Websoft University

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता- वाइआरसिसि र होराइजन क्वाटरफाइलनमा


विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसिसि र होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा वाइआरसिसिले विरगन्ज युथ स्पोट्स एकाडेमीलाई ५४ रन र होराइजनले भारत विहारको पूर्णिया क्रिकेट क्बललाई ९ विकेटले हराउँदै क्वाटरफाइलनमा पुगेको हो ।

टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै २४२ रन बनाएको हो । वाइआरसिसिको जितका लागि देव खनालको आक्रमक सतक पुरा गरे । ओपनर खेलाडी  देवले २९ बलमा १२ छक्का र ६ चौका प्रहार गर्दै १०२ रन बनाए । राष्ट्रिय खेलाडीले भरिएको विराटनगरका नारयण जोशीले अबिजित १३ बलमा ३३ रन बनाए । उनले  ४ छक्का र १ चौका हिर्काए । इमरन नजिर र अभिषेक पलले समान २५–२५ रन पारी खेल्दा सन्दिप खत्रिले ९ बलमा २६ रनको योगदान दिए । दिपिन खत्रीले अविजित ९ बलमा १४ रन जोडे भने सविप अन्सारीले ८ बलमा १६ रन बनाए । विरगन्जका सोनुले २, नितेस पेटल, सोनु शर्माले समान १–१ विकेट लिए ।

विराटनगरले दिएको २४३ रनको लक्ष्य पछ्याएको विरगन्जले निर्धातिर १७ ओभरमा ५ विकेट गुमाउँदै १६८ रन मात्रै बनाउन सक्यो । विरगन्जका असप हुसेनले अर्धसतक पूरा गरे । ३० बलमा ५ छक्का र ५ चौका हिर्काउँदै ५१ रन बनाए । हिसुप मन्सारीले १२ बलमा अविजित २३ रन पारी खेल्दा हन्थन यादवले २३ रनको योगदान दिए ।

विराटनगरका विक्रम दासले ४ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए । भोजराज भट्टले २ विकेट र हेमन्त धामीले १ विकेट लिए ।

प्रतियोगिताको प्लेर अफ द म्याच सर्वाधिक रन बनाउने खेलाडी विराटनगरका देव खनाल घोषित भए । उनले नगद तीन हजार रुपैयाँ   पाए ।  प्लेर अफ द म्याच घोषित भएका खनाललाई  नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय सदस्य साना जोसीले पुरस्कार वितरण गरे ।

 सन्तोषको अर्धसतकमा होराइजनको जित

सोही दिन भएको दोस्रो खेलमा भारत बिहारको पूर्णिया क्रिकेट क्बललाई ९ विकेटले हराउँदै विराटनगरको होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ ।

पूर्णियाले दिएको १३० रनको लक्ष्य होराइजनले १०.४ ओभरमा १ विकेट गुमाएर पुरा  गरेको हो । होराइजनको जितको लागि अलराउन्डर खेलाडी सन्तोष कार्कीले अर्धसतक पूरा गरे । प्लेर अफ द म्याच समेत घोषित भएका कार्कीले ३६ बलमा ८ छक्का र ९ चौका प्रहार गर्दै अर्धसतक पूरा गर्दै ८७ रन बनाए । होराइजनका ओपनर इमरनले २८ बलमा अविजित ४० रन बनाए । उनले ३ छक्का र ५ चौकका हिर्काए ।

पूर्णियाका अरुप रजाले १ विकेट लिए ।

त्यसअघि विराटनगर जुटमिल मैदानमा टस जितेर पहिलो ब्याटिङ थालेको पूर्णियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ १२९ रन बनाएको थियो । जसमा पूर्णियाका निहलले ३७ बलमा अविजित ४१ रन बनाए । सत्यसले १९ रन पारी खेल्दा सकक्षमले १५ रनको योगदान दिए ।

होराइजनका अलराउन्डर खेलाडी सन्तोष कार्कीले ४ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए । फिरदोस अन्सारी र दिपेसले समान २–२ विकेट लिए ।

मंगलबारको पहिलो खेल विभागिय टिम नेपाल पुलिस र पटनाको हाइ पफमेन्स क्रिकेट क्लब बिच हुनेछ । सोही दिन हुने दोस्रो खेलमा सिराहा क्रिकेट क्लब र कटिहार क्रिकेट क्लबबीच हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.