Websoft University
November 2025


विराटनगर  मंसिर १४ गते । आइतबार विराटनगरस्थित अरनिको कलेजमा छुट्टै माहोल थियो । हलभरि भेला भएका विद्यार्थी कोही ताली बजाएर हुटिङ गरिरहेका थिए त कोही कविता सुनाउँदै थिए ।

विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित खुल्ला कविता प्रतियोगिताले आइतबार अरनिको कलेज साहित्यमय बनेको थियो । नेपाली र अंगेजी दुवै भाषामा बेग्ला–बेग्लै आयोजित प्रतियोगितामा ३५ जना प्रतिस्पर्धीलाई पछि पार्दै अंग्रेजी भाषातर्फ अभिषेक साह र नेपाली भाषातर्फ आयुष पोखरेल प्रथम भए । कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार भरत बर्बरिङ सम्मिलित निर्णायक समितिले पुरस्कृतहरूको नाम घोषणा गरेको थियो । प्रतियोगितामा अंग्रेजी भाषातर्फ नेहाकुमारी झा द्वितीय हुँदा जावेद अख्तर र आरोही ढकाल तृतीय भए । निर्णायक समितिले अख्तर र ढकालको बराबरी नम्बर आएका कारण दुवैलाई तृतीय पुरस्कार दिने निर्णय गरेको थियो ।

त्यस्तै नेपाली भाषातर्फ सुम्निमा न्यौपाने द्वितीय हुँदा मनास्लु कोइराला तृतीय भइन् । प्रतियोगितामा सहभागी विद्यार्थीले राजनैतिक विकृति, विसंगति, भ्रष्टाचार, जातीय विभेद, गरिबी, युवा पलायन, बलात्कारलगायतका विषयमा केन्द्रित रहेर लेखेका कविताहरू वाचन गरेका थिए ।

क्याम्पसका सञ्चालक भरतराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य राजेश कार्की, सञ्चालक उमेन्द्र लुइँटेल, डा. भविन्द्र निरौला, अतिरिक्त क्रियाकलापका संयोजक विमल भट्टराई, निर्णायकद्वय मीनकुमार नवोदित, भरत बर्बरिकलगायतले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि यस्ता मञ्च महत्वपूर्ण हुने बताए । उनीहरूले आफूभित्र रहेको प्रतिभालाई उजागर गर्न विद्यार्थीलाई आग्रहसमेत गरे ।

कोशी प्रदेशकै उत्कृष्ट कलेजका रुपमा रहेको अरनिकोले बेला–बेला कवितासहित वादविवाद, वक्तृत्व, हाजिरीजवाफ, गायन, नृत्य, खेलकुदलगायतका प्रतियोगिताहरू आयोजना गर्दै आएको छ । कलेजले अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई उच्च प्राथमिकतामा राख्दै आएको प्राचार्य राजेश कार्कीले दाबी गरे ।


विराटनगर मंसिर १३ गते । प्याब्सन सुनसरीले आयोजना गरेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा कालाबन्जारकी प्रेरणा जैसवाल प्रथम भएकी छन् । कालाबञ्जारस्थित मुन विम एकेडेमीमा अध्ययनरत प्रेरणाले १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेकी हुन् ।

‘सामाजिक सञ्जाल अवसर कि चुनौती’ शीर्षकमा आयोजित प्रतिस्पर्धामा उत्कृष्ट विचार प्रस्तुत गरेर जैसवाल सुनसरी जिल्ला प्रथम भइन् । शुक्रबार दुहबीमा आयोजित प्रतिस्पर्धामा रामधुनीस्थित पिङ्क लोटस स्कुलकी अग्रिमा कार्की द्वितीय, द मार्टर सेकेण्डरी स्कुल इनरुवाकी कृसला पोखरेल तृतीय र इटहरीस्थित मोडन प्रिपेटोटरी स्कुलकी खुशी विष्टले चौथो स्थान प्राप्त गरिन् ।

कवि एवं पत्रकार मीनकुमार नवोदित, साहित्यकार हरि कट्टेल र शिक्षक विशालकुमार भट्टराई सम्मिलित निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो ।

प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सुनसरी प्याब्सनका वरिष्ठ सल्लाहकार शंकर थापा, प्याब्सन कोशी प्रदेशका सल्लाहकार विष्णु कोइराला, दुहबी नगरपालिकाको शिक्षा शाखा प्रमुख विकास घिमिरे, प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष रमेश कार्की, मुख्य निर्णायक मीनकुमार नवोदित, निर्णायक हरि कट्टेललगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

स्कुलबाट छनौट भएका विद्यार्थीले पालिकास्तरमा र पालिकाबाट छनौट भएका विद्यार्थीले जिल्लास्तरमा प्रतिस्पर्धा गरेका थिए ।

वक्तृत्वकला प्रतियोगितालगायतका अतिरिक्त क्रियाकलापले विद्यार्थीको ज्ञानको भण्डारलाई व्यापक बनाउने कार्यक्रमका वक्ताहरुले बताएका थिए । प्याब्सनले विद्यार्थीहरुको अध्ययनसँगै चौतर्फी विकासका लागि क्यालेण्डर नै बनाएर विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने गरेको प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालले जानकारी    दिए ।

 

 


विराटनगर मंसिर १३ गते | ( गणेश लम्साल) जनयुद्धकालदेखी सेवा दिदै आएको बताउने मनोसमाजिक विमशकर्ता (सोसल काउन्सिलर) हरुले  सरकारबाट विभेदमा परेको भन्दै सर्बोच्च अदालतमा रिट दर्ता गराउने भएका छन ।

विभिन्न संघसँस्था आवद्ध भएर र व्यक्त्तिगत रुपमा जनयुद्ध कालदेखी द्धन्द्ध पिडित, हिासामा परेका महिला , बालबालिका , विपद पिडित , अपांगता ,दुब्यर्सन भएका व्यक्त्ति र उनीहरुको परिवारलाई  मनोमासमिजक विमर्श सेवा दिदै आएको तर पछिल्लो समय पालिकाहरुमा नियुक्त्त गर्दा अनुभव भएका दक्षहरुलाई वेवास्ता गरेर गलत विज्ञापन प्रकाशित गरि नियुक्त्तिमा विभेद गरेको भन्दै मनोविमर्शकर्ताहरुले न्यायका लागि सर्बोच्चमा रिट दर्ता गराउनेभ भएका हुन ।  

देशभरका पालिकाहरुले बैदेशिक रोजगारमा जाने र फर्केहरुकालाई मनोविमर्श प्रदान गर्न सामी र रेमी परियोजनाका लागि पालिकाहरुमा मनमोविमर्शकता नियुक्त्त गर्दा गलत विज्ञापन नै गलत प्रकाशितत गरेको र दक्ष अनुभवीलाई प्राथमिकता दिनुको साटो पालिकाहरुले राजनीतिकरण गरेर आआफना मान्छे नियुक्त्त गराउन चलखेल गर्नेगरेको आरोप मनमोविमर्शकर्ताहरुको छ । 

नेपालको पदिय मर्यादा अनुसार प्रमाणपत्र तह अध्यन गरेर सिटिभटीबाट छ महिना तालिम लिएकाहरु पाँचौ तहको मनमोविमर्शकर्ताका लागि योग्य हुनेभएपनि उनीहरुलाई पुरै उपेक्षा गरेर सरकारले रेमी परियोजनाको लागि पाँचौ तहको विज्ञापनगर्दा शैक्षिक योग्यता स्नातक तह राखेर नीति विपरित कार्य गरेको पुराना मनोविशर्मकर्ताहरुले बताएका छन।    

उनीहरुले पालिकाहरुले विज्ञापन सच्याएर अनुभवीहरुलाई  नियुक्त्तिमा प्राथमिकता दिनुपर्ने , सघ र प्रदेश सरकारले मनोसमाजिक विमर्श सेवा दिदै आएका सोसल काउन्सिलरहहरुको नेटवर्क बनाएर सूचीकृत गर्नुपर्ने , सरकारले आवश्यकपरे नेपाल स्वास्थ्य प्रशिक्षण केन्द्र मार्फत पुरानालाई थप तालिम दिएर दक्षताको प्रमाणपत्र दिनुपर्ने र देशभरका स्वास्थ्यकेन्द्रहरुमा एक जना मनोसमाजिक विमर्शकर्ता नियुक्त्त गरिनुपर्ने माग गरेका छन । 

आजकल घरघरमा मानसिक स्वास्थ्य समस्या बढिरहेकोले मनोरोग र मानसिक स्वास्थ्यबारेको भ्रम र अन्धविश्वास हटाउन , रोगीहरुलाई अस्पताल सम्म उपचारका लागि पुरयाउन र विरामी र उसको परिवारलाई आधारभुत काउन्सिलिङ गर्न पनि तालिम प्राप्त अनुभवी मनमोविमर्शकर्ताहरु प्रयोग गर्नुपर्ने माग उनीहरुको छ ।

मनोविशर्मकर्ता नेटवर्कका राष्ट्रिय संयोजक विजयशरण आचार्यका अनुसार हाल देशभरि करिब ३ हजार जना पुराना मनोविमशकर्ताहरु    छन । जसमध्ये कोशीमा ९३ जना र देशभरमा १३ सय जना मनमोविमर्शकर्ताहरुक राष्ट्रिय नेटवर्कमा आवद्ध भैसकेका छन । थप आवद्ध हुनेक्रम बढिरहेको छ ।

संयोजक आचार्यका अनुसार नेपालमा शसस्त्र द्धन्द्ध सुरु भएपछि सन २००२देखी द्धन्द्ध पिडित र महिला र वालबालिकाहरुका लागि नेर्वे सरकारकारको सहयोगमा साईको सोसल काउन्सिलिङ (मनोसमाजिक विमर्श) सेवा सुरु भएको हो । त्यहिबेलादेखी समाजिक कार्यकर्ताहरुले संघसँस्था वा व्यक्त्तिगत रुपमा देश र विदेशमा गएर ६ महिने मनमोविशर्मकर्ताको तालिम लिए ।पछि मनोविमश सेवालाई व्यवस्थित बनाउन सिटिभिटीले छोटो अवधिको ६ महिने कोर्ष तयार गरेर तालिम दिनथाल्यो ।

 यसैले समाजिक कार्यकर्तामात्र नभएर धेरै स्वास्थ्यकर्मीहरुले समेत उक्त्त कोर्ष अनुसारको तालिम लिएर सेवा दिन थाले । तर गत १ बर्षदेखी सरकारले बैदेशिक रोजगारीमा जाने र फर्केनेहरुलाई मनोविमर्श प्रदान गर्न सरकारले सञ्चालन गरिरहेको सामी र रेमी परियोजना मार्फत पालिकाहरुमा स्नातक तहको शैक्षिक योग्यता राखेर विज्ञापन प्रकाशित गरि नयाँ व्यक्त्तिलाई  तालिम दिएर पाँचौ तहको सेवा सुबिधादिनेगरि  नियुक्त्ति गर्न थालेको छ ।

 ‘सिटीभिटीको कोर्षबाट तालिम लिएकाहरुलाई बाइपास गर्दै गलत विज्ञापन प्रकाशित गरेर नयाँ व्यक्त्तिलाई मनोविमर्शकर्ता नियुक्त्त गर्नेकाम गलत मात्र नभएर सरकारले हामीमाथि गरेको विभेद पनि हो । ‘यसैले हामी एक दुईदिनभित्रे सर्बोच्चमा न्याय माग्दै रिट दर्ता गराउदैछौ ’, राष्ट्रिय संयोजक आचार्यले भने ।  उनले सर्बोच्चसँगै सातवटै प्रदेशमा जेटवर्क विस्तार गरिसकेकोले प्रदेश सरकारहरुलाई पनि पुराना दक्ष मनमोविमर्शकर्ताहरु खोजी गरेर सूचीकृत गर्न नेटवर्क लागिपर्ने बताए । संयोजक आचार्यले भने , ‘हामीले अप्ठेरो अवस्थादेखी अहिलेसम्म सेवा दियौ तर अहिले आएर अलपत्र परयौ यो सरकार अन्याय हो संघ र प्रदेश सरकार सबैले हाम्रोबारे सबेदनशिल हुनैपर्छ ।’,

नेपाल स्वास्थ्य तालिम केन्द्र कोशीका निर्देशक गजेन्द्र यादवले मनोविमर्शकर्ताहरुलाई संरक्षण गर्नुपर्छ भन्नेबारे सरकारले विस्तारै महशुस गर्नथालेको तर यसका लागि नीति बनिनसकेको बताए । उनले  स्वास्थ्य प्रशिक्षण केन्द्र र सिटिभिटीको समन्व्य नहुदा पनि ग्याप हुन गएको हो भने । तालिम केन्द्र धनकुटाका निर्देशक यादवले भने ,  ‘यो व्यवहारिक समस्या मात्रै हो यसैले संघले कार्यविधि बनाएर परिपत्र गरयो भने प्रदेश तहबाटै विमर्शकर्ताहरुको समस्या समाधान हुन्छ , हामी थप तालिम दिएर दक्षताको प्रमाणपत्र पनि दिन्छौ अनि सरकारले सूचीकृत पनि गर्छ । ’

कोशी प्रदेश स्वास्थय मन्त्रालयका सचिव डा यदुचन्द्र घिमिरेले संघिय सरकारले चासो दिन छुटाउँदा पुराना मनोसमाजिक विमर्शकर्ताहरुको समस्या सम्बोधन हुन छुटेको हो भने ।  तर उनले सरकारको काउन्सिलबाट स्विकृती लिएकाहरु मत्र सोसल काउन्सिल बन्न पाउने नीति भएकोले त्यो मापदण्ड सबैले पालना गर्नुैपर्ने बतााए ।

 सचिव घिमिरेले भने ,  ‘सेवा दिइरहेकाहरु सबै काउन्सिलर होइनन उनीहरुले सरकारले तोकेको मापदण्ड पुरा गर्नेपर्छ र प्रदेश तहमा पुराना काउन्सिलरलाई सूचीकृत गर्नेबारे कुनै नीति पनि छैन ।’ तर  पुराना मनोविमर्शकर्ताहरुले चाँही कित सरकारले हाम्रा लागि काउन्सिल गठन गराइदिनुपरयो कि काउन्सिलरहरुको बर्गीकरण गरेर हामीलाई सूचीकृत गराउनुपरयो भन्ने माग गरेका छन । 

मनोविमर्शकर्ता मन्जिता उपाध्याय भन्छिन  ‘देशमा दिनगुना रात चौगुनाले मानसिक स्वास्थ्य समस्या बढिरहेको तर अझै  नेपालमा सबै डिग्री र पिएचडी गरेका साईकोलोजिष्ट क्लिनिकल काउन्सिलरहरु उपलब्ध छैनन  यसैले तालिम लिएका अनुभवी काउन्सिलरहरुलाई सरकारले अपग्रेड गरेर सूचीकृत गरेर परिचालन गर्नुपर्छ । ’


काठमाडौं मंसिर १३ गते | नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चलचित्र कलाकार संघबीच काठमाडौंमा मैत्रीपूर्ण फुत्सल खेल सम्पन्न भएको छ। महासंघको खेलकुद तथा मनोरञ्जन फोरमद्वारा आयोजना र कलाकार संघद्वारा संयोजन गरिएको उक्त मैत्रीपूर्ण खेलमा दुवै संस्थाका प्रतिनिधिहरू सक्रिय रूपले सहभागी भएका थिए।

 खेलको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले यस्ता मैत्रीपूर्ण खेलहरूले आपसी सम्बन्ध, समन्वय तथा सहकार्यलाई मजबुत बनाउने बताएका थिए। उनका अनुसार संस्था–संस्थाबीच शान्ति, समझदारी र सकारात्मक उर्जा साटासाट गर्न यस्ता गतिविधि महत्त्वपूर्ण हुने भएकाले कलाकार संघसँगको सहकार्यमा आयोजना गरिएको फुत्सल खेल उदाहरणीय कदम हो।

खेलमा महासंघतर्फबाट अध्यक्ष ढकालसहित उपाध्यक्षहरू तथा पदाधिकारीहरूको उपस्थिति थियो भने कलाकार संघतर्फबाट कप्तान शिव श्रेष्ठ, धिरेन शाक्य, अध्यक्ष मोहन निरौला, पूर्व अध्यक्ष रविन्द्र खड्का, राजकुमार राई, चलचित्र पत्रकार समिर बलामी, प्राविधिक पुष्कर लामा, निर्देशक जनकदीप पराजुली, हाल सञ्चालक गोपाल काजी कायस्थ, चक्रबहादुर चन्द, गजित बिष्ट, राजिव मानन्धर, राज कटुवाल, अस्मिता रनपाल, पवित्रा आचार्य, रोशन श्रेष्ठ, रोहित रुम्बा, डीबी आले, सुगम कटुवाल, अंकृष्ट प्रधान, सुनिल कटुवाललगायत अन्य कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

मैत्रीपूर्ण रूपमा खेलिएका तीन खेलमध्ये दुई खेल बराबरीमा टुंगिएका थिए भने तेस्रो तथा अन्तिम खेलमा महासंघले कलाकार टोलीलाई ७–४ को अन्तरले पराजित गर्दै जित हात पारेको थियो। कलाकारतर्फबाट सुगम कटुवालले उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गरे भने अस्मिता रनपालले १ गोल योगदान दिए। खेलको आयोजना महासंघको खेलकुद तथा मनोरञ्जन फोरमका सभापति हरि बहादुर कार्कीको सभापतित्वमा गरिएको थियो भने कलाकार संघतर्फबाट कोषाध्यक्ष सुनिल कटुवालले संयोजन गरेका थिए।

मैत्रीपूर्ण फुत्सलले आपसी भाइचारा, मित्रता, सद्भाव र सहकार्यलाई अझ प्रगाढ बनाएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए। यस्तो खेलकुदले दुई संस्थाबीच सकारात्मक ऊर्जा आदान–प्रदान गर्ने सुनौलो अवसर सिर्जना गरेको उनको भनाइ छ।


विराटनगर मंसिर १२ गते । प्याब्सन सुनसरीले आयोजना गरेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा कालाबन्जारकी प्रेरणा जैसवाल प्रथम भएकी छन् । कालाबञ्जारस्थित मुन विम एकेडेमीमा अध्ययनरत प्रेरणाले १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेकी हुन् ।

‘सामाजिक सञ्जाल अवसर कि चुनौती’ शीर्षकमा आयोजित प्रतिस्पर्धामा उत्कृष्ट विचार प्रस्तुत गरेर जैसवाल सुनसरी जिल्ला प्रथम भइन् । शुक्रबार दुहबीमा आयोजित प्रतिस्पर्धामा रामधुनीस्थित पिङ्क लोटस स्कुलकी अग्रिमा कार्की द्वितीय, द मार्टर सेकेण्डरी स्कुल इनरुवाकी कृसला पोखरेल तृतीय र इटहरीस्थित मोडन प्रिपेटोटरी स्कुलकी खुशी विष्टले चौथो स्थान प्राप्त गरिन् ।

कवि एवं पत्रकार मीनकुमार नवोदित, साहित्यकार हरि कट्टेल र शिक्षक विशालकुमार भट्टराई सम्मिलित निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो ।

प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सुनसरी प्याब्सनका वरिष्ठ सल्लाहकार शंकर थापा, प्याब्सन कोशी प्रदेशका सल्लाहकार विष्णु कोइराला, दुहबी नगरपालिकाको शिक्षा शाखा प्रमुख विकास घिमिरे, प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष रमेश कार्की, मुख्य निर्णायक मीनकुमार नवोदित, निर्णायक हरि कट्टेललगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

स्कुलबाट छनौट भएका विद्यार्थीले पालिकास्तरमा र पालिकाबाट छनौट भएका विद्यार्थीले जिल्लास्तरमा प्रतिस्पर्धा गरेका थिए ।

वक्तृत्वकला प्रतियोगितालगायतका अतिरिक्त क्रियाकलापले विद्यार्थीको ज्ञानको भण्डारलाई व्यापक बनाउने कार्यक्रमका वक्ताहरुले बताएका थिए । प्याब्सनले विद्यार्थीहरुको अध्ययनसँगै चौतर्फी विकासका लागि क्यालेण्डर नै बनाएर विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने गरेको प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालले जानकारी    दिए ।

 

 


विराटनगर १२ मंसिर । नेकपा एमाले ११ औं राष्ट्रिय महाधिवेशनका लागि मोरङ क्षेत्र नं. ५ बाट प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका छन् ।

सर्वसम्मत हुने प्रतिनिधिहरुमा खुल्लामा ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल, दिलिप बगडिया, महिलामा उषा झा र शान्ता डंगोल, यूवामा मो. हमिद आजाद रहनु भएको छ ।

सर्वसम्मत हुनेहरुमा बगडिया, डंगोल संस्थापन र राजवंशी, अग्रवाल, झा र आजाद संस्थापन इतर समूहका हुन ।

निर्वाचन समितिले औपचारिक रुपमा भने सर्वसम्मत हुनेहरुको नाम सार्वजनिक गरेको छैन । यसअघि सो क्षेत्रबाट १४ जनाले मनोनयन दर्ता गराएका थिए ।

मोरङ ५ बाहेक अन्य क्षेत्रमा भने निर्वाचनबाट प्रतिनिधि चयन हुने भएका छन् । उम्मेदवारी फिर्ता लिने अन्तिम समय सम्म क्षेत्र नं. १, २, ३, , ६ र दलित क्षेत्रमा निर्धारित कोटाभन्दा बढी उम्मेदवार कायम रहेको निर्वाचन समितिले जनाएको छ ।

मंसिर २७–२९ सम्म हुने महाधिवेशनका लागि शनिबार देशभर एकैदिन प्रतिनिधि चयन गरिदैछ ।


विराटनगर, मंसिर ११ गते । कोशी प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरे कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । तालुक नेपाल सरकार गृह मन्त्रालयको यही मंसिर ८ गतेको निर्णय अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भई हाजिर हुनु भएका प्रहरी नायव महानिरीक्षकबिनोद घिमिरेले मंसिर ११ गते कार्यभार सम्हाल्नु भएको हो ।

वहाँलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, कोशी प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सहित प्रहरी अधिकृतहरुले स्वागत गर्नु भएको थियो ।

पदभार ग्रहण पश्चात् कार्यालयको सभाहलमा उपस्थित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूका साथै भर्चुअल माध्यद्वारा उपस्थित जिल्ला प्रहरी प्रमुखहरू लगायत मुद्धा चल्ने इकाईहरुका प्रमुखहरुलाई जस्तो सुकै विषम परिस्थितिमा समेत अग्र पङ्क्तिमा रहेर उच्च मनोबलका साथ समाजमा अपराध नियन्त्रण गरी शान्ती सुरक्षा प्रदान गर्न निर्देशन दिनु भएको छ । ७० वर्षको लामो इतिहास बोकेको प्रहरी सङ्गठन बिभिन्न प्रकारका आरोह अवरोहको सामना गर्दै कानून कार्यान्वयन गरी देश र जनताको सेवामा समर्पित रहदै आएको छ । 

 राज्यको उपस्थिति नै प्रहरी हो, प्रहरी विनाको समाज अकल्पनिय हुन्छ त्यसैले समय परिस्थिति अनुसार आफूमा बदलाव ल्याई सामूहिक भावना, भातृत्व, सहकार्य, समन्वयका साथ प्रविधिको उच्चतम् प्रयोग गर्दै सङ्गठनको गरिमा सदैव उच्च राखी प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । साथै वहाँले राम्रो काम गर्ने प्रहरी कर्मचारीलाई तत्काल पुरस्कृत गर्न र कानून बिपरित काम गर्नेलाई तत्काल कारवाही गर्न समेत निर्देशन दिनु भएको छ ।


विराटनगर मंसिर ९  गते ।  विराटनगर महानगरपालिकाले विराटनगर–१५ स्थित रानी अस्पतालबाट चौवीस घण्टे निःशुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा) सुरु गरेको छ । मातृ तथा शिशुको मृत्युदर घटाउने उद्देश्यले विराटनगर दक्षिणी क्षेत्रमा निःशुल्क प्रसूति सेवा सुरु गरिएको महानगरले जनाएको छ ।

मंगलबार आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलको उपस्थितिमा मेयर कोइरालाले प्रसूति सेवाको उद्घाटन गरे । महानगरले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्रसूति सेवा सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा लिन सहज भएको बताए । उनले आफूले चुनावमा गरेको बाचाअनुरुप प्रसूति सेवा सञ्चालनमा ल्याएको स्पष्ट पारे । सो क्षेत्रमा विपन्न र पिछडिएका समुदायको बसोबास भएकाले निःशुल्क रुपमा सञ्चालनमा ल्याइएको प्रसूति सेवाबाट लाभ लिन सक्ने उनको भनाइ थियो । ‘यस क्षेत्रका बासिन्दालाई विराटनगरका ठूला अस्पताल गएर सेवा लिन निकै समस्या थियो,’ कोइरालाले भने, ‘आर्थिक हिसाब र दूरीका हिसाबले पनि यस क्षेत्रका स्थानीयलाई अब भने निकै सहज हुनेछ ।’

त्यस्तै उपमेयर शिल्पा निराला कार्कीले आगामी दिनमा रानी अस्पतालबाट अन्य सेवालाई विस्तार गरिने बताइन् । उनले प्रसूति सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिइन् ।

वडा नम्बर १५ का अध्यक्ष प्रकाश साहले महानगर नेतृत्वले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेकोमा धन्यवाद दिए । उनले अस्पतालका अन्य सेवालाई विस्तार गर्न पनि आग्रह गरे ।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा. सुरेश मेहताले माथिल्लो निकायसँग सेवा सम्झौता गरेर अस्पतालको सेवालाई थप विश्वसनीय र प्रभावकारी बनाउन सुझाव दिए ।

महानगरका स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले अस्पतालमा तालिम प्राप्त जनशक्तिको व्यवस्था मिलाई सेवा प्रभावकारी बनाइएको बताए । उनले १९ वटै वडामा एम्बुलेन्स सेवा, गर्भवती महिलाहरूका लागि निःशुल्क भिडियो एक्सरेको सुविधा उपलब्ध गराइएको जानकारी दिए ।

सो अवसरमा जनस्वास्थ्य अधिकृत रमेश कार्की, रानी अस्पतालका प्रमुख मानिकचन भगत, स्थानीय समाजसेवी दिनानाथ आचार्यलगायतले अस्पताललाई अप्ठ्यारो अवस्थाबाट आजका दिनसम्म ल्याइपु¥याउन सबैको साथ र सहयोग गरेको बताए ।

रानी अस्पतालमा हाल फिजियो थेरापी, ओपीडी सेवा, स्वास्थ्य बिमा, परिवार नियोजन सेवा, खोप सेवा, मातृशिशु सेवा, मनोपरामर्शलगायतका सेवाहरू उपलब्ध हुँदै आएको छ । मोरङका १७ पालिकामध्ये विराटनगर महानगर स्वास्थ्य सेवा कार्यक्रम मूल्यांकनमा तेस्रो स्थान प्राप्त गरेको थियो । 


विराटनगर मंसिर ९  गते । बालागुरु षडानन्द अधिकारीको १ सय ९१ औं जन्मजन्यतीका अवसरमा वरिष्ठ साहित्यकार एवं पत्रकार कृष्णविनोद लम्सालसहित दुईजनालाई सम्मान गरिएको छ ।

आबाल ब्रम्हाचारी बालागुरु षडानन्द प्रतिष्ठान, विराटनगरले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा लम्सालसहित समाजसेवी खेशरबहादर बस्नेतलाई सम्मान गरिएको हो । लम्साललाई राजेन्द्रप्रसाद चापागाईंले स्थापना गरेको १४ हजार १ सय राशिको नगद पुरस्कारसहित सम्मान गरिएको थियो । ५ दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय लम्साल नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्षसमेत हुन् ।

लम्साल र बस्नेतलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाका अध्यक्ष कोमलकृष्ण अधिकारीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

प्रतिष्ठानले हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले नेपालको शिक्षा र समाज सुधारमा बालागुरु षडानन्दको योगदान अतुलनीय रहेको चर्चा गरे । उनले उनको जीवनबाट समाजले पाठ सिक्नुपर्नेमा जोड दिए । ‘बालागुरु षडानन्दका बारेमा धेरै किवदंन्तीहरू रहेका छन् ।

 उहाँ रुमाल ओछ्याएर अरुण नदी तर्नुहुन्थ्यो रे, गर्मीमा आगो तापेर र जाडोमा चिसो ढुंगामा बसेर तपस्या गर्नुहुन्थ्यो भन्ने कुरा हामीले विभिन्न ग्रन्थमा पढेका छौं । यस हिसाबले बालागुरु एक चमत्कारी व्यक्ति हुनुहुन्थ्यो भन्ने मलाई लाग्दछ,’ कोइरालाले भने, ‘यससँगै शिक्षाको विकास, समाज सुधार, धर्मसंस्कृतिको रक्षा, जातीय विभेदविरुद्धको अभियानमा समेत बालागुरुको महत्वपूर्ण योगदान रहेको छ ।’

अहिले समाजसेवाका नाममा व्यापार भइरहेको बताउँदै मेयर कोइरालाले बालागुरुबाट समाजसेवा गर्नेहरूले पाठ सिक्नु जरुरी रहेको उल्लेख गरे । हाटबजार र गुठीको व्यवस्थासमेत बालागुरु षडानन्दले नै सुरुवात उनको भनाइ थियो ।

आयोजक संस्थाका अध्यक्ष कोमलकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा  वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेत, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, ज्येष्ठ नागरिक चन्द्रबहादुर बस्नेत, आयोजक संस्थाका सचिव दिनेशराज सुवेदी (दिङ्लाली कान्छो), रमेशकुमार चापागाईं, प्रतिमा निरौला, सुदीप अधिकारी, पुष्पलता कोइरालालगायतले बालागुरु षडानन्द अधिकारी र सम्मानित व्यक्तिहरूका विषयमा चर्चा गरेका थिए ।

 


विरानगर  मंसिर ८  गते । लायन्स क्लब अफ विराटनगर शुभम्ले धनकुटाको एउटा सामुदायिक विद्यालयका विद्यार्थीलाई  न्यानो कपडासहितका सामग्री वितरण गरेको छ ।

अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर धनकुटाको टेकुनालास्थित श्री  जनता राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, ट्राकसुट, स्टेशनरी सामग्री, भलिबल, लुँडो, क्यारामबोर्ड, चेकलगायतका सामग्री वितरण गरिएको क्लबले जनाएको छ । विद्यालयमा अध्ययनरत ५२ जनालाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।

क्लबकी अध्यक्ष विन्दु श्रेष्ठ लाखेको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ विराटनगर शुभम आबद्ध पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । क्लबले यसअघि पनि विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री, न्यानो कपडा, खेलकुद सामग्री वितरण गरेको थियो ।  


विराटनगर मंसिर ७ गते । सामाजिक अभियन्ता तथा लेखक कृष्णप्रसाद भण्डारी ‘मार्सेली’को अध्यक्षतामा नेपाल स्रष्टा समाज कोशी प्रदेशको पुनर्गठन गरिएको छ ।

आइतबार विराटनगरमा सम्पन्न प्रथम साधारणसभाबाट मार्सेलीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

स्रष्टा समाजका केन्द्रीय अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’को प्रमुख आतिथ्यतामा भएको साधारणसभाले साहित्यकार लक्ष्मी पोखरेललाई सचिव र बाबुराम पोखरेललाई कोषाध्यक्षमा चयन गरेको छ ।

त्यस्तै कवि हरि कट्टेल, प्रयाग न्यौपाने, मीनकुमार नवोदित, निर्मला कोइराला, पुष्पा सायरा, शारदा भट्टराई, सुजाता राई र निर्मला नेपाल समाजको सदस्यमा छानिएका छन् । प्रथम साधारणसभाले पदाधिकारीसहित सबै सदस्यलाई निर्विरोध चयन गरेको हो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठसहित अग्रज साहित्यकार विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, हरिहर भण्डारी, साहित्यकार गंगा सुवेदीलगायतले खादा लगाएर बधाई तथा शुभकामना दिएका थिए ।

त्यस्तै सोही अवसरमा साहित्यकार गोकुल व्याकुलको ‘जीवन, संघर्ष र मृत्यु’ आत्मसंस्मरण लोकार्पण गरिएको थियो । लोकार्पित आत्मसंस्मरणमाथि अग्रज समालोचक भूषण ढुंगेलले समीक्षा गरेका    थिए । त्यस्तै कार्यक्रममा प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदन, पुस्तकका लेखक गोकुल व्याकुल, अग्रज साहित्यकार विवश पोखरेल, हरिहर भण्डारी, सरला चापागाईं कवि हरि कट्टेल, स्रष्टा समाजका केन्द्रीय सदस्य प्रदीप सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका    थिए ।

त्यस्तै समाजको पहिलो बैठकले साहित्यकारहरू विवश पोखरेल, गंगा सुवेदी, बलराम पोखरेल, दिङ्लाली कान्छो, सरला चापागाईं, कविराज न्यौपाने र केशु विरहीलाई सल्लाहकारमा चयन गरिएको अध्यक्ष मार्सेलीले जानकारी दिए ।


विराटनगर मंसिर ६ गते । विराटनगरको अरनीको कलेजले आज एमबीबीएसको प्रवेश परीक्षा र इन्जिनियरिङमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ।

कलेजले आज आयोजित एक कार्यक्रमका बीच उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको हो।अरनीको कलेजमा अध्ययनरत ११ जना विद्यार्थीहरूले एमबीबीएसको प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका छन्। जसमा ओपेन्द्रकुमार यादव, शुभम अग्रिया, दीक्षान्त भट्टराई, रोहित राम, लोकेश रौनियार, सुशान्त दाहाल, पियुष नेपाल, संस्कृति रोक्का, अर्पणा चौधरी, ऋषभ सोनी र निराजन यादव रहेका छन्।

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ तर्फको प्रवेश परीक्षामा प्रथम स्थान हासिल गर्ने अनुक्रम काफ्ले र काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङ तर्फको प्रवेश परीक्षामा प्रथम स्थान हासिल गर्ने नितेश कुमार श्रेष्ठलाई कलेजले सम्मान गरेको छ।

यसैगरी कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको छ। कक्षा १२ को प्रथम त्रैमासिक परीक्षामा प्रथम हुने मञ्जिला ओझा, द्वितीय प्राञ्जल नेपाल र तृतीय सुजन राजवंशी रहेका छन्। यसैगरी कक्षा ११ तर्फ प्रथम नितिश कुमार गुप्ता, श्रेयन खड्का, द्वितीय विवेक गुप्ता र तृतीय प्रिन्सप्रशान्त साह भए। उनीहरूले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पाए।

कार्यक्रममा बोल्दै एमबीबीएसको प्रवेश परीक्षामा नाम निकाल्ने सुशान्त दाहालले लगनशील भएर अध्ययन गर्दा सफलता मिलेको र यसको श्रेय कलेजलाई जाने बताए।

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल राजेश कार्कीले गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विद्यार्थीहरूले प्रत्येक वर्ष एमबीबीएस र इन्जिनियरिङमा नाम निकाल्न सफल भएको बताए। सबैभन्दा बढी एमबीबीएस र इन्जिनियरिङको प्रवेश परीक्षामा नाम निकाल्न सफल अरनीको कलेज भएको उनले बताए।

सम्मानित भएका विद्यार्थीहरूलाई कदरपत्र र दोसल्ला ओढाएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, कोअर्डिनेटर विकास खनाल, संचालकहरू भरतराज दाहाल, डा। भविन्द्र निरौला, शैलेशकुमार झा र निलम अधिकारीले गरे। एमबीबीएस र इन्जिनियरिङमा सफल विद्यार्थीलाई अरनीको कलेजले गर्‍यो सम्मान


विरानगटर, मंसिर  ५ गते । नेपाल सरकार गृहमन्त्रालय  बढुवा समितिको कार्तिक २८ गतेको पत्रादेशानुसार प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस हुनु भएका प्रहरी नायव महानिरीक्षक ईश्‍वर कार्कीलाई हार्दिक बधाई सहित धन्यवाद तथा शुभकामना व्यक्त गरिएको छ । 

मंसिर ०५ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक दिपक पोख्रेल सहित जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, झापा, इलाम, उदयपुर, धनकुटा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुखहरु सहित उपस्थित प्रहरी अधिकृत तथा प्रहरी जवानहरुले प्रहरी नायव महानिरीक्षक कार्कीलाई व्यवसायिक एवं पारिवारिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी कार्यकालको शुभकामना सहित सम्मानपूर्वक धन्यवाद तथा शुभकामना व्यक्त गर्नु भएको थियो । 

धन्यवाद तथा शुभकामना कार्यक्रमलाई सम्वोधनको क्रममा प्रहरी नायव महानिरीक्षक कार्कीले जस्तोसुकै चुनौतीपुर्ण तथा विषम परिस्थितमा सजग, चनाखो, इमान्दार र कर्तव्यनिष्ठ भएर कोशी प्रदेशको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन तथा प्रहरी संगठनको गौरवशाली इतिहासलाई जोगाउदै “सत्य, सेवा, सुरक्षणम्” मुल मन्त्रलाई आत्मसाथ गर्दै नागरिकको जिउधनको सुरक्षाका लागि अहोरात्र खटि आफ्नो कार्यकाल सफल र फलदायी बनाउन सहयात्रीको भुमिका निर्वाह गर्नु हुने जिल्ला प्रहरी प्रमुखहरु लगायत  सम्पुर्ण प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नु भएको थियो । 

साथै वहाँले प्रहरीलाई उपलब्ध सिमित स्रोत साधनहरुको अधिकतम उपयोग गरी शारिरिक, मानसिक तथा भौतिकरुपमा सक्षम र सवल भई जस्तो सुकै कठिन परिस्थिति आई परे पनि कति पनि विचल्लित नभई समाजमा शान्ति सुरक्षा स्थापना गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोख्रेलले प्रहरी अतिरीक्त महानिरीक्षक पदमा बढुवा सिफारिस हुनु भई बिदाई भई जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई चुनौतीपूर्ण विषम परिस्थितिमा समेत बिचलित नभई  अत्यन्त समर्पित, धेर्यशील, दुरदर्शी र उच्च नेतृत्व क्षमता प्रदर्शन गर्दै जिम्मेवारी वहन गर्नु भएकोमा मुक्तकण्ठले प्रशंसा गर्नु हुदै कोशी प्रदेश अन्तरगत कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रदान गर्नुभएको मार्ग निर्देशन, अभिभावकत्व, हौसला, माया, साथ र सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरुको तर्फबाट वहाँको व्यवसायिक, व्यक्तिगत तथा पारिवारिक जीवनको निरन्तर सफलता, समृद्धि र उन्नतिको शुभकामना व्यक्त गर्नु भएको थियो  ।  

साथै धन्यवाद तथा शुभकामना कार्यक्रममा कोशी प्रदेशका पहाडी जिल्लाका जिल्ला प्रहरी प्रमुखहरु तथा “क” स्तर सम्मका प्रहरी इकाईहरुका प्रमुखहरु समेत भर्चुअल माध्यमद्वारा उपस्थित हुनु भएको थियो ।

 


काठमाडौँ मंसिर ५ गते । सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिटिपि २०२६) फेब्रुअरी ११ देखि १४ सम्म होटल हायात सेन्ट्रिकमा आयोजना गरिने भएको छ । आयोजकले पत्रकार सम्मेलन गरि सो सम्मेलनका बारेमा जानकारी दिएको हो । 

आयोजकले नेपालमा प्राविधिक सम्मेलन र वैज्ञानिक प्रकाशनको गुणस्तर बढाउनुका साथै नेपाली शैक्षिक संस्थाहरूभित्र अनुसन्धान संस्कृतिलाई बलियो बनाउने उदेश्यका साथा आइसिटिपि २०२६ को आयोजना गरिएको रिसर्च एण्ड इन्नोभेसन सेन्टर फर नेपाल तथा सम्मेलनका सचिव ई. विरोध रिजालले बताउनु भएको छ । 

उहाँले यस सम्मेलनमा नेपाल, कोरिया, चीन, भारत र भियतनामका विशिष्ट प्राध्यापक तथा अनुसन्धानकर्ताहरूको सहभागीता रहने र उहाँहरुले आ–आफ्ना प्रस्तुति दिने कार्यक्रम समेत रहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय योगदानकर्ताहरूबाट १५० भन्दा बढी अनुसन्धान पत्रहरू सो सम्मेलनमा प्रस्तुत गरिने आइट्रिपलई नेपाल सेक्सनका अध्यक्ष डा. अरुण तिमल्सिनाले बताउनु भएको छ । उहाँले विश्वव्यापी प्रविधि मानकीकरण, अनुसन्धानको गुणस्तर मापन, र विश्व(स्तरीय सम्मेलनहरूको प्रवद्र्धनमा आइट्रिपलईको महत्त्वमा जोड दिनुभएको छ । 

सो सम्मेदनमा दक्षिण कोरियाको शीर्ष अनुसन्धान विश्वविद्यालय कोरिया एडभान्स्ड इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी अन्तर्गतको स्कूल अफ ग्लोबल डिजिटल इनोभेसनद्वारा आयोजना गरिने ग्लोबल डिजिटल इनोभेसन र प्रभाव सम्बन्धी विशेष कार्यशाला रहेको छ । यस कार्यशालाले विभिन्न देशका सरकारी अधिकारीहरू, नीति निर्माताहरू र डिजिटल गभर्नेन्सका नेतृत्वकर्ताहरूलाई एकसाथ ल्याएर डिजिटल गभर्नेन्सका उदीयमान नीतिहरू, एआई रणनीतिहरू र सीमापार सहकार्यबारे छलफल गर्नेछ।

आयोजकहरूले यसले नेपाललाई विश्वव्यापी विशेषज्ञहरूबाट प्रत्यक्ष रूपमा सिक्ने र राष्ट्रिय डिजिटल रूपान्तरणका लागि नयाँ मार्गहरू पत्ता लगाउने दुर्लभ अवसर प्रदान गर्ने कुरामा जोड दिए। पत्रकार सम्मेलनमा सम्मेलनका अध्यक्ष, चाइनाको नान्जिङ युनिभर्सिटीका प्रा। डा। विकास नकर्मीको भिडियो सन्देशसहित अन्य मुख्य वक्ताहरूको सन्देशहरू पनि प्रस्तुत गरिएको थियो। आइसिटिपि २०२६ मा आविष्कार र नवपरवर्तनलाई प्रेरित गर्न, विश्वव्यापी सहकार्यलाई बलियो बनाउन र सुधारिएको तथा दिगो प्राविधिक विकासलाई समर्थन गर्ने ज्ञान आदानप्रदानलाई प्रोत्साहित गर्न डिजाइन गरिएका विविध सत्रहरू समावेश हुनेछन्। यस कार्यक्रमले व्यापक अन्तर्राष्ट्रिय सहभागिता आकर्षित गर्ने अपेक्षा गरिएको छ।

यस सम्मेलनलाई प्रमुख विश्वविद्यालयहरू, इन्जिनियरिङ कलेजहरू, विश्वविद्यालय अनुदान आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा(प्रतिष्ठान र अन्य धेरै संस्थाहरू सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गरेका छन्।

 आयोजकहरूले यस कार्यक्रमले नेपाली अनुसन्धानकर्ताहरूका उच्च(गुणस्तरका कार्यहरू सहित प्रभावकारी अनुसन्धानहरू प्रदर्शन गर्ने एक जीवन्त मञ्चको रूपमा काम गर्ने जानकारी दिए। यो सम्मेलन रिसर्च एण्ड इनोभेसन सेन्टर नेपाल (रिकन ) र नेपाल इन्जिनियरिङ कलेज (नेक ) द्वारा संयुक्त रूपमा आयोजित गरिएको हो, जसमा आइट्रिपलई नेपाल च्याप्टर र आइट्रिपलईको फोटोनिक्स सोसाइटी नान्जिङ च्याप्टरको प्राविधिक प्रायोजन रहेको छ।


विराटनगर मसिर ४ गते | विराटनगरमा जारी १४ औं राष्ट्रिय जुनियर जेसीज लिडर्स एकेडेमी कार्यक्रमअन्तर्गत वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

विराटनगर जुनियर जेसीजको आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न जेसीजका शाखाहरुको सहभागिता रहेको थियो । ‘उज्ज्वल भविष्यका लागि सँगै उठौं’ शीर्षकमा आयोजित प्रतियोगितामा मोरङको बेलबारी जुनियर जेसीजकी दीक्षा कार्की प्रथम भएकी छन् । अग्रज साहित्यकार विवश पोखरेल, कवि एवं पत्रकार मीनकुमार नवोदित र कवि देवेश प्रधान सम्मिलित निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो ।

प्रतियोगितामा भद्रपुर जुनियर जेसीजका आर्यन कोइराला द्वितीय र विराटनगर जुनियर जेसीजकी संयुक्ता पोखरेल तृतीय भए । विभिन्न शाखाबाट प्रतिनिधित्व गर्दै युवाहरुले प्रतियोगितामा भाग लिएका थिए ।

त्यस्तै लिडर्स एकेडेमीअन्तर्गत नेतृत्व विकास र भातृत्व अभिवृद्धिसम्बन्धी प्रशिक्षणका साथै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको कार्यक्रम संयोजक प्रशिका निरौलाले जानकारी दिइन् । विराटनगर जुनियर जेसीजका संस्थापक तथा पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठ प्रमुख प्रशिक्षक रहेको तालिममा सन्दीपदास श्रेष्ठ, कैलाश खाकी श्रेष्ठ, डा. विजया मिश्रले प्रशिक्षण दिएका थिए ।

नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रजनी थापाको विशेष उपस्थितिमा भएको कार्यक्रममा मेचीदेखि महाकालीसम्मका विभिन्न शाखाबाट १ सय ३२ जनाले सहभागिता थिए ।

यसैबीच, सोही कार्यक्रममा विराटनगर जुनियर जेसीजको ३० औं वार्षिकोत्सवसमेत मनाइएको थियो । विराटनगर जुनियर जेसीजकी अध्यक्ष आयुषा खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको थियो ।

 


विराटनगर मसिर ४ गते । शैक्षिक उत्कृष्टताको प्रतीक बन्दै आएको विराटनगर १० मा रहेको कान्तिपुर कलेजले विद्यार्थीहरूलाई चार्टर एकाउन्ट ९सिए० सम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ ।

कलेजले नेपाल चार्टर एकाउन्टेन्ट संस्था ९आइक्यान० सँगको सहकार्यमा एकदिने सिएसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

विराटनगरमा बिहीबार भएको सिए शिक्षाको परामर्शात्मक कार्यक्रममा कान्तिपुर कलेजका शिक्षक तथा छात्र९छात्राहरूले आफ्ना जिज्ञासा प्रस्तुत गरेका थिए ।

अन्तरक्रियात्मक कार्यक्रममा आइक्यानका सिए युवराज उप्रेती, शाखा अधिकृत जेबी भुटिया र बन्दना थापाले अभिमुखीकरणको सहजिकरण गरेका थिए । उनीहरुले सिए भर्ना प्रक्रिया, नेपालमा सिएतर्फको दक्ष जनशक्तिको अवस्था र उनीहरूको भविष्यलगायत विषयमा विद्यार्थीहरूलाई प्रष्ट पारे।

कार्यक्रममा कान्तिपुर कलेजका प्रिन्सिपल भुवन नेपालले स्थापना कालदेखि वर्तमान समयसम्म कान्तिपुरबाट सिए उत्तीर्णका साथै सिए अध्ययन गरिरहेका विद्यार्थीहरूका बारेमा प्रकाश पारेका थिए ।

विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकायमा अध्यापन हुने कान्तिपुरले दक्ष जनशक्ति उत्पादन, सिपमुलक सिकाइमा जोड, प्रयोगात्मक शिक्षामा अग्रसरता देखाएको कारणले नै प्रत्येक वर्षको नतिजाहरूमा कोशी प्रदेशकै सर्वोत्कृष्टता प्राप्त गर्दै आइरहेको छ ।

विशेषगरी विज्ञान संकायमा कलेजले प्रयोगात्मक अध्ययन, अनुभवी शिक्षकहरू, अन्तरक्रियात्मक पठनपाठन र प्रविधिमैत्री शैक्षिक वातावरणद्वारा विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा गर्न सक्षम बनाउँदै आएको छ ।

आधुनिक विज्ञान प्रयोगशाला, अनुसन्धानमुखी पाठ्यक्रम र निरन्तर परामर्शद्वारा कलेजले देशको शिक्षा प्रणालीमा उदाहरणीय स्थान कायम राखेको छ।


बिराटनगर २०८२ मंसिर ४ गते | युवालाई रोजगारीसँग जोड्दै स्वदेशमै रोजगारीका नयँ अवसर सिर्जना गर्ने उद्देश्यले उद्योग संगठन मोरङ र एसओएस चिल्ड्रेन्स भिलेज नेपाल बीच सहकार्य हुने भएको छ ।

सहकार्यका विषयमा संगठनको सचिवालयमा आयोजित छलफलमा दुवै संस्थाका प्रतिनिधिहरूले हाल युवाहरूले अवसर नपाएर विदेशिन बाध्य हुने क्रम बढ्दै गएको अवस्थामा यस्तो साझेदारीले उनीहरूलाई प्रत्यक्ष रोजगारीका अवसरसंग जोडन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले संगठनले युवालाई रोजगारीसंग अभिमुख गराउन स्कुल–टु–वर्क कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिए । उनले संगठनले संचालन गरिसकेको स्टार्टअप एण्ड इनोभेशन, सीपमूख तालिम, सीप उत्सव जस्ता कार्यक्रम सफल भएको उल्लेख गर्दै आगामी दिनमा युवामुखी कार्यक्रमहरूले उद्यमशीलता विकास, स्वरोजगार र रोजगारीका क्षेत्रमा नया आयाम थप्ने विश्वास व्यक्त गरे ।

एसओएस नेपालका परियोजना निर्देशक डिसी चौधरीले एसओएसका गतिविधिहरू प्रस्तुत गर्दै उद्योगहरूमा योग्य, परिश्रमी र सीपयुक्त जनशक्तिको माग बढिरहेको वर्तमान अवस्थामा युवालाई स्वदेशमै अवसर सिर्जना गर्नु सबैको साझा दायित्व भएको बताए । उनले युवालाई सही मार्गदर्शन र अवसर प्रदान गर्नसके उनीहरू औद्योगिक विकासका महत्वपूर्ण ऊर्जा बन्न सक्ने धारणा राखे ।

संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छा र विपिन कावराले निजी क्षेत्र र युवाबीचको सम्बन्धलाई बलियो र दिगो बनाउन निरन्तर संवाद र सहकार्य अत्यावश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा उद्योग संगठन मोरङका कार्यसमिति सदस्यहरु, महिला उद्यम समितिका सदस्यहरु, एसओएसका प्रतिनिधि तथा युवाहरूको सहभागिता रहेको थियो ।



विराटनगर मसिर ४ गते |  नेकपा एकीकृत समाजवादी नेकपा माओवादी केन्द्रसहितका दलमा समाहित भएसँगै सो पार्टीका नेता कार्यकर्तामा विचलन देखिएको छ ।

कतिपय नेताहरू पुरानै मातृ पार्टी एमालेमा फर्किरहेका छन् भने कतिय अन्य पार्टीमा प्रवेश गर्ने लहर चलेको छ । यसैक्रममा विराटनगरका चर्चित युवा अभियन्ता विशाल साह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादीका युवा नेतासमेत रहेका साहलाई मोरङ कांग्रेसका उपसभापति नागेश कोइरालाले पार्टीमा स्वागत गरे । संक्षिप्त कार्यक्रममा कोइरालाले साहलाई खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।

कांग्रेसले मात्रै देश, जनता र लोकतन्त्रको रक्षा गर्न सक्ने देखेर प्रवेश गरेको उनको भनाइ थियो । साहले अब इमान्दारिताका साथ कांग्रेसको संगठन निर्माण लाग्ने प्रतिबद्धता व्यक्त गरे । ‘नेपालमा प्रजातन्त्र स्थापनासँगै हरेक राजनैतिक आन्दोलनको अगुवाई कांग्रेसले गरेको छ । जस्तोसुकै परिस्थितिमा पनि यो पार्टी कहिल्यै विचलित भएको मैले   पाइन । कांग्रेस नै यो देशको खास पार्टी रहेछ भन्ने लागेर प्रवेश गरेको हुँ,’ उनले भने, ‘अब मेरो ध्यान कांग्रेसलाई बलियो हुनेछ ।’

विराटनगर महानगरका मेयरसमेत रहेका उपसभापति कोइरालाले विशाल साहजस्ता जुझारु र युवालाई कांग्रेसले सधैं स्वागत गर्ने बताए । कांग्रेस समुद्रजस्तै भएकाले जोसुकै पनि अटाउन सक्ने उनको भनाइ थियो । ‘कांग्रेस एउटा समुद्र हो । जसरी समुद्रमा हजारौं प्रजातिका जीवहरू अटेका छन् त्यसरी नै कांग्रेसमा पनि युवादेखि ज्येष्ठ नागरिकका साथै सबै जात, धर्म, समुदाय र वर्ग अट्छन्,’ कोइरालाले भने, ‘२००७ सालदेखिको इतिहास हेर्ने हो भने राजनैतिक क्रान्तिदेखि आर्थिक विकासमा कांग्रेसको नेतृत्वदायी भूमिका रहेको छ ।’  

सो अवसरमा कांग्रेसका युवा नेता हरि भट्टराई, जसवन्त पौडेल, अनिल थापा, कालु श्रेष्ठ, विशाल गिरीलगायत युवाहरूको समेत उपस्थिति रहेको थियो ।

नवप्रवेशी साह यसअघि अनेरास्ववियू विराटनगर महानगर अध्यक्ष, मोरङको इन्चार्ज र सो संगठनको स्थायी कमिटी सदस्य जिम्मेवारीमा थिए ।


विराटनगर मसिर ३ गते । गणेश लम्सालबाट- 
कानुन विज्ञ प्रोफेसर डाक्टर  विपिन अधिकारीले नेपालमा व्यवास्थापन पढेका कानुन व्यवसायीहरुको  खाँचो धेरै रहेकोले कलेजहरुले दक्ष कर्पोरेट लयर उत्पादन गर्न चासो दिनुपर्ने बताएका छन । 

बुधबार मनमोहन प्राविधिक विश्वविद्यालयको कानुन कलेजमा  स्नातक तहको पाँच बर्षे व्यवस्थापन कानुन (विविए एलएलबी ) पढन दोस्रो व्याचमा भर्ना भएका विद्याथीहरुलाई उत्प्रेरणा दिँदै कानुन विज्ञ प्राडा अधिकारीले कर्पोरेट लयरहरुका लागि धेरै अवसर भएकोले कानुन कलेजहरुले अब कर्पोरेट लयरहरु उत्पादन गर्न चासो दिनुपर्ने बताएका हुन ।
 
काठमाण्डौ विश्वविद्यालयको कानुन संकायका डिन रहिसकेका संबिधान र व्यवस्थापन कानुनका विज्ञ प्राडा अधिकारीले विविए एलएलबी विए एलएबी भन्दा बिशिष्ट कोर्ष भएको भन्दै उत्पादन भएका कर्पोरेट लयर्सहरुलाई अवसरै अवसर रहेको पनि प्रस्टयाए । नेपालमा काठमाडौ युनिभर्सिटी र कोशी प्रदेशको मनमोहन विश्वविद्यालयमा मात्र व्यवस्थापन कानुनको पढाई हुने गरेको जानकारी दिँदै पुर्व डिन  डा अधिकारीले सरकारी र निजी क्षेत्रमा व्यावस्थापन कानुन व्यवसायीहरुका लागि प्रशस्त अवसर रहेको बताए ।

 उनका अनुसार व्यवस्थापन कानुनमा आधारभुत कानुनहरु मात्र नभएर अर्थसास्त्रसँग सम्बन्धित बिजनेश र व्यवस्थापनको सैदान्तिक ज्ञानसँगै व्यवहारिक शीपको पनि अध्यन गर्नुपने भएकोले उत्पादन भएका कानुन व्यवसायीहरु ऋाफैमा शीप र ज्ञानले दक्ष हुन्छन । यसैगरि व्यवस्थान
डा अधिकारीले भने ,‘ विविए एलएबीमा सबै आधारभुत तहका कानुनसँगै विजनेश , प्रशासन र विजनेश व्यवस्थापन अनि श्रम र उद्योगपति र कर्पोरेट विजनेशबारे पनि पढनुपर्छ यसैले व्यवहारिक रुपमा दक्ष कर्पोरेट कानुन व्यवसायीहरु उत्पादन हुन्छ । ’

डा अधिकारीले आफुले संबिधानसँगै व्यवस्थापन कानुन समेत पढेकोले एनसेलको ६१ करछली मुद्दालार्इृ अन्तराष्ट्रिय अदालतमा पैरबी गरेर नेपाल सरकारलाई जिताउन सफल भएको सुनाए । उनले व्यवस्थापन कानुन पढने कानुन व्यवसायीहरु मुद्दाहरु अदालतसम्म लगेर ईजलासमा बहस गरेर फिस लिने मात्र हुदैनन व्यवहारिक रुपमा मुद्दाको वास्तविकता बुझाएर सचेत गराउन पनि दक्ष हुने बताए । डा अधिकारीले व्यवस्थापन कानुनमा पाँच बर्षे स्नातक  पढने विद्यार्थीहरु दक्ष  कर्पोरेट लयर हुनेमात्र नभएर अर्थसास्त्र र अन्य कानुनमा थप उच्चशिक्षा पढन  कुनै अवरोध हुदैन भने ।

कानुन विज्ञ डा अधिकारीले व्यवस्थापन कानुनमा काठमाण्डौ विश्वविद्यालयबाट पास आउट भएका कानुन व्यवसायीहरु सबै बजारमा सक्रृय भएको बताए । डा अधिकारीले विद्यार्थीहरुलाई उत्प्रेरित गर्दै भने , ‘व्यवस्थापन पढेका कानुन व्यवसायीहरु व्यवहारिक रुपमै शीप र ज्ञानले दक्ष हुनेभएकोले उनीहरु कर्पोरेट क्षेत्रमा सजिलै फेमिलिएर हुन्छन यसैले उनीहरुको पेशामा सेवाग्राहीको कहिल्यै खाँचो हुदैन ।’,   
मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले व्यवहारिक शीप सहितको कोर्ष निर्माण गरेकैले मनमोहनले विएएलएलबीको पढाई सुरु गरेको बताए । उनले विएएलएबी पढने विद्यार्थीहरुले निर्माण , वतावरण , सुरक्षा , साईबर अपराधसँगै ठेक्कापटटा , खरिद , नापी,आदि व्यवहारिक कानुनबारे  ज्ञानशीप हासिल गर्ने बताए । उपकुलपति पोखरेलका अनुसार व्यवस्थापन कानुनको पढाईलाई व्यवहारिक बनाउने कलेजले विद्यार्थीहरुका लागि अभ्यास ईजलास बनाउन  टेण्डर प्रकृया सुरु गरिसकेको जानकारी गराए ।

उपकुलपति पोखरेलले भने , विश्वविद्यालयले ‘नो नलेज विदआउट  मनमोहन कानुन कलेज’ को उद्देश्य लिएर आधा सैद्धान्तिक र आधा प्राक्टिल कोर्ष तयार गरेको बताए । भिसी पोखरेलले भने , मनमोहनमा विविए एलएलबी अध्यन गर्ने विद्यार्थीहरुले फिल्डमै गएर अध्यन गरेर शीप सिक्ने मात्र ‘नभएर अन्तिम बर्षमा केश स्टडी सहित मुद्दाको मिसिल तयार गरेर वकालत प्रतिवेदन तयार गरेर प्रर्दशन पनिगर्नुपर्छ ।,’ 

मनमोहन प्राविधिक विश्वविद्यालयको स्कुल अफ एप्लाईड साईन्स टेक्नोलोजी अफ ल अन्तर्गत सञ्चालन भैरहेको  ‘मनमोहन ईन्स्टिच्युट अफ ल’ कलेजले  गत बर्षदेखी व्यवस्थापन कानुनमा स्नातक र अपराध कानुनमा स्नातोकोत्तरको पढाई सुरु गरेको बताए । उनका अनुसार गतबर्षदेखी सुरु भएको विएएलएबी र एलएलएममा कोटा भन्दा बढि विद्यार्थीहरुले भर्ना आबेदन गरेको जानकारी गराए । उनले दक्ष कानुन व्यसायी उत्पादन गर्न मनमोहनले कहिल्यै गुणस्तरमा सम्झौता नगर्ने प्रतिबद्धता जनाए ।   
 


विराटनगर ।  विराटनगरको अर्किड कलेजले अन्तराष्ट्रिय विद्यार्थी दिवसको अवसरमा पारेर युवा पुस्तामा सामाजिक संजालको प्रभाव शिर्षकमा  वक्तित्वकला प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको छ।

प्रतियोगितामा कक्षा ११ र १२ मा अध्यनरत २० भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए। प्रतियोगितामा अनुष दाहाल प्रथम भए भने सत्येन्द्र यादव दोस्रो र शिवकुमारसाह तेस्रो भए। निर्णायकमा प्राध्यापकहरु सन्तोष अधिकारी , विकास खड्का र बिद्या अधिकारी रहेका थिए ।

विजयी विद्यार्थी हरुलाइ प्रमाण पत्र र नगद पुरस्कार सहित पुरस्कृत गरिएको थियो । उनीहरुलाई  कलेजका प्रिन्सिपल मनिष भट्टराई , निर्देशक दिपेश बास्तोला र  राजन दत्तले पुरस्कार वितरण गरे ।


विराटनगर कातिक ३० गते । संसदीय अभ्यास अनुसारको वादविवाद गर्न सिकाउने लक्ष्यका साथ विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आफ्ना विद्यार्थीहरुलाई तीन दिने वादविवाद कार्यशाला सञ्चालन गरेको छ । डिवेट नेटवर्क नेपाल (डीएनएन) नामक संस्थासँगको सहकार्यमा एभरेष्टले कार्यशाला सञ्चालन गरेको हो ।

जहाँ कक्षा ६ देखि ११ का वादविवादमा रुचि राख्ने १२० जना विद्यार्थीले सहभागिता जनाएका छन् । एभरेष्ट स्कुलको सभा हलहरूमा भइरहेको कार्यशालामा डिएनएनका तीन जना प्रतिनिधिहरु इशान पोखरेल, पीयुष पन्त र आशिमा चालिसेले विद्यार्थीहरुलाई सहजिकरण गरिरहनुभएको छ । 

कार्यशालामा विद्यार्थीहरुलाई स्पष्ट वक्ता बन्नका लागि चाहिने आवश्यक गुण, वाचनका शैली तथा विषयवस्तुको अध्ययन र प्रस्तुती लगायतका विषयहरुमा सिकाइने छ । यसका साथै संसदमा कसरी आफ्ना तर्कहरु राखिन्छ, त्यहाँको मर्यादा कस्तो हुन्छ ? के कस्ता कुराहरुमा ध्यान दिनुपर्छ भन्ने विषयहरूले पनि कार्यशालामा महत्व पाउने विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले बताउनुभयो । 

उहाँका अनुसार  ‘वर्ल्ड डिवेट च्याम्पियनसीप’ को शैली विद्यार्थीहरुले सिक्ने विश्वास विद्यालयको छ । विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले आफ्ना तर्क र खण्डनलाई कसरी मर्यादित भएर प्रस्तुत गर्ने ? तथा नेपालको संसदीय अभ्यास तथा शक्तिशाली र सम्पन्न राष्ट्रहरुको संसदीय अभ्यासका विषयमा पनि जानकारी दिलाउन यो कार्यशाला प्रभावकारी हुने बताउनुभयो । 

उहाँले भन्नुभयो,‘ नेपालको संसदीय अभ्यास हेर्दा कहिलेकाँही मर्यादा विपरीत भएको देखिने गरेको छ, त्यसैले भोलिका कर्णधारहरुलाई बेलै देखि यसरी अभ्यास गराउन आवश्यक छ ।’ अन्तर्राष्ट्रिय स्तरमा आफ्ना विद्यार्थीलाई सहभागिता गराउँदै अघि बढेको एभरेष्टले त्यस्ता फोरमहरुमा पनि अब्बलता प्रस्तुत गरेको छ । 

आफ्नै विद्यार्थीहरु बिच संयुक्त राष्ट्रसंघको नमुना अभ्यास कार्यक्रम गरेको एभरेष्टका विद्यार्थीहरुले त्यस्तै कार्यक्रममा विभिन्न मुलुकका विद्यार्थीहरुमाझ भियतनाममा उत्कृष्ट प्रस्तुती गरेर फर्किएका छन् । एभरेष्टकै इशल भट्टराईले थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको वक्तृत्वकलामा सेमिफाइनलमा उत्कृष्ट प्रस्तुति दिएर फाइनल स्पर्धामा भाग लिन चीन जानुभएको छ ।


विराटनगर  । शुक्रबार कक्षा ७ र ८ का विद्यार्थीका अभिभावकका लागि असल अभिभावकत्व कसरी निर्वाह गर्न सकिन्छ भन्ने कक्षा सञ्चालन गरेको विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले शनिवार कक्षा ९ र १० का अभिभावकलाई कक्षा सञ्चालन गरेको छ । उत्प्रेरक प्रितम पौड्याल मार्फत एभरेष्टले अभिभावकलाई असल प्यारेन्टिङ कसरी गर्न सकिन्छ भन्ने बुझाउन कक्षा सञ्चालन गरेको हो । 

करिब तीन सय जना अभिभावकको उपस्थिती रहेको कक्षामा बालबालिकाको मनोभाव कसरी बुझ्ने रु उनीहरुसँग कसरी व्यवहार गर्ने रु राम्रो गर्दा गर्दै बालबालिकाको मस्तिष्कमा पर्ने प्रभाव लगायतका विषयमा उत्प्रेरक पौड्यालले जानकारी गराउनुभएको थियो । हरेक बालबालिकाको आफ्नै क्षमता हुने भन्दै उहाँले बालबालिकाको स्वभाव अनुसार शैक्षिक ज्ञान र सामाजिक संस्कारको विकास कसरी गराउन सकिन्छ भन्ने विषयमा अभिभावकलाई बुझाउनुभएको थियो । 

यस्तै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले शैक्षिक गुणस्तर सुधारका लागि भइरहेका प्रयत्नको विषयमाअभिभावकलाईजानकारी गराउनुभयो । उहाँले विराटनगरमै रहेर विश्वस्तरीय शिक्षा दिन चालिएका कदमको विषयमा जानकारी गराउँदै अभिभावकहरुले पनि सोहि अनुसारको भूमिका निर्वाह गरिदिन आग्रह गर्नुभयो । अभिभावकहरूका सुझावलाई आत्मसाथ गर्दै उहाँले युग सापेक्ष शिक्षण सिकाईको पथमा एभरेष्ट रहेको बताउनुभयो ।

 उहाँले भन्नुभयो,‘हाम्रा विद्यार्थीहरु शिक्षित मात्र नभई असल नागरिक बनून् भन्ने चाहन्छौं ।’ कार्यक्रममा एभरेष्टका भाइस प्रिन्सिपल टी एन भण्डारीले विद्यालयको संरचनागत विषय, अवलम्बन गरिएका सिस्टमहरू र विश्वस्तरीय शिक्षाका लागि विभिन्न निकायहरुसँग गरिएका सहकार्यहरूको विषयमा अवगत गराउनुभएको थियो । अन्तरक्रियात्मक ढङ्गबाट चलेको कक्षामा अभिभावकहरुले आफूहरुले गर्दै आएका कतिपय व्यवहारअसल प्यारेन्टिङ भित्र नपर्ने महशुष भएको बताउनुभयो ।

 बालबालिकाहरुले पढ्न अल्छी मान्ने, ग्याजेटहरुमा बढ्दो सक्रियतालाई कसरी न्यूनिकरण गराउने लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो ।  कार्यक्रममा सहभागि अभिभावक गोकर्ण सेढाईंले सामान्य रुपमा गरेका कमिकमजोरी पहिल्याउन, सानो हेलचेक्र्याईले पार्ने असर बारे बुझ्न तथा असल अभिभावकत्व कस्तो हुने रहेछ भन्ने बुझ्न पाएको बताउनुभयो ।

एभरेष्टले हरेक वर्ष यसैगरि आफ्ना विद्यार्थी, शिक्षक कर्मचारी र अभिभावकहरुलाई उत्प्रेरक कक्षाहरु सञ्चालन गर्दै आएको छ । यस्ता कार्यक्रमहरूले मानव जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने र उर्जा प्रदान गर्ने विद्यालयको विश्वास छ । यसैगरि अत्याधुनिक भौतिक पूर्वाधारमा सञ्चालित एभरेष्टले विश्वस्तरीय शिक्षा दिनको लागि भन्दै विभिन्न निकायहरूसँगको सहकार्यमा बालबालिकाहरुको अन्तर्राष्ट्रिय फोरमहरुमा समेत उपस्थिति बढाउँदै लगेको छ ।


विराटनगर कातिक २९ गते । विराटनगर–मा रहेको भानु कलेजले शैक्षिक सत्र २ ०८२–८३ को प्रथम त्रैमासिक परीक्षमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान तथा पुरस्कार गरेको छ ।

कलेजले लिएको परीक्षामा कक्षा ११ र कक्षा १२ मा उत्कुष्ट हसने विद्यार्थीलाई शुक्रबार कलेजमा एक कार्यक्रमको आयोजना गरेर सम्मान तथा नगदसहित पुरस्कृत गरेको हो । 

 उनीहरुलाई कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठ , कलेजका निर्देशकहरू देवेश प्रधान, बसन्त बस्नेत  संसाद अन्सारी, सोमप्रसाद निरौला, शुशीलकुमार भगत  तथा अन्य शिक्षक शिक्षिकाहरुले माला तथा अविरलगाई प्रमाण पत्र र नगदले पुरस्कृत तथा सम्मान गरे  


विराटनगर  | जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाको भौतिक संरचना र अन्य सामानसहित झण्डै १ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।

मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २३४ रुपैयाँ बराबरको क्षति भएको छ । जुन महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडामा भएको क्षतिको विवरण हो । त्यस्तै जिन्सी सामग्रीतर्फ स्काभेटर, शव बाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामग्रीलगायतमा ७५ करोड २५ लाख ६३ हजार ४८५ रुपैयाँ क्षति भएको महानगरले जनाएको छ ।

 वडागत रुपमा संकलन गर्नुपर्ने परेका कारण क्षतिको पूर्ण विवरण आउन समय लागेको मेयर कोइरालाले बताए । ‘यो त भौतिक र जिन्सी सामग्रीको क्षतिको विवरण हो । त्यो भन्दा ठूलो क्षति त जनताका महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएको छ,’ उनले भने, ‘घरजग्गा शाखा पूर्ण रुपमा जल्दा त्यहाँका सबै कागजपत्र नष्ट भयो । अन्य महाशाखा र शाखाका कागजपत्र पनि सबै जल्यो । ती सबै कागजपत्र जनतासँग सम्बन्धित नै थिए ।’

भौतिक संरचना र जिन्सीसहित ९८ करोड ६३ लाख २१ हजार ७१९ रुपैयाँ क्षति भएको छ । जसले गर्दा महानगरको विकासमा असर पुग्ने निश्चित । मेयर कोइरालाले महानगरलाई तङ्ग्रिन अझै केही समय लाग्ने बताए । सेवा प्रवाहमा भने कुनै कमी हुन नदिएको उनको भनाइ थियो ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडा जलेर नष्ट भएको थियो । प्रशासनिक भवनमा आगजनी गर्दा अधिकांश महाशाखा खरानी भएका थिए  ।  

प्रशासनिक भवन र वडा कार्यालयहरूमा आगजनी गर्दा टेन्टमार्फत जनताका सेवा प्रवाह गरिरहेको उनले सुनाए । बस्ने ठाउँ नहुँदा न्यायिक समितिको इजलाससमेत टेन्टमै बसिरहेको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । उनका अनुसार हरेक सोमबार र बुधबार न्यायिक इजलास बस्ने गरेको छ ।

महानगरबाट प्रवाह हुने सबैजसो सेवा पूर्ववत् रुपमा सुचारु भइसकेको   छ । प्राविधिक जाँचपछि बस्न योग्य भवनमा रंगरोगन, विद्युत र नेट जडान धमाधम भइरहेको प्रमुख प्रशासकीय अधिकृत योगन्द्र दुलालले जानकारी दिए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.