Websoft University

खोटाङंमा ३ जना पक्राऊ परे


श्याम राई, उदयपुर  गाईघाट, | युवकलाई छुरा प्रहारगरि हत्या गरेको अभियोगमा खोटाङंमा ३ जना पक्राऊ परेकाछन् ।

नँया बर्षमा शनीबार दिक्तेल रुपाकोट मझुवागढी–११ खार्मिको निभारेमा धनजित राईको हत्या भएको थियो । उक्त हत्यामा संङलग्न स्थानीय २२ बर्षिय बिकास राई, २० बर्षिय आसन राई र २८ बर्षिय गणेश राईलाई सोमबार प्रहरीले पक्राऊ गरेको हो । 

प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काको कमान्डमा खटिएको प्रहरी टोलिले रुपाकोट मझुवा–१० पाथेकाको भुसुन्डाका धनपति राईको घरमा लुकेर बसेको उनीहरुलाई बिहान ८ बजे पक्राऊ गरेको प्रहरीले जनाएको छ । पक्रऊ परेका उनीहरुलाई कर्तब्य ज्यान सम्बन्धि मुद्दा दायरगरि अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।

स्थानीय तिलक बहादुर बस्नेतको मकै बारीमा छुरा प्रहारबाट राईको घट्नास्थलमै मृत्यु भएको थियो । मादक पदार्थ सेबनगरि उनीहरुले राईको हत्या गरेको प्रहरी समक्ष स्विकार गरेकाछन् ।

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.