिजा राईले २ गोल गरिन भने सुहाना राईले २ गोल तथा स्मृती राई र निसा लिम्बुले १–१ गरिन् ।

छात्रतर्फको पहिलो खेलमा शिक्षा सन्देश कलेजले कान्तिपुर कलेजलाई सडनदेथमा ६–५ को गोल अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेले पछि खेल पेनाल्टीसुट आउटमा गएको थियो । पेनाल्टीसुट आउटमा पनि ५–५ गोलले बराबरी भएपछि खेलको निर्णय सडनदेथबाट भएको हो । खेलको प्लेयर अफ द म्याच शिक्षा सन्देशका मनिष भुजेल घोषित भए ।

दोस्रो खेलमा रेडस्टार कलेजले भानु कलेजलाई २–० को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । रेडस्टारको जितमा प्लेयर अफ द म्याच सौगात राई र सदानन्द मास्कीले १–१ गोल गरे ।


सुनसरी माघ १६ गते । सुनसरी क्षेत्र नम्बर ३ की नेकपा एमाले उम्मेदवार भगवती चौधरीले युवामैत्री घोषणापत्र ल्याउने प्रतिबद्धता जनाउनुभएको छ। युवामैत्री घोषणापत्र तयार पार्न उहाँले सुनसरी–३ का युवासँग निरन्तर परामर्श गरिरहनुभएको छ। सुझाव संकलनका लागि सामाजिक सञ्जालमार्फत आह्वानसमेत गर्नुभएको छ।

आधुनिक सूचना प्रविधिमार्फत युवालाई दक्ष बनाउँदै घरमै बसेर स्वरोजगार सिर्जना गर्न सकिने योजनासहित आफू अघि बढेको नेतृ चौधरीले बताउनुभयो। उहाँले “डिजिटल सीप, घरमै रोजगारी” भन्ने नारा अघि सार्नुभएको छ।

युवालाई विदेश पलायन होइन, प्रविधि सिकाएर गाउँमै रोक्ने रणनीति रहेको उल्लेख गर्दै चौधरीले युवाकै आवश्यकता, माग र चाहनाअनुसार कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सुनसरी–३ बाट अघिल्लो निर्वाचनमा भगवती चौधरी नेपाली कांग्रेसका विजय कुमार गच्छेदारलाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो। उहाँले गच्छेदारभन्दा ५ हजार १ सय ८८ धेरै मत प्राप्त गर्नुभएको थियो। 

 


विराटनगर माघ १४ गते | रक्तदानलाई केवल कार्यक्रमक औपचारिकतामा  सीमित नराखी जीवन, करुणा र सामूहिक जिम्मेवारीको संस्कारका रूपमा विकास गर्नुपर्नेमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जोड दिएका छन् ।

नेपाल रेडक्रस सोसाइटी मोरङद्वारा आयोजित रक्तसञ्चार दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले रगत कुनै कारखानामा उत्पादन नहुने र प्रविधिले निर्माण गर्न नसक्ने अमूल्य उपहार भएको उल्लेख गरे । ‘रगत स्वस्थ मानिसको शरीरबाट मात्र प्राप्त हुन्छ, जसले अर्काको जीवन बचाउन सक्छ,” उनले भने, ‘त्यसैले रक्तदान मानव जीवनसँग प्रत्यक्ष जोडिएको सर्वोच्च मानवीय कर्म हो ।’

मेयर कोइरालाले विपद्, महामारी, दुर्घटना तथा जटिल उपचारका बेला रेडक्रस मोरङले निर्वाह गर्दै आएको भूमिकाको उच्च प्रशंसा गरे । जीवन संकटमा पर्दा रेडक्रस र रक्तदाताको उपस्थितिले आशाको उज्यालो देखाएको उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी रक्तदाताहरूलाई ‘मौन तर शक्तिशाली नायक’को संज्ञा दिँदै उनले विराटनगर महानगरपालिकाको तर्फबाट सबै रक्तदाताप्रति हार्दिक आभार व्यक्त गरे । महानगरपालिकाले स्वास्थ्यलाई विकासको मेरुदण्डका रूपमा लिएको उल्लेख गर्दै उनले पूर्वाधार निर्माणसँगै स्वस्थ नागरिक निर्माणलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे ।

सुरक्षित र सहज रक्तसञ्चार सेवा बिना आधुनिक स्वास्थ्य प्रणालीको कल्पना सम्भव छैन,’ मेयर कोइरालाले भने, ‘महानगरपालिकाले रेडक्रस, स्वास्थ्य संस्था र नागरिकसँग सहकार्य गर्दै स्वेच्छिक रक्तदानलाई अभियानका रूपमा अघि बढाइरहेको छ र यसलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

मेयर कोइरालाले संघसंस्था, सामाजिक संगठन तथा निजी क्षेत्रलाई पनि रक्तदानलाई अभियानकै रूपमा सञ्चालन गर्न आग्रह गरे ।

सोही अवसरमा वर्षभरि सबैभन्दा बढी रक्तदान कार्यक्रम गरी रगत संकलन गर्ने संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी मोरङले विराटनगरमा कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो । संघसंस्थातर्फ विराटनगर राउण्ड टेबल नम्बर ५ प्रथम भएको छ । वर्षभरिमा ६ पटक रक्तदान कार्यक्रम आयोजना गरेर राउण्ड टेबलले ३१८ पिन्ट रगत संकलन गरेको छ ।

त्यस्तै सुनसरीको साई अस्पताल झुम्काले १३३ पिन्ट रगत संकलन गरेर द्वितीय भएको छ भने नेकपा एमाले बेलबारी नगर कमिटीले १२१ पिन्ट रगत संकलन गरी तृतीय भयो ।

त्यस्तै उपशाखातर्फ नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचाले ५९ पिन्ट रगत संकलन गरी प्रथम भयो । त्यस्तै कटहरीको थलाहा उपशाखाले ४७ पिन्ट रगत संकलन गरेर द्वितीय भयो भने बाहुनी उपशाखाले ४४ पिन्ट रगत संकलन गरेर तृतीय भयो ।

त्यस्तै रक्तदान गर्ने सर्कलतर्फ आदर्श मावि प्रथम भयो । उसले ४० पिन्ट रगत संकलन गरेको थियो । सुन्दरहरैंचास्थित सुकुना माविले ४५ पिन्ट रगत संकलन गरी द्वितीय हुँदा सुन्दरहरैंचाकै पञ्चायत माविले ३४ पिन्ट रगत संकलन गरेर तृतीय स्थान प्राप्त गरेको छ ।

उनीहरु सबैलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुकदेव मण्डलले सम्मानपत्र प्रदान गरेका थिए ।

बढी रगत संकलन गर्ने १०–१० वटा संघसंस्था, उपशाखा र सर्कल सम्मान गरिएको थियो ।

कार्यक्रममा रेडक्रस मोरङका उपसभापति रमानन्द यादव, मन्त्री सुरेन्द्र गिरी, कोषाध्यक्ष केदारबहादुर थापा, आदर्श माविका शिक्षक शैलेन्द्र नेपाल, सुरन्दरहरैंचा उपशाखाका घनिन्द्र न्यौपाने, निजामती कर्मचारी संगठन सुनसरीका अध्यक्ष चिनेश्वर मेहतालगायतले मन्तव्य व्यक्त गरेका थिए ।


विराटनगर माघ १४ गते । कोशी प्रादेशिक क्रिेकट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरमा प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगिता शुरु भएको छ ।

बुधबार भएको उद्घाटन भएको खेलमा मोरङले सुनसरीलाई १ सय ३३ रनको फराकिलो अन्तर पराजित गरि महत्वपूर्ण २ अंक जोडेको छ ।

टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित ५० ओभर ८ विकेट गुमाई २ सय २० रनको सम्मानजनक योगफल तयार पारेको थियो । मोरङका शाकिव हकले ४२ रन बनाउँदा कप्तान दिपेश कँडेलले अविजित ४१ रन, कृतिक कामतले ३७ रा, विशाल ढकालले २३ रन, अटल साहले २६ रन तथा आइस्टाइन रिजाल र फिर्दोस अन्सारीले १०१० रनको योगदान दिए । सुनसरीका समिर तिम्सिनाले ३ विकेट लिँदा कविराज खत्रीले २ विकेट, रिजन पाण्डे र गौरभ कटवालले १–१ विकेट लिए ।

२ सय २१ रनको लक्ष्य पाएको सुनसरीले ३४ दशमलव २ बलमा सवै विकेट गुमाई ८७ रनमा सिमित भयो । सुनसरीका अफन ताहिरले २२ रन बनाउँदा कविराज खत्रीले १४ रन, आकास सर्राफले १३ रन र रितेश राँये १० रन बनाए । मोरङका दिपेश कँडेलले ५ विकेट लिँदा फिर्दोस अन्सराी र प्रेम कामतले २–२ विकेट लिए । दिपेशले ७ दशमलव २ बलमा १२ रन मात्र दिए । खेलको प्लेयर अफ म्याच मोरङका अलराउण्डर खेलाडी दिपेश कँडल घोषित भए ।

 प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट भएका तीन वटा झापा, मोरङ र सुनसरीको टिमको सहभागिता रहेका छन् ।  विहिबार झापा र मोरङ विच प्रतिस्पर्धा हुने छ ।


विराटनगर १२ माघ । विराटनगरमा प्रथम ‘एलाइट’ कप क्रिेकट प्रतियोगिता हुने भएको छ । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा माघ १४ देखि १७ सम्म एलाइट कप क्रिेकट प्रतियोगिता हुने भएको हो ।

विराटनगर ६ स्थित मेरिलेबन क्रिकेट मैदानमा हुने प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट भएका तीन वटा टिमको सहभागिता रहने कोशी प्रादेशिक क्रिेकट संघका अध्यक्ष सर्वजित पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगितामा झापा, मोरङ र सुनसरीको टिमको हसभागिता रहने आज आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । प्रतियोगिता अन्र्तगत माघ १४ गते मोरङ र सुनसरी, १५ गते झापा र मोरङ, १६ गते सुनसरी र झापावीच खेल हुने छ । माघ १७ गते  प्रतियोगिताको फाईनल खेल हुने अध्यक्ष पाण्डेले बताउनुभयो ।

एलाईट कप प्रतियोगिताले प्रधानमन्त्री कपको तयारीका लागि राम्रो हुने आयोजकको भनाई छ । आगामी दिनमा क्यानको बार्षिक क्यालेण्डरमा एलाईट कप प्रतियोगितालाई पनि समेट्नका लागि पहल गरिने अध्यक्ष पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो,‘ कोशी प्रदेशको खस्किएको शाखलाई फर्काउनका लागि प्रयास भईरहेको छ । ’

पत्रकार सम्मेलनमा सुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेलले नयाँ अवधारणा सहित एलाईट कपको आयोजना हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले प्रतियोगितालाई दीर्घकालिन सम्म लैजानु पर्नेमा जोड दिनुभयो । मोरङ अध्यक्ष मो. सादबाबुले एलाईट कपका लागि मोरङको तयारी राम्रो रहेको बताउनुभयो । प्रतियोगिता निरन्तर रुपमा सञ्चालन हुन सके खेलाडीका लागि राम्रो हुने उहाँले बताउनुभयो ।

यसैवीच क्रिकेट खेलको प्रवद्र्धनका लागि कोशी प्रादेशिक क्रिेकट संघ र नेपाल क्रिकेट फाउन्डेनवीच सम्झौता भएको छ । सम्झौताले भुइँतहको क्रिकेट विकासमा सहयोग पुग्ने फाउन्डेनका निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो । 

 




बिराटनगर २०८२ माघ १०, गते | निजी क्षेत्रले भोग्दै आएको पीडालाई गम्भीरतापूर्वक आत्मासमीक्षा गरी साझा भविष्यप्रति दृढ प्रतिबद्धता जनाउने उद्देश्य सहित उद्योग संगठन मोरङ र राष्ट्रिय व्यवसायीक पहलको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको समन्वयमा “निजी क्षेत्रः प्रश्न, पहिचान र प्रतिबद्धता” विषयक वृहत अन्तरक्रियात्मक कार्यक्रम भएको छ ।

 कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले हरेक आन्दोलनमा निजी क्षेत्रका उद्योग, व्यापारिक केन्द्र, पसल, गोदाम र घरहरू नियोजित रूपमा तोडफोड र आगजनीको शिकार वन्ने गरेकाले उद्योगीहरू आफ्नै देशमा लगानी गर्न डराउनुपर्ने अवस्थामा पुगेको वताए । उनले सामाजिक सञ्जाल मार्फत निजी क्षेत्रविरुद्ध फैलाइने मिथ्या, भ्रामक र उत्तेजक सूचनाले “लगानी गर्नु पाप हो कि”, “नाफा कमाउनु अपराध हो कि” भन्ने भाष्य निर्माण हुँदै गएको धारणा व्यक्त गर्दै, यस्तो सोच समाजमा गहिरिँदै गए, नेपालमै रोजगारी सिर्जना गर्ने, युवालाई विदेश पलायन हुनबाट रोक्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने नीजि क्षेत्रको सपना कसरी साकार हुन्छ ? भनि प्रश्न गरे ।

 अध्यक्ष राठीले निजी क्षेत्रले दीगो, स्थिर र पूर्वानुमान गर्न सकिने नीतिको अपेक्षा गरेतापनि मुलुकमा सरकार परिवर्तनसँगै नीति परिवर्तन हुने प्रवृत्ति, अनियमितता, सुशासनको अभाव, ढिलासुस्ती र भ्रष्टाचार जस्ता समस्याले निजी क्षेत्रलाई बारम्बार अवरोध पारिरहेको वताए । उनले उद्योग÷व्यवसाय सञ्चालन गर्दा आइपर्ने यस्ता बाधा अड्चन फुकाउन निजी क्षेत्रले बाध्यतावश राजनीतिक शक्ति केन्द्रहरूको सामिप्य खोज्नुपर्ने अवस्था सिर्जना भएको स्पष्ट पार्दै यस्तो अवस्था आउनु न त निजी क्षेत्रका लागि स्वस्थ हो, न त लोकतान्त्रिक राज्य व्यवस्थाका लागि नै उचित भएको वताए ।

 राष्ट्रिय व्यवसायीक पहलका अध्यक्ष कुशकुमार जोशीले आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको नीजि क्षेत्र आजका दिनमा गहिरो पीडा, त्रास र अनिश्चितताको भुमरीमा फसेको उल्लेख गरे । उनले राज्यको कानुन र नीतिको पालना गरी कर तिरेर आर्थिक विकासमा योगदान दिँदा पनि समाजको दृष्टिकोण यस क्षेत्रप्रति अझै सकारात्मक बन्न नसकेको उल्लेख गर्दै निजी क्षेत्रविरुद्ध फैलिँदै गएको नकारात्मक भाष्यले उद्योग÷व्यवसायमैत्री वातावरण दिनप्रतिदिन कमजोर बनाउँदै लगेको धारणा व्यक्त गरे । उनले उद्योगी÷व्यवसायीको मनोबल र आत्मविश्वास खस्किँदै गएकाले नयाँ लगानी गर्ने वातावरण धुमिल बन्दै गएकाले यस्तो अवस्थामा निजी क्षेत्रको वास्तविक चुनौतीहरूलाई तथ्य र तर्कका आधारमा राष्ट्रिय तहमा स्पष्ट र बुलन्द रूपमा प्रस्तुत गर्नु सबैको दायित्व भएको औल्याए ।

 राष्ट्रिय व्यावसायीक पहलका केन्द्रिय संयोजक किशोर प्रधानले उद्योग र व्यापार कुनै वर्ग, व्यक्ति वा समूहको नभई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भएको वताए । लाखौं नेपालीलाई रोजगारी दिने, राज्यलाई कर र राजश्व मार्फत आर्थिक सशक्तता प्रदान गर्ने, पूँजी निर्माण र लगानी मार्फत विकासको ढोका खोल्ने क्षेत्र यही भएकाले यस क्षेत्रको अमूल्य योगदानलाई सबैले अन्तर आत्माबाट समिक्षा गर्नुपर्ने धारणा व्यक्त गरे । उनले नीजि क्षेत्रलाई केवल नाफामुखी र शक्तिकेन्द्रसँग नजिकको समूहका रूपमा चित्रित गर्ने प्रवृत्तिले समाज र निजी क्षेत्रबीचको विश्वास गहिरिदै गएकाले आपसी विश्वास वढाउन, नीजि क्षेत्रप्रतिको भ्रम चिर्न र यथार्थ उजागर गर्न यस प्रकारको कार्यक्रम ७ प्रदेशमा आयोजना गर्ने उल्लेख गरे ।

 प्यानल छलफलमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले निजी क्षेत्र अत्यन्त मेहनती, परिश्रमी तथा जोखिम लिन सक्ने क्षेत्र भएको उल्लेख गर्दै यस क्षेत्रको पछिल्लो समय गिरेको मनोबल उकास्न सरकार सहित सबै सरोकारवालाको साझा जिम्मेवारी रहेको बताउदै निजी क्षेत्रले राज्यको आर्थिक नीतिमा स्थिरता खोज्नु अत्यावश्यक रहेको स्पष्ट पारे ।

इन्सेकका पूर्व अध्यक्ष सुवोधराज प्याकुरेलले निजी क्षेत्रलाई जति थिचोमिचो गरे पनि हुन्छ भन्ने मनोवृत्ति विकास हुदै गएकोप्रति चिन्ता व्यक्त गर्दै निजी क्षेत्र कमजोर नभई सशक्त, सक्षम र सबल भएको सन्देश प्रवाह गर्न आवश्यक रहेको औल्याए । उनले कर्मचारीतन्त्रले निजी क्षेत्रलाई त्रस्त बनाइरहेको उल्लेख गर्दै राज्यले कर्मचारीतन्त्रलाई बलियो बनाउने नाममा निजी क्षेत्रलाई कमजोर बनाउने नीति त्याग्नुपर्ने धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले हरेक कालखण्डमा राज्यप्रति निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउदै यस क्षेत्रको आवाजलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिइन । यस्ता संवादका माध्यमबाट समाजका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूलाई एउटै मञ्चमा ल्याई सत्य उजागर गर्दै गलत धारणाहरूलाई चिर्दै आपसी विश्वास पुनःस्थापित गर्नुपर्ने उनको भनाइ थियो ।

उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुरानाले राज्यमा विद्यमान कानुनहरू सहज र निष्पक्ष रूपमा कार्यान्वयन हुने, राज्य सञ्चालन व्यक्ति वा दलबाट नभई पद्धति र विधिमा आधारित हुने अवस्था सिर्जना भए निजी क्षेत्रले कुनै दल वा राजनीतिक शक्तिको छायँ खोज्न नपर्ने बताए । उनले अबका दिनमा राजनीतिक दलहरूले निजी क्षेत्रलाई निष्पक्ष, सुरक्षित र भरोसायोग्य वातावरण प्रदान गर्न प्रतिबद्धता जनाउन अत्यावश्यक रहेको औंल्याए ।

मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले निजी क्षेत्र कमजोर हुदा रोजगारी, समाज र राष्ट्र नै कमजोर हुने भन्दै निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापना गर्न राज्यका हरेक निकायले आ–आफनो तर्फबाट जिम्मेवारीपूर्वक योगदान पु¥याउनुपर्ने विचार व्यक्त     गरे ।

युवा उद्यमी तथा एनिटाइम वारका प्रबन्ध निर्देशक सिद्धि अधिकारीले अब बन्ने सरकारले दीर्घकालीन औद्योगिक नीति निर्माण गरी विद्यमान कानुनहरूको सहज, पारदर्शी र प्रभावकारी कार्यान्वयन हुने वातावरण तयार पारे मात्र देशमा लगानीमैत्री वातावरण सिर्जना हुने धारणा राखिन । उनले यसबाट निजी क्षेत्रलाई आत्मविश्वासका साथ लगानी गर्न प्रेरित गर्ने र त्यसैका माध्यमबाट रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा समग्र आर्थिक समृद्धिको बाटो खुल्ने बताइन ।

कार्यक्रममा कोशी प्रदेशका जिल्ला÷नगर उद्योग वाणिज्य संघका अध्यक्ष्ँहरु, अर्थविद्धहरु, नागरिक समाजका प्रतिनिधिहरु, युवा तथा महिला उद्यमीहरु, उद्योगी÷व्यवसायीहरु, प्रदेश स्तरीय संघ÷संस्थाका अध्यक्ष्ँहरु लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।


विराटनगर माघ ९ गते । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा आज धुमधामका साथ वैदिक विधिद्वारा सरस्वती पूजा गरिएको छ । 

एभरेष्ट स्कुलका मन्टेश्वरी, सेकेण्डरी र कलेजका ब्लक परिसरमा छुट्टाछुट्टै मुर्ति स्थापना गरि वैदिक विधिद्वारा सरस्वतीको पूजा गरिएको   हो । 

हाम्रा धर्म र संस्कृति सबैको साझा सम्पति रहेको भन्दै विद्यालयका प्राचार्य टिकाराम पुरीले विद्यादातृ सरस्वतीको पूजा आरधना गर्दा विद्यार्थीहरुमा पनि छुट्टै उर्जा मिल्ने बताए । यस्ता पर्वहरुले धैर्यता, एकाग्रता र उर्जा समेत प्रदान गर्ने भन्दै उनले विद्यालयमा हरेक दिन सरस्वती बन्दना समेत गराउँदै आएको स्मरण गरे । 

विहानै विद्यालय पुगेका विद्यार्थीहरुले पण्डितजीले वाचन गरेका सरवती स्तोत्रमा प्रार्थना गर्दै पूजा गरेका छन् । सरस्वती पूजाका लागि विद्यार्थीसहित अभिभावकहरुको समेत सहभागिता थियो भने शिक्षक कर्मचारीहरुको समेत उपस्थिती थियो । 

विद्यालयका प्राचार्या पुरी र अध्यक्ष विनोद ढकालले मन्टेश्वरी ब्लकमा पूजा गरेपछि आरम्भ भएको सरस्वती पूजा माध्यामिक तह र कलेज परिसरमा भने विद्यार्थीहरुले आफै पूजा गरेका थिए ।


विराटनगर  माघ ८ गते । विराटनगर महानगरपालिकाको आयोजनामा जारी विद्यालयस्तरीय अण्डर–१६ मेयर कप फुटबल प्रतियोगितामा चार विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आदर्श माविको समन्वयमा माघ ६ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत बिहीबार शहीद रङ्गशालामा सम्पन्न क्वाटरफाइनल खेलबाट सेन्ट जोसेफ, डन बसको, जनता नमुना र आदर्श माध्यमिक विद्यालय अन्तिम चारमा पुगेका हुन् ।

क्वाटरफाइनलको पहिलो खेलमा सेन्ट जोसेफ माध्यमिक विद्यालयले मोडर्न एरा माध्यमिक विद्यालयलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय ग¥यो । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका सेन्ट जोसेफका अरविन्दराज गिरी ‘खेलको उत्कृष्ट खेलाडी’ घोषित भए ।

दोस्रो क्वाटरफाइनल खेलमा डन बसको माध्यमिक विद्यालयले बुढानीलकण्ठ माध्यमिक विद्यालयलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । डन बस्कोका शुभम कामतले प्रभावशाली खेल प्रस्तुत गर्दै ‘खेलको उत्कृष्ट खेलाडी’को उपाधि हात पारे ।

त्यसैगरी तेस्रो खेलमा जनता नमुना माध्यमिक विद्यालयले सनसाइन माध्यमिक विद्यालयलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश ग¥यो । खेलमा जनता नमुनाका दुर्लभ भुजेल उत्कृष्ट खेलाडी घोषित भए ।

अन्तिम क्वाटरफाइनल खेलमा आदर्श माध्यमिक विद्यालयले बीकेभीएम माध्यमिक विद्यालयमाथि विजय हासिल गर्दै अन्तिम चारको यात्रा तय ग¥यो । उक्त खेलमा आदर्शका योगेश राजवंशी ‘खेलको उत्कृष्ट खेलाडी’ बने ।

विराटनगर महानगरपालिकाले विद्यालयस्तरमै खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आयोजना गरेको प्रतियोगिताले विद्यार्थी खेलाडीको प्रतिभा उजागर गर्न सहयोग पुगेको आयोजकको भनाइ छ । प्रतियोगिता सोचेभन्दा निकै उत्कृष्ट रुपमा सञ्चालन भइरहेको आयोजक समितिका सदस्यसचिव आदर्श माविका प्राचार्य सन्तोष पोखरेलले जानकारी दिए ।


बिराटनगर २०८२ माघ ७ गत | उद्योग व्यवसाय, श्रम बजार तथा सीप विकासबीचको अन्तरसम्बन्धलाई थप मजबुत वनाई दक्ष जनशक्ति विकासमा सहयोग पु¥याउन उद्योग संगठन मोरङको आयोजना तथा सुन्दरहरैचा उद्योग वाणिज्य संघको समन्वयमा पूर्व सिकाईको मान्यतामा आधारित सीप परीक्ष्ँण तथा नया पेशा पहिचान सम्वन्धी परामर्श कार्यशाला माघ ०६ गते विराटचोकमा सम्पन्न भएको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै धेरै जनशक्तिसंग वर्षौंदेखि काम गरेर प्राप्त गरेको व्यवहारिक सीप भएपनि औपचारिक प्रमाणपत्र नभई रोजगारीका अवसर गुमाइरहेको वताए । उनले सीप परीक्षण तथा पूर्व सिकाइको मान्यता प्रणालीमार्फत यस्ता जनशक्तिलाई औपचारिक मान्यता प्रदान गर्ने साथै उद्योग व्यवसायले व्यवहारिक सीपयुक्त दक्ष जनशक्ति सहजै प्राप्त गर्नसक्ने वातावरण निर्माण हुने धारण राखे ।

कार्यक्रममा सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले वर्तमान युग व्यवहारिक सीप र क्षमताको भएतापनि उद्योगहरूले चाहेजस्तो जनशक्ति प्राप्त गर्न नसकिरहेको उल्लेख गरे । उनले रोजगारी खोज्ने व्यक्तिको सीप र उद्योगले खोजिरहेको सीपबीचको खाडल घटाउन सीपको मूल्याङ्कन तथा प्रमाणिकरण प्रणालीलाई प्रभावकारी बनाउदै उद्योगकोआवश्यकताअनुसारको श्रमशक्ति विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सिटीईभिटी कोशी प्रदेशका उपनिर्देशक दुर्गा प्रसाद ओझाले सीप परीक्षण तथा प्रमाणिकरण प्रणालीले अनुभवी तर अप्रमाणित श्रमिकहरूलाई योग्यताको औपचारिक प्रमाणपत्र प्रदान गर्ने बताउदै यसले श्रमिकको आत्मविश्वास बढाउनुका साथै उद्योगहरूलाई दक्ष जनशक्ति व्यवस्थापनमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।

त्यसैगरी कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख लक्ष्मी न्यौपानेले उद्योगमैत्री, व्यवहारिक र नतिजामुखी सीप विकास कार्यक्रमहरू सञ्चालनको आवश्यकता औल्याउदै उहाले स्थानीय तहमा रोजगारी सिर्जना तथा दिगो औद्योगिक विकासका लागि सरोकारवाला सबैबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरीन ।

कार्यक्रमका सहजकर्ता रामप्रसाद सापकोटाले यसप्रकारको कार्यक्रमले प्रतिस्पर्धी र सक्षम औद्योगिक वातावरण निर्माणमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे । अर्का सहजकर्ता अजिप चापागाईले पूर्व सिकाइको मान्यता प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै श्रम बजारको माग अनुसार सीप विकास गर्नु आजको आवश्यकता रहेको औल्याए ।

विभिन्न पेशामा आवद्ध पेशाकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा पूर्व सिकाई मान्यतामा आधारित सीप परिक्ष्ँणका लागि आवेदन फारम आगामी माघ १२ गते खुल्ने र उक्त आवेदन फारम सिटीईभिटी, एनएसटिबी, र सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको वेवसाईटमा उपलब्ध हुने उद्योग संगठन मोरङले जनाएको   छ ।


विराटनगर माघ ४ गते । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग आइतबार विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा सिद्धार्थ स्पोटिङ क्लव र विराट क्रिकेट एकेडेमि विजयी भएका छन्         ।

पहिलो खेलमा डाइनामकि क्रिकेट एकेडमिलाई सिद्धार्थले ७३ रनको फराकिलो अन्तरले पराजित गर्दै २ अंकका साथ समुह वि को शिर्ष स्थानमा रहेको छ ।  यहि समुहमा २ खेल खेलेको कटहरीले १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ दोस्रो, डाइनामिकले पनि  १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ तेस्रो र लायन क्रिकेट एकेडेमि खेलेको १ खेलमा पराजित हुँदै लिगको पुछारमा रहेको छ ।

टस हाररे ब्याटिङको निम्तो पाएको सिद्धार्थले निर्धारित १८ ओभरमा ८ विकेट गुमाई १ सस ३७ रनको योगफल तयार पारेको थियो । सिद्धार्थकालागि अटल साहले रिटायर हर्ट हुनु पूर्व ४४ रन बनाएका थिए । अटलबाहेक फिर्दोस अन्सारीले ४० रन र  रविन मण्डलले २९ रनको योगदान दिए । डाइनामिकका एसएस झाले ३ विकेट लिँदा विवेक झाले २ विकेट लिए ।

जवाफमा १ सय ३८ रनको लक्ष्य पछ्याएको डाइनामिकले १५ ओभरमा सवै विकेट गुमाई ६४ रनमा सिमित हुन पुग्यो । डाइनामिकका सुभाष राँयले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरा अंकलाई छुन सकेनन् । सिद्धार्थका फिर्दोस अन्सारीले ३ विकेट लिँदा दुर्गेस मल्लिकले २ विकेट तथा दिेपेश कँडेल र निरज मुखियाले १–१ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच सिद्धार्थका फिर्दोस अन्सारी घोषित भए ।

सुमुह ए अन्तरगत भएको पहिलो खेलमा विराट क्रिकेट एकेडमिले इलाइट क्रिकेट क्लवलाई ५१ रनको स्कोरले पराजित गर्दै २ अंक जोडेको छ ।

टस जितेर ब्याटिङ गरेको विराटले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सस ४१ रनको योगफल तयार पारेको थियो । विराटकालागि विशाल ढकालले अविजित ६० रनको योगदान दिँदा दिपक पासवानले १९ रन र लव कामतले १५ रनको योगदान दिए । इलाइटका  सोनु सिंहले २  विकेट लिँदा हरेराम सिंह र राजु विश्वकर्माले २–२ विकेट लिए ।

जवाफमा १ सय ४२ रनको लक्ष्य पछ्याएको इलाइटले १८ दशमलव २ बलमा सवै विकेट गुमाई ९० रनमा सिमित हुन पुग्यो । इलाइटका चतुरानन्द मेहताले १८ रन बनाउँदा सागर मल्लिकले पनि १८ रन बनाए । विराटका महबुब इराकीले ३ विकेट लिँदा श्रवण यादवले पनि ३ विकेट लिए । त्यस्तै दिपक पासवानले २ विकेट आत पारे  ।  खेलको प्लेयर अफ द म्याच विराट विशाल ढकाल घोषित भए ।

सोमबारको पहिलो खेल सिद्धार्थ स्पोर्टिङ क्लव र कटहरी क्रिकेट एकेडेमि तथा दोस्रो खेल विराट क्रिकेट एकेडेमि र विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमि विच प्रतिस्पर्धा हुने छ ।


विराटनगर  माघ  ३ गते । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग शनिबार विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा डाइनामिक क्रिकेट एकेडेमीले विजयी शुरुवातटट गरेको छ । ।

डाइनामकिले कटहरी क्रिकेट क्लब एकेडेमीलाई ३ विकेटले पराजित गरेको छ । 

टस जितेर ब्याटिङ गरेको कटहरीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सस १८ रनको सामान्य योगफल तयार पारेको थियो । कटहरीकालागि प्रसिद्ध मण्डलले ३५ रन बनाउँदा आइसटेन रिजालले २४ रनको योगदान दिए । डाइनामकिका विवेक झाले २ विकेट लिँदा विकाश कामत एसएस झा र सुवास राँयले १–१ विकेट लिए ।

जवाफमा १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको डाइनामीकले १९ ओभरमा ७ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । डाइनामीकका रवि राँयले अविजित २९ रन जोड्दा रोशन कामतले २२ रन जोडे । कटहरीका अभय कामतले ३ विकेट लिँदा सुमित यादव र रणधिर कामतले १–१ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच डाइनामीकका विवेक झा घोषित भए ।


विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी  स्कुलमा आजदेखि वार्षिक स्पोर्ट्स मीट सुरु भएको छ । सप्ताहाब्यापी कार्यक्रमको आज पहिलो दिन नर्सरी देखिकक्षा तीनसम्मका विभिन्न स्पर्धाहरुभएको थियो ।

विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार कक्षा नर्सरीका लागि ‘ब्यालेन्स रेस’, ‘स्वीट रेस’ र ‘म्यूजिकल चेयर’ का स्पर्धा हुनेछन् ।

यस्तै एलकेजीका विद्यार्थीहरुको ‘स्वीटर रेस’ र ‘वेट पौरिङ’ का स्पर्धा हुन्छन् । भने यू केजीका विद्यार्थीहरुको बेलुन फुटाउने, ‘रेडि टु स्कुल’ ‘म्यूजिकल चेयर’ र ५० मिटर दौडका स्पर्धा हुनेछन् ।

कक्षा एक का विद्यार्थीहरुको बोतल भर्ने स्पर्धा, ‘म्यूजिकल चेयर’, ‘म्याथ रेस’, सियोमा धागो छिराउने स्पर्धा र ५० मिटर दौड हुने छ ।

यस्तै कक्षा दुई र तीनका विद्यार्थीहरुको ५० मिटर र १०० मिटर दौड तथा ‘म्याथ रेस’ र ‘मार्वल एण्ड स्पून रेस’ का स्पर्धा हुने डंगोलले बताइन । स्पोर्टस् मीट अन्तर्गत कक्षा ४ र ५ का विद्यार्थीहरुको १०० मिटर, २०० मिटर दौड, ‘म्याथ रेस’ ‘मार्वल एण्ड स्पून रेस’ हुने विद्यालयले जनाएको छ ।

कक्षा ६ र ७ का विद्यार्थीहरुको लङजम्प, १०० मिटर, २०० मिटरको दौड हुनेछ । यस्तै ६ र ७ का विद्यार्थीहरुको १०० गुणा ४ रिले समेत हुनेछ ।

कक्षा ८ र ९ का विद्यार्थीहरुको लङजम्प, ज्याभ्लिन थ्रो, सटपुट, भलिबल, दौडका विभिन्न स्पर्धा, ट्रिपलजम्प हुनेछन् । प्रतियोगिता अन्तर्गतका कतिपय विधामा छात्र तथा छात्राहरुको छुट्टाछुट्टै स्पर्धाहरु हुने अतिरिक्त कृयाकलाप इन्चार्ज डंगोलले बताइन । उनका अनुसार ७ गतेसम्म सञ्चालन हुने स्पोर्टस् मीटका विजेता खेलाडीहरुलाई विद्यालयको वार्षिकोत्सवका अवसरमा पुरस्कार प्रदान गरिने छ ।


काठमाडौं, पुस  ३० गते । विदेशमा बस्ने मधेशीहरुको छाता संगठन मधेसी एकता समाजको यूएई शाखाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको छ ।

यूएईको फुजैराहस्थित मसाफी क्षेत्रमा आइतबार आयोजित कार्यक्रममा समाजको यूएई शाखाले नयाँ कार्यसमिति गठन गरेको हो ।

समाजको यूएई शाखाका निवर्तमान अध्यक्ष रोशन देवले अध्यक्षता गर्नुभएको कार्यक्रममा समाजका अन्तर्राष्ट्रिय समिति अध्यक्ष डा. रविन्द्र कुमार यादव प्रमुख अतिथि हुनुहुन्थ्यो ।

नयाँ कार्यसमितिमा शैलेन्द्र कुमार राय अध्यक्ष, अफरोज हुसैन, मनीष कर्ण, धर्मेन्द्र मण्डल र सन्दीप यादव उपाध्यक्ष, रामपुकार यादव र रामअयोध्या साह सहअध्यक्ष, कृष्णकुमार साह महासचिव, अभिमन्यु यादव कोषाध्यक्ष, विक्रम साह युवा संयोजक र भोला पासवान सांस्कृतिक संयोजकमा चयन हुनुभएको छ ।

कार्यक्रममा यूएईमा बसोबास गर्दैआएका मधेसी समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा समाजको यूएई शाखाका पूर्व अध्यक्ष धर्मेन्द्र गोहीवर, अन्तर्राष्ट्रिय सल्लाहकार तन्मिर आलम, शहनवाज अख्तर, फैसल हुसैन, लाल सिंह, जिवछ साह, सुनील पुर्बे, अमित शर्मा, तथा समाजको बिजनेस काउन्सिलका अध्यक्ष कवीन्द्र यादवलगायतको उपस्थिति रहेको थियो ।

त्यस अवसरमा नयाँ वर्ष २०२६ को अवसरमा बनभोज कार्यक्रम पनि आयोजना गरिएको थियो । बनभोजमा मधेशी समुदायका विभिन्न खाद्य परिकारसहितको सामूहिक भोजन तथा आपसी भेटघाटसम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो ।


विराटनगर पुस २९ गते । बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (BMCTH) को सभागृहमा दुई दिनसम्म सञ्चालित 'बिराट सर्जिकल अपडेट्स २०२६' कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। पोस्ट ग्रेजुएट एमएस (जनरल सर्जरी) रेजिडेन्टहरूका लागि आयोजित यो Exam Oriented Crash Course काठमाडौं बाहिर पहिलो पटक सञ्चालन भएको हो।

बहुविषयक शैक्षिक शल्यचिकित्सा कार्यक्रमको रूपमा आयोजित 'बिराट सर्जिकल अपडेट्स २०२६' को मुख्य उद्देश्य शल्यचिकित्सा सम्बन्धी नवीनतम ज्ञान, सीप र प्रगतिहरू साझा गर्नु रहेको थियो।

उक्त कार्यक्रममा जनरल सर्जरी, जीआई सर्जरी, युरोलोजी, न्युरोसर्जरी र प्लास्टिक सर्जरी लगायत विभिन्न विभागहरूको सहभागिता रहेको थियो। आधुनिक शल्यचिकित्सामा टोलीगत दृष्टिकोणको महत्त्व झल्काउँदै एनेस्थेसिया र रेडियोलोजी विभागले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा देशभरका प्रतिष्ठित चिकित्सा शिक्षण संस्थाहरूबाट शिक्षक-चिकित्सकहरूको सहभागिता रहेको थियो। जसमा IOM (Institute of Medicine) TU, TUTH (Tribhuvan University Teaching Hospital), KIST मेडिकल कलेज, KUMS (Kathmandu University Medical School), COMS (College of Medical Sciences) चितवन, UCMS (Universal College of Medical Sciences) भैरहवा, Manipal मेडिकल कलेज पोखरा, MIHS (Madhesh Institute of Health Sciences) जनकपुर, BPKIHS (बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान), नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र BMCTH (बिराट मेडिकल कलेज टिचिङ हस्पिटल) का प्रतिष्ठित शिक्षक-चिकित्सकहरू सामेल थिए।

कार्यक्रमका संयोजक एवं वरिष्ठ सर्जन प्रोफेसर डा. रोहित प्रसाद यादवका अनुसार, कार्यक्रममा ७० जना जुनियर रेजिडेन्ट र ३३ जना प्राध्यापक सर्जनहरूको सहभागिता रहेको थियो।

प्रोफेसर डा. यादवले यो गहन दुई दिने तालिमको उद्देश्य स्पष्ट गर्दै भन्नुभयो, "आगामी पीजी परीक्षाका लागि आवश्यक अवधारणा, प्रक्रियाहरू र अद्यावधिक दिशानिर्देशहरूको केन्द्रित र उच्च-उत्पादक समीक्षा प्रदान गरी शल्यचिकित्सा परीक्षाको तयारीलाई सुव्यवस्थित बनाउनु यसको मुख्य लक्ष्य हो।"

कार्यक्रममा सहभागी हुनेहरूका लागि खाने बस्ने व्यवस्था निःशुल्क रूपमा उपलब्ध गराइएको थियो। प्रोफेसर डा. यादवले आगामी दिनहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सम्मेलनहरू पनि आयोजना गर्ने योजना रहेको बताउनुभयो।


विराटनगर पुस २८ गते । विराट आदर्श साहित्य मञ्चको अध्यक्षमा पुनः कटवाल दीपक चयन भएका छन् । आइतबार विराटनगरमा भएको सातौँ राष्ट्रिय महाधिवेशनबाट कटवाल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । यसैगरी उपाध्यक्षमा माधव काफ्ले र सुस्मिता रेग्मी, सचिवमा जिवन निरौला, सह–सचिवमा आभाष कोइराला, विनीता खत्री, कोषाध्यक्षमा नगेन्द्र खड्का, सह–कोषाध्यक्षमा रामचन्द्र मेहता चयन भएका छन् ।
 

यस्तै मिडिया संयोजकमा मोहन ढकाल चयन भएका छन् । सदस्यहरूमा आशिका कटवाल, अजय मण्डल, स्वस्तीका मल्ल, एलिसा गुरुङ, अर्चना थापा, आकृती फुयल र एलिजा ठाकुर चयन   भए । यसैगरी सविता बाँस्तोला, सुवास शाह, हिमाल पोख्रेल, श्रीजेस कट्टेल, लकेश दंगाल, सन्दिप बराल, सन्तोष मेहता, नमुना आचार्य, आमोस राई र एलिसा गुरुङ पनि सदस्यमा चयन भएका छन् । 

मञ्चको सल्लाहकारमा भेषराज पोख्रेल, प्रम सुवाल, इन्द्र राई, रोहितजंग थपलिया र अर्जुन बस्नेत चयन भएका छन् । उनीहरूलाई प्राज्ञ विवस पोख्रेल, प्राज्ञ गंगा सुवेदी, मंचका संरक्षक मीनकुमार नवोदित लगायतले निर्वाचित भएको परिचय पत्र प्रदान गरेका थिए । कार्यक्रमका वक्ताहरूले मञ्चले गर्दै आएका गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा थप काम गर्न सुझाव दिएका थिए । कार्यक्रममा प्याब्सन कोशी प्रदेशका कोषाध्यक्ष प्रेम सुवाल, हिसान मोरङका सल्लाहकार दिनेश दाहाल, वरिष्ठ उपाध्यक्ष टिएन तिम्सिना, मोरङका ट्राफिक प्रमुख सन्तोष न्यौपाने, साहित्यकार लगायतको उपस्थित थियो । 

 


धरानपुस २७ गते ।इलाका प्रहरी कार्यालय धरान सुनसरीले धरान उप-महानगरपालिका-१६ स्थितबाट प्रतिबन्धित औषधी ९ हजार ९ सय १० क्याप्सुल सहित २ जनालाई   पक्राउ गरेको छ । पुस २७ गते बिहान खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१६ स्थितमा को १८ प ४२५६ नम्बरको मोटरसाईकललाई शंका लागी चेकजाँच गर्दा चालक कोशी गाउँपालिका-१ का २३ वर्षिय रोशन झाँ र १८ वर्षिय जय प्रकाश यादवको साथबाट प्रतिबन्धित औषधी ९ हजार ९ सय १० क्याप्सुल फेला पारी नियन्त्रणमा लिएको हो । 

प्रतिबन्धित औषधी सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ ।


संखुवासभा, पुस २४ गते । संखुवासभाको सिलिङचोङ गाउँपालिका(४ स्थितमा रहेको प्रहरी चौकी माङ्तेवा संखुवासभाको नवनिर्मित कार्यालय भवनको समुद्‍घाटन भएको छ । पुस २४ गते आयोजित कार्यक्रमका विच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा चौकीको भवन समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको हो । भवन समुद्‍घाटन पश्चात कार्यक्रमलाई सम्बोधनको क्रममा प्रमुख अतिथि घिमिरेले हिमाली तथा पहाडी दुर्गम बस्तीमा बसोवास गर्ने नागरिकहरुको सुरक्षामा अहोरात्र खटिदै आएको प्रहरीको दैनिकि नव निर्मित भवनबाट थप सहज हुने बताउँदै नयाँ भवन प्राप्त भए संगै आगामि दिनहरुमा प्रहरीद्वारा प्रदान गरिने सेवाका साथै अपराध नियन्त्रण तथा अनुसन्धान कार्यमा समेत थप प्रभावकारी हुने उपस्थित सम्पुर्णमा विश्वास दिलाउनु भयो । साथै वहाँले प्रहरी चौकीमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई कर्तव्यनिष्ठ, अनुशासित, इमानदार र सेवाभावका साथ नागरिकको मनोभावनालाई उच्च सम्मान गर्दै प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि घिमिरेले भवन निर्माण कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा सहयोग पुर्‍याउनु हुने महानुभावहरुलाई हार्दिक आभार व्यक्त गर्दै निस्शुल्क जग्गा उपलब्ध गराउनु हुने जग्गा दाता दम्पति देउ लक्ष्मी राई र पुर्ण कुमार राईलाई दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।

समुद्‍घाटन कार्यक्रममा संखुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, सिलिङ्चोङ गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङ, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनाली, स्थानीय जनप्रतिनिधिहरु, संचारकर्मी, स्थानिय बासी लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

८ कोठा भएको अढाई तले उक्त भवन १ करोड ७७ लाख ६७ हजार ४ सय ९६  रुपैयाको लगतमा नेपाल सरकारको नियमित बजेटमा निर्माण कार्य सम्पन्न भएको हो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.