Websoft University

धाप्लाङघाटस्थीत सुनकोशीमा निर्माणधिन पक्कि पुलको खोटाङंतर्फको पिल्लर बाङ्गियो तर सरकार बेखबर


श्याम राई, उदयपुर  गाईघाट, ४ असार | धाप्लाङघाटस्थीत सुनकोशीमा निर्माणधिन पक्कि पुलको खोटाङंतर्फको पिल्लर बाङ्गिएको छ ।

त्रियुगा नगरपालिका–१४ साउने र बराहपोखरी खोटाङं–२ शुन्तलेस्थीत सिमाको कोशीमा बन्दै गरेको पुलको पिलर बाङ्गिएर नदीतर्फ ढल्किएको बराहपोखरी गापका अध्यक्ष सालिकराम बन्जाराले बताए ।

उनले खोटाङतर्फ बन्दै गरेको पुलको पिलर बांङ्गिएर नदी तर्फ ढल्किएको बताए । पाईल फाउन्डेशन बनाउने क्रममा खोटाङंतर्फ फर्काइएको पानीको बहाब बढी हुदा तिब्र रुपमा भैरहेको जमिन कटानको पुलको पिलर बाङ्गिएको हुन सक्ने स्थानीय मुकेश राईले बताए ।

उनले पिलर बांङ्गिएको कारण लामो समयदेखि बन्न नसकेको पुलको काम समेत प्रभावित हुन जाने बताए । पाईल फाउन्डेशन गर्ने बेला कोशीको बहाबलाई उत्तरतर्फ फर्काउदा पिलरमा क्षेति पुगेको राईले   बताए ।

गाउँपालिकाका अध्यक्ष बन्जाराले पिल्लर बांङ्गिएपछि पुलको गुणस्तरमा शंका उब्जिएको बताए । अब हामीले पुल निर्माणको काममा धेरै भन्दा धेरै चासो राखेर अनुगमन थाल्नु पर्ने बेला आएको छ । उनले   भने । बन्दै गरेको पुलको पिलर अहिले कोशीमा बाढी आएको छैन, कसरी बांङ्गियो अब खोजिनिति गर्ने तर्फ लाग्ने उनले भने ।

पुलको ठेक्का लागेको ७ बर्षपछि मात्र पाईल फाउन्डेशन प्रबिधिमा आधारीत पुलको डिजाईन परिबर्तन गरिएको छ । २०७६ भित्रै पुल निर्माणगरि सक्नु पर्ने गरि २०७४मा रसुवा एसएनएस पप्पु जेभिले पुलको ठेक्का लिएको थियो । तर उस्ले २०८० देखि मात्र पुलको काम शुरु गरेको थियो ।

सडक बिभाग पुल सेक्टर धरान, सुनसरीका योजना प्रमुख दारोगा प्रसादले पुलको पिल्लर बाङ्गिंएको बारेमा आफूलाई थाहा नभएको बताए । मलाई कुनै जानकारी आएको छैन । पिलर बांङ्गिएको बिषयमा साईट ईन्जिनियरसँग जानकारी लिने छु । उनले भने ।

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.