Websoft University

हरित, सफा तथा सबैका लागी बस्न योग्य विराटनगरका लागी प्रभावकारी उपाय प्रर्दशनी


विराटनगर । विश्व वातावरण महिना २०२४ को अवसरमा विराटनगर महानगरपलिका अन्तरगत वातावरण र जलवायु न्यायका विषयमा विभिन्न अभियान, सचेतनामूलक कार्यक्रम तथा पहल कदमिहरुलाई पछ्याउँदै ग्रिन सिटी भलुन्टर र दिगो विकास इन्स्टिच्युटले विराटनगर महानगरपालिका सँगको सहकार्यमा हरित, सफा र वस्नयोग्य विराटनगरका लागि प्रभाकारी उपाय प्रर्दशनी कार्यक्रका् आयोजना गरेको छ ।

विराटनगरको परिकल्पना गर्दै विभिन्न ४ बिषयबस्तु जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, वायु प्रदूषण तथा हरित र बस्न योग्य सार्वजनिक ठाउँ अन्तरगत वातावरण सुधार गर्नका निम्ती विराटनगरका बालबालिका तथा युवाको नेतृत्वमा स्थानिय सामाधानका उपायहरु प्रदर्शनी गरिहरियाली, सफा र बस्न योग्य विराटनगरका लागि कार्ययोग्य विचार प्रदर्शनी कार्यक्रम आयोजना गरेको हो ।

यस कार्यक्रम अन्तरगत विराटनगरका विभिन्न १४ विद्यालयहरू वायू प्रदुशण अन्तरगत आर्दश मा.वि. र गायत्री संस्कृत मा.वि., जलवायु परिवर्तन अन्तरगत जनविकास मा.वि., हरित र बस्न योग्य सार्वजनिक ठाउँ अन्तरगत आदर्श बालिका मा.वि., विराट करियर एकेडेमी, श्री सर्वजनकी मा.वि, श्री सरस्वती मा.वि. र श्री गोग्राहा मा.वि., फोहोरमैला व्यवस्थापनअन्तरगत विराट बहिरा मा.वि, देवकोटा मा.वि., श्री महेन्द्र मा.वि., पूर्वाञ्चल मा.वि., श्री राधाकृष्ण मा.वि. र सत्यनारायण मा.वि. समावेश भएका थिए ।

विराटनगर अन्तरगा खुल्ला क्षेत्र हिमालय रोडमा आयोजित योप्रर्दशनी कार्यक्रममा विद्यार्थीहरुले विभिन्न बिषयवस्तु अन्तरगत विराटनगरमा रहेका समस्याको पहिचान गरि सो समस्याको समाधानका निम्ती प्रोटोटाइपहरू मार्फत विचारहरू अभिव्यक्त गरी यसको स्थानिय समाधान लाई उजागर गर्ने प्रयास गरेको र यस किसिमा कार्यक्रमहरु निति निर्माता हरुलाई पनि निकै फाईदा हुने विराटनगर महानगरपालिकाका वन, वातावरण विपद तथा सरसफाई समितीका संयोजक वासु वहादुर वस्नेतले बताए ।

 नगरपालिकाले यी साना इनोभेटर तथा उत्साही युवाहरूलाई पहिचान गरी विराटनगरलाई हरित, सफा र सबैकालागी बस्न योग्य बनाउन कार्यक्रमहरूको योजना र नीति निर्माणमा संलग्न गराउन आवश्यक छ विराटनगर महानगरपालिकाकी वातावरण इन्जिनियर, सुदिक्षा कार्कीले बताइन् ।

प्रदर्शनीमा मूल्याङ्कनकर्ता प्यानलमा संयोजक बस्नेतसहित महानगरपालिकासरसफाई तथा फोहोरमैला व्यवस्थापन शाखाका पुनम दाहाल सरसफाई अभियानता मधु राई र दिगो विकास ईन्स्टिच्युटका प्रयास अधिकारी रहेका थिए । प्रदर्शनीमा वायू प्रदुशण अन्तरगत आर्दश मा.वि., जलवायु परिवर्तन अन्तरगत जनविकास मा.वि., हरित र बस्न योग्य सार्वजनिक ठाउँ अन्तरगत श्री गोग्राहा मा.वि. रफोहोरमैला व्यवस्थापनअन्तरगत सत्यनारायण मा.वि. ले स्थानिय मुखि सामाधानका उपायहरु प्रस्तुत गर्दै कार्ययोग्य विचार पुरस्कार –२०२४ बाट पुरस्कृत   भए ।

दिगो विकास ईन्स्टिच्युटले यस अधिको बर्ष पनि यिनै विषय बस्तुहरुमा खुला चित्रकला प्रतियोगिता पनि आयोजना गरेको थियो ।  सो चित्रकला र यस कार्यक्रमका सम्पुर्ण उपायहरुलाई लिपिवद्ध गरी स्थानिय तथा प्रदेश सरकार संग हरित, स्वच्छ र बस्न योग्य विराटनगरका लागी कार्य र वकालत गर्ने दिगो विकास ईन्स्टिच्युटका प्रदेश संयोजक, मन्दिप शाहले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.