Websoft University

स्रो इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई


विराटनगर  । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली मोरङले जितेको छ ।

विराटनगर–६ मा रहेको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको शुक्रबारको फाइनल खेलमा इलामलाई १ सय रनले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभर ३ विकेट गुमाई १ सय ५३ रनको विशाल स्कोरबनाएको थियो । मोरङकी प्लेयर अफ फाइनल सानु राजवंशीले ५९ बलमा ९ चौका प्रहार गर्दै ७२ रन बनाउँदा प्रेरणा राना मगरले नटआउट ३१रनकोयोगदानदिइन् । इलामकी पस्मिता मुखियाले २ विकेट लिँदा संगिता तामाङले १ विकेट लिइन् ।

१ सय ५४ रनको विशाल लक्ष्य पाएको इलामले निर्धारित ओभरमा ५ विकेट गुमाई ५३ रन मात्र बनाउँन सक्यो । इलामकी यमुना राईले सर्वाधिक नटआउट १० रनको योगदान योगदान दिइन् ् । मोरङकी चाँदनी यादवले ३ विकेट लिँदा कृतिसा धामीले १ विकेट लिइन् ।

प्रतियोगिताको प्लेयर अफ द सिरिज मोरङकी सानु राजवंशी घोषित भइन् भने उत्कृष्ट ब्याटर इलामकी प्रियंका राई , उत्कृष्ट बलर मोरङकी सुवेक्षा लिम्बु र उदयमान खेलाडि सिरहाकी आरुषी साह घोषित भए ।

मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून सङख्यामा हुने भएकोले त्यसलाई ध्यानमा राखि राष्ट्रियस्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पु¥याउन खेलको आयोजना गरिएको नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले बताए ।

फाल्गुन २२ गतेदेखि शुरु भएको प्रतियोगितामा कोशी र मधेश प्रदेशका मोरङ, इलाम, सप्तरी र सिरहा सहभागि रहेको खेल सम्योजक विशाल साहले बताए ।

सोही अवसरमा फाइनलमा पुग्ने टिमलाई विराट टिचिङ अस्पालले सेनेटरी प्याडलगायतका सामाग्रि वितरण गरेको छ ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि मोरङ जिल्ला क्रिकेट सँघका अध्यक्ष महमद साद वावु कुरैशी, सम्तरी क्रिकेट सँघका अध्यक्ष आयुस श्रेष्ठ, नेपाल क्रिकेट फाउण्डेशका अध्यक्ष अविशेक श्रेष्ठलगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.