Websoft University

मोरङ उद्योग व्यापार संघद्वारा उद्योग संगठन मोरङको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरी भेटघाट


बिराटनगर २०८२ असार ४ गते | बुधबार मोरङ उद्योग व्यापार संघले उद्योग संगठन मोरङको नवनिर्वाचित अध्यक्ष श्री नन्दकिशोर राठी सहित संगठनका पदाधिकारीहरु र कार्यकारिणी सदस्यहरुलाई संघमा स्वागत गरेको छ ।

संघका अध्यक्ष श्री अनुपम राठीले नवनिर्वाचित अध्यक्ष श्री नन्दकिशोर राठीलाई फुल गुच्छा, माला र अविर लगाइ स्वागत गर्नुभएको हो । त्यसैगरी संगठनका उपाध्यक्षहरु, श्री बिपिन कावरा, श्री सुवोध कोइराला, कोषाध्यक्ष श्री पारस लुनिया, का।का।सदस्यहरु, श्री शौरभ सारडा, श्री जयन्द्र शर्मा, श्री सन्तोष कुमार भगत, श्री सिद्धार्थ कावरा, श्री सृजन प्याकुरेल, श्रीमती किरण ब्यास, श्री पारस गोल्छा, श्री उकेश अग्रवाल र महानिर्देशक श्री चुडामणी भट्टराईलाई संघका वरिष्ठ उपाध्यक्ष श्री अनिल कुमार साह र उपाध्यक्ष श्री बिकास कुमार बेगवानीले स्वागत गर्नुभएको थियो ।

संघका अध्यक्ष श्री अनुपम राठीले संघ र संगठन बीचको वर्षौदेखिको सम्बन्ध रहेको र उद्योगी व्यवसायीहरुको साझा समस्याहरुलाई समाधान गर्न विभिन्न निकायहरुमा संयुक्त रुपमा पहल गर्दै आइरहेको बताउँदै भविष्यमा समेत सो सहकार्यलाई निरन्तरता दिनु पर्ने धारणा प्रकट गर्नु भई नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारीहरु र कार्यसमित सदस्यहरुलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

संघका महासचिव श्री संजय कुमार श्रेष्ठद्वारा संचालित उक्त स्वागत तथा भेटघाट कार्यक्रममा संघ पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, आमन्त्रित सदस्य, युवा उद्यम समिति र महिला उद्यम समितिका संयोजक र सदस्यज्यूहरुको सहभागिता रहेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.