विराटनगर बैशाख २६ गते । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा दुई दिवसीय कविता लेखन तथा वाचन कार्यशाला सम्पन्न भएको छ । बिहिबार र शुक्रबार सञ्चालन भएको कार्यशालामा साहित्यमा रुचि राख्ने कक्षा ६ देखि ९ सम्मका करिब दुई सय विद्यार्थीले सहभागिता जनाएका थिए ।
कार्यशालालाई प्राध्यापक डा. देवी नेपालले सहजिकरण गर्नुभएको थियो । कार्यशालामा विद्यार्थीहरुले आफै कविताको सृजना गर्ने देखि लिएर विभिन्न भाकामा वाचन गर्ने अभ्यास गरेका छन् । विभिन्न छन्द र लयमा विद्यार्थीहरुले कविता वाचन गर्ने क्षमता विकास भएकोमा खुसी समेत ब्यक्त गरे ।
हामीले दुई दिनको कार्यशालाबाट धेरै कुरा सिक्न पाएको भन्दै कक्षा ९ का छात्र राज भण्डारीले भन्नुभयो,‘ यो कार्यशालाले वाचन गर्ने आत्मबल समेत बढाएको छ ।’ विद्यार्थीको सर्वाङ्गिण विकासका निम्ति विभिन्न कृयाकलाप गर्दै आएको एभरेष्टले साहित्य तर्फमा प्रतिभाहरुको पहिचान र क्षमता अभिवृद्धिको लागि यो कार्यशाला सञ्चालन गरेको जनाएको छ ।
विद्यालयका प्राचार्य टिकाराम पुरीले अन्य विधा जस्तै साहित्यीक विधापनि उत्तिकै ओझपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘साहित्यका माध्यमबाट समेत धेरै कुरा ब्यक्त गर्ने प्रचलन छ, यो एउटा संस्कृति पनि हो ।’ कार्यशालाको सहजिकरण गर्नुभएका प्रा.डा. देवी नेपालले समेत एभरेष्ट स्कुलले साहित्यको क्षेत्रलाई दिएको महत्वको प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो,‘ जसरी विद्यालयले साहित्यीक क्षेत्रलाई महत्व दिएको छ, विद्यार्थीहरु पनि उत्तिकै क्षमतावान रहेको पाएँ ।’ दुई दिने कार्यशालामा विद्यार्थीले आफैं कविता सृजना गर्ने देखि विभिन्न भाकामा कविता वाचन गर्नु अत्यन्तै सुखद रहेको उहाँले बताउनुभयो ।
यीनै विद्यार्थी भोली साहित्यीक क्षेत्रका नक्षत्र बन्नसक्ने भन्दै उहाँले विद्यार्थीको रुचि अनुसारका कृयाकलापमा भाग लिन पाउने वातावरण बनाईदिने विद्यालयको भूमिका प्रशसंनीय रहेको बताउनुभयो ।
Post a Comment