Websoft University

थुम्किमा सोमबार साँझा भएको आँगलागीबाट ३ घर जलेर नष्ट


श्याम राई, उदयपुर  गाईघाट |  उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेस्थीत  थुम्किमा सोमबार साँझा भएको आँगलागीबाट ३ घरपरिवारको घर र गोठमा आँगलागी हुदा झण्डै ६० लाख मुल्य बराबरको धनमाल बराबरको क्षेति भएको छ ।

आँगालागीको कारण स्थानीय गुमान सिंह थापामगर, बेचन थापा र नारायण थापा मगरको घर गोठ सहित १८ वटा बाख्रा, लत्ताकपडा, खाद्याण र धनमाल जलेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कटारीबाट गएको प्रहरी टोली र स्थानीय गाउँलेहरु मिलेर आँगो निभाएको प्रहरी नायब उपरीक्षक सुभाष राईले बताए ।

आँगलागी कसरी भयो भन्ने बारे केही नखुलेको राईले बताए । पिडित परिवारलाई मंगलबार नगरपालिकाले  राहत बितरण गरेको कटारी नपाका मेयर राजेश चन्द्र श्रेष्ठले बताए ।

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.