Websoft University

दुईदिने प्रस्तावना र प्रतिवेदन लेखन तालिम सम्पन्न


विराटनगर  |  गैरसरकारी संस्थाहरूको क्षमता अभिवृद्धिका लागि आयोजित  प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ ।

गैसस मोरङको आयोजनामा आइतबारदेखि सुरु भएको दुईदिने तालिम सम्पन्न भएको हो । समापन समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले तालिममा सैद्धान्तिक ज्ञान प्राप्त भए पनि त्यसलाई व्यवहारमा नउतार्दा तालिमको चौचित्यमाथि प्रश्न उठ्ने गरेको बताउनुभयो । 

उहाँले महानगरपालिका नपुगेको ठाउँमा गैससहरु पुगेर जनताको सेवा गर्ने गरेको उल्लेख गर्नुभयो । “१९ वटै वडाको टोल–टोलमा महानगरपालिका नपुग्न सक्छ,” उहाँले भन्नुभयो, “तर गैससले आफ्ना गतिविधिमार्फत हरेक टोलमा पुग्न सक्छ ।” गैससले महानगरवासीको वास्तविक समस्या पहिचान गर्न सक्ने बताउनुभयो ।

गैसस मोरङकी अध्यक्ष विष्णु शर्मा पन्तले महानगरपालिकाले गैससहरुलाई विगतदेखि नै सहयोग गर्ने गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सहयोग गर्न आग्रह गर्नुभयो । विराटनगर जेसीजका पूर्वअध्यक्ष सेवक बजगाईंले प्रशिक्षार्थीहरुलाई प्रस्तावना र प्रतिवेदन लेखनसम्बन्धी तालिम दिनुभएको थियो । महानगर क्षेत्रभित्र सञ्चालित गैससका ५० जना प्रतिनिधिहरु तालिममा सहभागी भएको गैसस मोरङकी सचिव सरिता खनालले जानकारी दिनुभयो ।

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.