Websoft University

दोस्रो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुललाई


विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा भएको दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि साविक उप विजेता सरस्वती स्कुलले जितेको छ ।

 विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा सरस्वती स्कुलले आर्दश वालिका स्कुललाई ७२ रनको फराकिलो अनतरले पराजित गर्दै उपाधि जितेको हो ।

 टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १६ ओभरमा ६ विकेट गुमाई १ सय ४३ रनको विहाल योगफल बनाएको छ । सरस्वतीकी प्लेयर अफ द फाइनल प्रेरणा पासवानले  ७२ रनको योगदान दिँदा कृतिसा धामीले १७ रनको योगदान दिइन् । आर्दश वालिकाकी कञ्चन राय, सिमा राय र सिम्रिका राजवंशीले समान १–१ विकेट लिइन् ।

 १ सय ४४ रनको विशाल लक्ष्य पछ्याएको आर्दश वालिकाले १५ दशमलव २ बलमा  सवै विकेट गुमाई ६९ रनमा सिमित भयो । वालिकाका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन्  । सरस्वतीकी कृतिसा धामीले ४ विकेट लिँदा पूर्णीमा राजवंशी  र अञ्जली मण्डलले १–१ विकेट लिइन् ।

प्रतियोगितामा प्लेयर अफ द सिरिज सरस्वतीकी कृतिसा धामी घोषित हुँदा उत्कृष्ट ब्याटर आर्दश वालिकाकी सकुन्तला सहनी र उत्कृष्ट बलरमा सरस्वतीकी चाँदनी यादव घोषित भइन् ।  

विजयी तथा अन्य देलाडीलाई प्रमुख अतिथि विराटनगर महानगर पालिकाकी उप–मेयर शिल्पा निरला कार्की, नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठ, क्रिकेट विथआउट वाउण्ड्रीका  सार वेग, एड ल्याम्प। टिम निकल्स, सन विलियम्स र रचना राम चन्दले पुरस्कार तथा ट्रफि वितरण गरे ।

प्रतियोगितामा विराटनगरका सामुदायिक स्कुल आर्दश, आर्दश वालिका, महेन्द्र, सरस्वती, सत्यानारयण र मिल्स स्कुलका महिला खेलाडीहरुले भाग लिएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.