Websoft University

४ जीपीए ल्याउने ७ जनाले रोजे एभरेष्ट


विराटनगर । एसईई मा ४ जीपीए ल्याउने ७ जनाले विराटनगर–५ स्थित एभरेष्ट कलेजलाई रोज्ने भएका छन् । ति मध्ये चार जनाले बिहिबार भर्ना गरिसकेको एभरेष्ट कलेजले जनाएको छ । कलेजका अनुसार बिहीबार एभरेष्ट बाट एसईई दिएका प्रेम खतिवडा र कृती गोयल यस्तै झापा गौरादह स्थित माउण्ट एभरेष्टका अर्पण राय र मोरङकै पथरी शनिश्चरे स्थित वाल्मीकि स्कुलका निश्चल न्यौपानेले एभरेष्टमा भर्ना गर्नु भएको हो । यस्तै आइतबार ४ जीपीए ल्याउने थप तीन जनाले भर्ना गर्ने एभरेष्ट कलेज प्रशासनले जानकारी दिएको छ । एभरेष्ट कलेजले कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकायमा २४५ जना मात्र भर्ना लिने जनाएको छ ।

 जसमध्ये विज्ञान संकायमा चार सेक्सनका लागि १४० विद्यार्थी र व्यवस्थापन संकायका तीन सेक्सनका लागि १०५ जना मात्र विद्यार्थी भर्ना लिने भएको हो । एभरेष्टले प्रत्येक कक्षामा ३५ जना मात्र विद्यार्थी अध्यापन गराउँदै आएको छ । यस वर्षदेखि एआई (कृतिम बौद्धिकता) र साइबर सेक्यूरिटी लगायतका विषयको समेत कक्षा सञ्चालन गर्ने भन्दै एभरेष्टले विद्यार्थीको शैक्षिक उन्नयनका लागि अतिरिक्त  ‘माई सेकेण्ड टिचर’ को प्लेटफर्म समेत तयार गरेको छ ।

 जहाँबाट अभिभावकले आफ्नो सन्तानले कति जानेको रहेछ भन्ने सहजै थाहा पाउन सक्छन् भने विद्यार्थीहरुले कलेजमा सिकेका कुराहरुलाई दोहोर्‍याई–दोहोर्‍याइ अध्ययन गर्ने तथा अभ्यास गर्न पाउने छन् । यसैगरि एभरेष्टले मेडिकल तथा इन्जिनियरिङ फिल्ड रोज्ने विद्यार्थीको लागि ‘प्रि मेडिकल’ र ‘प्रि इन्जिनियरिङ’ कक्षा सञ्चालन गर्दै आएको छ । काठमाडौंका ख्यातिप्राप्त संस्थाहरु नेम र पीईए सँगको सहकार्यमा प्रि कक्षाहरु सञ्चालन गर्दै आएको कलेजले जनाएको छ 

यसैबीच अभिभावक र विद्यार्थीको आग्रहमा असार १८ को प्रवेश परीक्षामा सहभागि हुन नपाएका पहाडी तथा आसपासका जिल्लाका विद्यार्थीलाई लक्षित गर्दै शनिवार पुनः प्रवेश परिक्षा लिइने एभरेष्टले जानकारी गराएको छ । एभरेष्टका भाइस प्रिन्सिपल कुन्दन पुरीका अनुसार बाहिरबाट आउने विद्यार्थीको आग्रह अनुसार शनिवार विहान ८ बजेदेखि प्रवेश परिक्षा तोकिएको हो । उक्त दिन कारणवस १८ गते सहभागि हुन नसकेको मोरङकै विद्यार्थीलाई मौका दिइने उहाँले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.