विराटनगर असार १९ गते । नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको विराटनगर–९ स्थित लर्ड बुद्ध कलेजमा कक्षा ११ को प्रवेश परीक्षा लिएको छ ।
कलेजले ५ सय ४० कोटामा ७ सय ५६ जना विद्यार्थीले प्रवेश परीक्षा दिएको कलेजका अध्यक्ष पप्पु अन्सारीले जानकारी ऊए ।
कलेजमा हुने होटल मेनेजमेन्ट, विञान, व्यवस्थापन र कम्प्युटर मेनेजमेन्ट स्ंकायको अध्यापन हुने छ । ४ जिपिए ल्याउने ५ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका अध्यक्ष अन्सारी बताए ।
कलेजका अध्यक्ष अन्सारीले भने हामी शिक्षा मात्रै होइन, भविष्य बनाउने अभियानमा छौं । होटल मेनेजमेन्टजस्ता व्यवसायिक कार्यक्रमहरूप्रति विद्यार्थीको चासो दिनदिनै बढ्दो छ, जुन हाम्रो शिक्षण पद्धति र प्रयोगात्मक तालिमको प्रतिफल हो ।” उनले थप स्पष्ट पारे हामीले रोजगारीमुखी शिक्षा दिन चाहेका हौं । त्यसका लागि अनुभवी शिक्षक, व्यवस्थित प्रयोगशाला, आधुनिक कक्षा कोठा र विदेशसमेत अवसर दिने वातावरण निर्माण गरेका छौं ।”
यस वर्षको भर्ना प्रक्रिया अत्यन्तै प्रतिस्पर्धात्मक भएको भन्दै कलेजले छिट्टै अन्तिम नतिजा प्रकाशन गरी कक्षा सञ्चालनको तयारी थाल्ने कलेजले जनाएको छ ।
कलेजको नयाँ व्यवस्थापनमा पप्पु अन्सरी, दिनेश पण्डित, विनोद भण्डारी, सागर श्रेष्ठ, सविता दाहाल, खुर्शिद अन्सरी, पार्वती रिजाल, ज्याती मिश्रा, मन्टु मण्डल र अजय रौनियार रहेका छन् ।
Post a Comment